टेलरलाई आईसीसीले लगायो साढे तिन वर्ष प्रतिबन्ध, पढ्नुस किन

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले जिम्बाब्वेका पूर्वकप्तान ब्रेण्डन टेलरलाई सबै प्रकारको क्रिकेटबाट साढे तिन वर्षको लागि प्रतिबन्ध गरेको छ।

टेलरले आईसीसी एन्टी करप्सन कोडको चार आरोपको साथै त्योसंग जोडिएको एउटा अर्को आरोप पनि स्वीकार गरेका छन्। आईसीसीले डोपिंगको लागि टेलरलाई एक महिनाको प्रतिबन्ध पनि लगाएको छ जुन साढे तिन वर्षको निलम्बनको साथै चल्नेछ।

टेलरले २००४ देखि २०२१ सम्म २८४ अन्तर्राष्ट्रियमा जिम्बाब्वेको प्रतिनिधित्व गरे जुन क्रममा उनले १७ शतक मद्दतले ९,९३८ रन बनाए। उनले गत वर्ष अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए।

आईसीसीले प्रेस बिज्ञप्ति जारि गर्दै टेलरले म्याक्स फिक्सिंगको प्रस्तावलाई खुलासा नगरेको बताएको छ। यस्तै कथित फिक्सरहरुबाट उपहार र नगद स्वीकार गरेको तथा एन्टी करप्सन युनिटलाई श्रीलंका र बंगलादेश बिरुद्ध आगामी सिरिजमा आएको फिक्सिंग प्रस्तावलाई खुलसा गर्न विफल भएको बताएको छ। यस्तै टेलरलाई युनिटलाई जाँचमा बाधा पुर्याउने र ढिला गर्ने आरोप समेत लगाएको छ। यसमा कुनै जानकारी लुकाउने र त्यो सम्बन्धित सबुतहरुलाई नस्ट गर्नु पनि सामेल छ। टेलरले आरोप स्वीकार गरिसकेका छन्।

आईसीसीका अनुसार उनलाई डोपिंगको आरोप २०२१ सेप्टेम्बर ८ तारिखमा आयरल्याण्ड र जिम्बाब्वेको म्याच दौरान टेस्टपछि लगाएको थियो। य आरोप भ्रस्टाचारको आरोप भन्दा अलग लगाइएको हो।

टेलरले सोमबार ट्वीटरमार्फत बिज्ञप्ति जारि गर्दै धीरे तथ्यहरु खुलासा गरेका थिए जसमा उनले आफुलाई फिक्सिंगकोलागी भारतीय व्यापारीले ब्ल्याकमेल गरेको बताएका थिए। विस्तृतमा पढ्नुस

टेलरले उक्त बिज्ञप्तिमा बताएका थिए – “हामीले संगै रक्सि खायौं र राति मलाई कोकिन पनि दिईयो। उनीहरु आफै पनि कोकिन लिईरहेका थिए। मुर्खतापूर्वक मैले त्यसको सेवन गरे। यो घटना पछि मलाई अहिलेसम्म लाखौं पटक पछुतो भएको छ। उनीहरुले त्यो रात मेरो त्यसरी प्रयोग गरेको कुरा लुकाएर राखेकोमा मलाई पछुतो छ।”

“अर्को दिन बिहान उनीहरु मेरो होटलको कोठामा आए र मैले कोकिन लिंदै गरेको भिडियो मलाई देखाए। उनीहरुले मलाई अन्तर्राष्ट्रिय खेलमा फिक्सिंग गर्नु नत्र मेरो उक्त भिडियो सार्वजनिक गर्ने धम्कि दिए। मलाई १५ हजार डलर दिएर म्याच फिक्सिंग गर्न बताईएको थियो। मलाई बताईएको थियो कि अझै २० हजार डलर दिईनेछ। मैले आफ्नो सुरक्षालाई ध्यानमा राखेर उक्त प्रस्ताव स्वीकार गरे। मैले त्यो रकम स्वीकार गरे किनकि म भारतबाट सुरक्षित तरिकाले बाहिर निस्कन सकूँ।”

“मलाई आफ्नो सुरक्षाको चिन्ता थियो। मेरो होटलको कोठामा ६ जना थिए। म उनीहरुको जालमा फासीसकेको थिएँ। म आफ्नो मर्जीले यस्तो स्थितिमा फसेको थिए जसले मेरो जीवनलाई पूर्णतः बदल्यो।”

“त्यो समय जिम्बाब्वे क्रिकेटले हामीलाई ६ महिनाको तलब दिएको थिएन र हामि अन्तर्राष्ट्रिय स्तरमा खेल्ने या नखेल्ने प्रश्न उठीरहेको थियो।”

“मैले त्यस पछि कुनै पनि गलत काम गरेको छैन। यो घटनाले म गहिरो चिन्तामा थिए। डिप्रेसनसम्मको औषधि मैले खानु पर्यो। आफुलाई र परिवार सुरक्षित पार्न मैले यो घटनाको जानकारी चार महिना पछि आईसीसीलाई दिएँ।”





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]