टिम चौराहा धनगढीलाई डिपिएल – २ को उपाधि

Team Chauraha Dhangadhi
  • विकेटनेपाल – ३० चैत्र | शनिवार

सोमपाल कामीको कप्तानीमा रहेको टिम चौराहा धनगढीले रुस्लान डिपिएल सिजन २ को उपाधि हात पारेको छ । काठमाडौं गोल्डेन्सलाई फाइनल खेलमा २१ रनले हराउंदै चौराहाले लागातार दोस्रो पटक उपाधि कब्जा गरेको हो ।

उपाधिसंगै टिम चौराहा धनगढीले नगद रु. २५ लाख रुपैयाँ सहित ट्रफी हात पारेको छ । यो नेपाली घरेलु क्रिकेटको सर्वाधिक पुरस्कार राशि समेत हो । यस्तै उपविजेता बनेको काठमाडौं गोल्डेन्सले भने नगद रु. १० लाख रुपैयाँमा चित्त बुझाउनु पर्यो ।

ललित बने मस्ट भ्यालुएबल प्लेयर, मुस्तफालाई म्यान अफ दि सिरिजको उपाधि :

प्रतियोगितामा उत्कृस्ट बलिंग प्रदर्शन गरेका ललित भण्डारी मस्ट भ्यालुएबल प्लेयर (MVP) घोषित भए ।उनले खेलेका ७ खेलमा १४ विकेट चट्काएका थिए । यस बापत उनले नेपाली घरेलु क्रिकेटकै इतिहासमा पहिलो पटक गोल्डेन बुट प्राप्त गरे । टिम चौराहा धनगढीले ललितलाई अक्सनबाट रु. १ लाखमा अनुबन्धित गरेको थियो ।

Player Of The Tournament : Rohan Mustafa

यस्तै टिम चौराहा धनगढीलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका रोहन मुस्तफाभने प्रतियोगिताको उत्कृस्ट खेलाडी घोषित भए । युएईका कप्तान मुस्तफाले टिभीएस अपाचे १८० सिसिको मोटरसाइकल प्राप्त गरे । डिपिएलको प्रत्येक टोलिमा २ जना बिदेशी खेलाडी हुनुपर्ने नियम स्वरूप टिम चौराहा धनगढीले युएईका रोहन मुस्तफा र अस्फाक अहमदलाई भित्र्याएको थियो ।

यस्तो थियो फाइनल खेल :

पहिले ब्याटिंग गर्दै टिम चौराहा धनगढीले दिएको १८२ रनको विजय लक्ष्य लिएर मैदान उत्रिएको काठमाडौं गोल्डेन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६० रन मात्र जोड्न सक्यो । उसको चेजमा अमित श्रेष्ठले सर्वाधिक ५८ रन जोडेपनि त्यो जितका लागि पर्याप्त भएन ।

अमित श्रेष्ठले फाइनल खेलमा अर्धशतक प्राहार गरे

ओपनर ब्याट्सम्यान अमितले मात्र ३९ बलमा ७ चौका र ३ छक्का सहित ५८ रन जोड्दै काठमाडौंलाई सुरुवात दिएका थिए । तर अन्य ब्याट्सम्यानहरुले साथ निभाउन नसक्दा काठमाडौं गोल्डेन्स उपविजेतामा सिमित रह्यो । काठमाडौंको इनिंगमा ज्ञानेन्द्र मल्लले ३० र सन्नी पटेलले २२ रनको व्यक्तिगत योगदान गरे ।

टिम चौराहा धनगढीलाई उपाधि दिलाउन बलिंग तर्फ ललित भण्डारीले ३ विकेट हात पारे । यस्तै म्यान अफ दि म्याच बनेका रोहन मुस्तफाले २ विकेट चट्काए ।

विकेटको खुशी मनाउंदै रोहन मुस्तफा

यसअघि टस जित्दै पहिले ब्याटिंग गरेको टिम चौराहा धनगढीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८१ रन जोडेको थियो । टोलिको खातामा मात्र १२ हुँदा व्यक्तिगत ४ रनको स्कोरमा अस्फाक अहमद सन्नी पटेलको बलमा एल बि डब्लु धरापमा पर्दै पभेलियन फर्किएका थिए । तर त्यसपछि भने टिम चौराहाका लागी सुनिल धमला र रोहन मुस्तफाले उत्कृस्ट साझेदारी गर्दै काठमाडौं गोल्डेन्सका बलरलाई कठिन सवाल गरेका थिए । दोस्रो विकेटको लागि १४२ रनको साझेदारी गर्दै धनगढीलाई बिशाल स्कोर तर्फ लैजान सहयोग पुर्याएका थिए ।

सुनिल धमला र रोहन मुस्तफा

व्यक्तिगत ६० रनको स्कोरमा रन आउट हुनअघि रोहन मुस्तफाले ४२ बलमा ४ चौका र समान छक्का प्रहार गरेका थिए । इनिंगको सुरुवातमा समय लिएर क्रिजमा जमेका मुस्तफाको ब्याट फाइनल खेलमा गज्जबसंग चल्यो । यस प्रतियोगितामा मुस्तफाको यो पहिलो अर्ध-शतक समेत थियो । यस्तै चौराहा धनगढीका लागि उत्कृस्ट लयमा रहेका सुनिल धमलाले व्यक्तिगत ७८ रनको योगदान गरेका थिए । प्रतियोगिताको दोस्रो अर्ध-शतक बनाउने क्रममा धमलाले ६३ बलको सामना गर्दै ८ चौका र ३ छक्का प्रहार गरेका थिए । प्रतियोगिताको पहिलो खेलमा समेत धमलाले काठमाडौं गोल्डेन्स बिरुद्द अर्ध-शतक बनाएका थिए ।

Sunil Dhamala
Sunil Dhamala

फिल्डिंग र बलिंगमा अनुशासन बिहिन देखिएको काठमाडौं गोल्डेन्सले कुल ३१ अतिरिक्त रन खर्चिन पुगेको थियो । काठमाडौंको बलिंगमा सुबोथ भाटीले ४ ओभरको स्पेलमा १७ रन खर्चिएर २ विकेट लिएका थिए । यस्तै सन्नी पटेलले ४ ओभरमा २७ रन खर्चेर १ विकेट हात पारेका थिए ।

DPL 2 Final - Teams Lineup
DPL 2 Final – Teams Lineup




थप समाचार

एलपीएल : युथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत पाँचौ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

एलपीएल : घोडाघोडी र कैलाली जिल्ला क्रिकेट क्लव विजयी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]