टेलर र राजाको शतकले जिम्बाबेद्वारा नेपाललाई बिशाल चुनौती

आज देखि जिम्बाबेमा सुरु भएको बिश्वकप छनौट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले आयोजक जिम्बाबेको सामना गरिरहेको छ।

जिम्बाबेले पहिले ब्याटिंग गर्दै नेपाललाई ३८१ रनको बिशाल लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिंग गरेको घरेलु टिमले पुरै ५० ओभरमा मात्र ६ विकेट गुमाएर ३८० रनको योगफल तयार गरेको हो।

क्विन्स स्पोर्ट्स क्लब बुलावायोमा टस जितेर ब्याटिंग गरेको जिम्बाबेले आक्रामक सुरुवात गर्यो। पहिलो विकेटको लागि ओपनर केफास झुवावो सोलोमोन मिरेले ७ ओभरमै ७७ रनको साझेदारी गरे। सन्दिप लामिछानेले आठौँ ओभरको पहिलो बलमा झुवावोलाई ४१ रनको व्यक्तिगत स्कोरमा एलबिडब्लु धरापमा पार्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए। झुवावोले मात्र २३ बलमा ३ चौका र ४ छक्का प्रहार गरे।

Nepal vs Zimbabwe
Nepal vs Zimbabwe

पहिलो विकेट गुमेपछि सोलोमोन मिरे र ह्यामिल्टन मासाकाट्जाले दोश्रो विकेटको लागि ३१ रनको साझेदारी गरे जुन बसन्त रेग्मीले तोडे। मासाकाट्जालाई १७ रनको स्कोरमा बसन्त रेग्मीले आफ्नै बलमा आफैले क्याच आउट गरे। मासाकाट्जाको विकेट लगतै ओपनर मिरेलाई पनि १५ औं ओभरमा बसन्तले विकेट किपर दिलिप नाथबाट स्टम्प आउट गराए। अर्धशतक बनाएका मिरेले ४१ बलमा ५ चौका र ३ छक्का प्रहार गरे।

तेश्रो विकेट गुमेपछि ब्याटिंग गर्न आएका ब्रेण्डन टेलर र क्रेग इर्भिनले चौथो विकेटको लागि ८७ रनको साझेदारी गर्दै टिमको स्कोर २०० पुर्याए। इर्भिनलाई नेपालको लागि पहिलो खेल खेलीरहेका ललित राजबंशीले विकेट किपर दिलिपको हातबाट क्याच आउट गराउदै रास्ट्रिय टिमको लागि विकेटको खाता खोलेका थिए।

इर्भिनको विकेट पछि टेलर र सिकन्दर राजाले उत्कृस्ट ब्याटिंग गर्दै टिमको स्कोर ३५० पार गराए।

पाँचौ विकेटको लागि राजा र टेलरले १७३ रनको बिशाल साझेदारी गरेपछि ४९ औं ओभरमा सोमपाल कामिले लगातार बलमा राजा र टेलरको विकेट लिएपनि गर्नु विध्वंश दुवै ब्याट्सम्यानले गरिसकेका थिए।

टेलरले १०० रनको इनिंग खेल्ने क्रममा ९१ बलमा ७ चौका र १ छक्का प्रहार गरे भने राजाले १२३ रन बनाउन मात्र ६६ बलमा ९ छक्का र ७ चौका प्रहार गर्दै नेपाली बलरहरुलाई निराश बनाए।

शतक प्रहार गरेपछि ब्रेण्डन टेलर

नेपालको लागि बसन्त रेग्मी र सोमपाल कामिले समान २/२ विकेट हात पारे भने सन्दिप लामिछाने र ललित राजबंशीले पनि १/१ विकेट दिलाए। सोमपालले ८ ओभरमा ८२ रन खर्चिए भने रेग्मीले १० ओभरमा १ मेडन ओभर फाल्दै ६९ रन खर्चिए। सन्दिपले ९ ओभर ६४ रन तथा ललितले १० ओभरमा ६२ रन दिए। महँगो साबित भएका पारस खड्काले ५ ओभरमा ५७ रन खर्चिए।

स्कोरकार्ड हेर्नुस 

शतक बनाएपछि सिकन्दर राजा

Nepal vs Zimbabwe
Nepal vs Zimbabwe

Lalit Rajbanshi
Lalit Rajbanshi




थप समाचार

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]