निकै नै रोमान्चक जित निकाल्दै टिम चौराहा धनगढी फाइनलमा

  • विकेटनेपाल – २७ चैत्र, मंगलवार

सोमपाल कामीको नेतृत्वमा रहेको टोलि टिम चौराहा धनगढी दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को फाइनल प्रवेश गरेको छ । मंगलवार सम्पन्न पहिलो क्वालिफायरमा धनगढीले रोमान्चक खेलमा काठमाडौं गोल्डेन्सलाई १ बल बाँकी छदाँ १ विकेटले पराजित गर्यो ।

योसंगै टिम चौराहा धनगढी डिपिएल-२ को फाइनल प्रवेश गर्ने पहिलो टोलि बनेको छ । पराजित बनेको काठमाडौं गोल्डेन्सले भने फाइनल प्रवेशका लागि महेन्द्रनगर युनाइटेड र सिवाइसी अत्तरियाको बिजेतासंग खेल्ने छ ।

जितपछि खुशी मनाउंदै टिम चौराहा धनगढीका खेलाडीहरु

पहिले ब्याटिंग गर्दै काठमाडौंले दिएको १२८ रनको सामन्य लक्ष्यको पिछा गर्न उत्रिएको टिम चौराहाले खराब सुरुवात गर्यो । प्रतियोगितामा सफल रहन नसकेका युएईका ब्याट्सम्यान अस्फाक अहमद मात्र १ रन बनाउंदै पभेलियन फर्किए । उनि सुबोथ भाटीको बलमा किशोर महतोको हातबाट समातिन पुगे । धनगढीले आफ्नो दोस्रो विकेटका रुपमा महत्वपूर्ण खेलाडी सुनिल धमालालाई पनि सस्तैमा गुमाउन पुग्यो । धमला १३ रनको निजि स्कोरमा आउट भए । तेस्रो नम्बरमा ब्याटिंग गर्न आएका रोहन मुस्तफाले ३३ तथा म्यान अफ दि म्याच बनेका शंकर रानाले २८ रन जोड्न बाहेक चौराहाका अन्य ब्याट्सम्यान चल्न सकेनन् । मुस्तफाले २० बलमा २ चौका र १ छक्का सहित ३३ रन जोडे भने शंकर रानाले इनिंग सम्हाल्दै २८ रन जोडे ।

चौराहालाई खेलमा जित दर्ता गर्न अन्तिम ओभरमा १० रनको जरुरत थियो र क्रिजमा थिए शंकर राना र योगेन्द्र सिंह कार्की । काठमाडौंको लागि अन्तिम ओभर गर्ने जिम्मा युवा बलर राशिद खानले पाए ।

यस्तो थियो अन्तिम ओभर :

२० औं ओभरको पहिलो बलमा रशिद खान आफ्नो दिशाबाट चुक्न पुगे र वाइड बल्न गर्न पुगे तर त्यस कमजोरीको फाइदा उठाउंदै शंकर राना र योगेन्द्र सिंह कार्कीले २ रन जोड्दै पहिलो बलमा ३ रन थपे। अर्को बलमा शंकर रानाले १ रन निकाल्दै योगेन्द्रलाई स्ट्राइक दिए । अब चौराहालाई जितका लागि ५ बलमा ६ रनको आवश्यकता थियो ।ओभरको दोस्रो बलमा योगन्द्र सिंह कार्कीले रन जोड्न विफल रहे ।

चौराहालाई फाइनलमा स्थान बनाउन ४ बलमा ६ रनको जरुरत थियो । ओभरको तेस्रो बलमा रन जोड्ने चक्करमा शंकर राना रन आउट हुनपुगे । चौराहाले चौथो बलमा अर्को विकेट गुमायो । यसपटक योगेन्द्र कार्की ठुलो सट खेल्ने प्रयासमा आउट भए । अब चौराहालाई जित दर्ता गर्न २ बलमा ६ रनको जरुरत थियो । क्रिजमा रहेका अन्तिम जोडे ललित भण्डारी र संसाद शेखमाथि जित दिलाउने चुनौती रहेको थियो । ओभरको पाँचौं बलमा संसादले राशिद खानको बललाई छक्का प्राहार गर्दै धनगढीलाई फाइनलको टिकट दिलाए ।

म्यान अफ दि म्याच : शंकर राना

काठमाडौं को बलिंगमा सन्नी पटेल, राशिद खान र साहब आलमले समान २-२ विकेट लिएपनि जित दिलाउन विफल रहे । शंकर राना खेलको म्यान अफ दि म्याच घोषित भए ।

यसअघि पहिलो इनिंगमा काठमाडौँ गोल्ड़ेंसले ९ विकेट गुमाउदै १२७ रन बनाएको थियो। टस जित्दै टिम चौराहाका कप्तान सोमपाल कामीले काठमाडौँ गोल्ड़ेंसलाई ब्याटिंग गर्न निमन्त्रण गरेका थिए। काठमाडौँको सुरुवात राम्रो हुन सकेको थिएन । प्रारम्भिक ब्याट्सम्यान सुबोथ भाटी खाता नखोली ललित भण्डारीको सिकार हुदै प्याभीलियन फर्किएकाथिए । २७ रनको स्कोरमा काठमाडौँले भुपेन्द्र थापाको रुपमा आफ्नो दोश्रो विकेट गुमाएको थियो। धमलाको बलमा बोल्ड हुनु अघि भूपेन्द्रले १७ बलमा १० रन बनाएका थिए ।

Bhupendra Thapa
भुपेन्द्र थापा

त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल र अमित श्रेष्ठले पारीलाई अघि बढाएका थिए । ज्ञानेन्द्र मल्ल आज निकै नै राम्रो लयमा देखिएका थिए । हरेक ओभरको सुरुवातमै प्रहार गर्दा बलरमाथि दबाव बनाउन सकिन्छ भन्ने सिद्धान्तमा देखिएका मल्लले पहिलो या दोश्रो बलमै सफलता पुर्वक चौका, छक्का प्रहार गरेका थिए । उता अमित श्रेष्ठले साझेदारीमा  राम्रो साथ दिइरहे ।

१२.१ ओभरमा जब रोहन मुस्तफाको बलमा ज्ञानेन्द्र मल्ल लेग बिफोर विकेट हुन पुगे, तब काठमाडौँले आफ्नो लय गुमाएको थिय । नरेश बुढाऐर, सन्नी पटेल, रशिद खान र किशोर महतोले खास्सै केही गर्न सकेनन्। फर्ममा रहेका अमित श्रेष्ठ ३६ रनको व्यकतिगत स्कोरमा दुर्भाग्यवस रन आउट हुन पुगे ।  ज्ञानेन्द्र मल्लले भने आकार्शक पारी खेल्ने क्रममा ३ चौका र २ छक्काको मद्दतले २३ बलमा ३८ रन बनाएका थिए ।

टिम चौराहा धनगढीले निकै नै राम्रो बलिंग र फिल्डिंगको प्रदर्शन गरेको थियो । चौराहाका लागि सोमपाल कामी र ललित भण्डारीले २-२ विकेट लिए भने सुनिल धमला, संसद सेख र रोहन मुस्ताफाले १-१ विकेट हात पारेका थिए ।





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]