डिपिएलको उद्घाटन खेलमा धनगढी र काठमाडौं भिड्दै

विकेटनेपाल – १७ चैत्र, शनिवार | देशकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो संस्करण आज बाट सुरुहुँदै छ । प्रतियोगिताको उद्घाटन खेलमा टिम चौराह धनगढी र काठमाडौं गोल्डेन्स भिड्नेछन् ।

राष्ट्रिय टोलिका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको टोलि काठमाडौं गोल्डेन्समा भारतीय मुलका दुई बिदेशी खेलाडीहरु रहेका छन् । दुवै बिदेशी खेलाडीले सन् २०१७ को डिसेम्बरमा काठमाडौंमा आयोजित एभरेष्ट प्रिमियर लिगमा मल्लकै कप्तानीमा रहेको टोलि ललितपुर प्याट्रीयट्सबाट खेलेका थिए । विकेटकिपर ब्याट्सम्यान जयकिसन कोल्सावाला र अलराउन्डर सन्नी पटेल गोल्डेन्सबाट खेल्दैछन् । युवा तथा अनुभवी खेलाडीको मिश्रण रहेको गोल्डेन्सले पहिलो खेलमा आज दिउँसो चौराहको सामना गर्नेछ ।

काठमाडौं गोल्डेन्सका कप्तान : ज्ञानेन्द्र मल्ल

काठमाडौं गोल्डेन्स :

  • ज्ञानेन्द्र मल्ल (कप्तान)
    नरेश बुढाएर
    बिक्रम ठगुन्ना
    ललित राजबंशी
    अमित श्रेष्ठ
    सन्तोष भट्ट
    किशोर महत्तो
    राशिद खान
    संजय श्रेष्ठ
    शाहब आलम
    पुस्प थापा
    भुपेन्द्र थापा
    संजय बस्नेत
    जयकिसन कोल्सावाला (भारत)
    सन्नी पटेल (भारत)

प्रतियोगिताको साबिक बिजेता टिम चौराह धनगढीको कप्तानी को जिम्मा भने यसपटक सोमपाल कामीलाई दिइएको छ । सोमपालको नेतृत्वमा चौराह धनगढीले उपाधि जोगाउने अभियानमा हुनेमा दुईमत छैन । पहिलो संस्करणमा धनगढीको कप्तानी गरेका पारस खड्का यसपटक बिराटनगर किंग्सको टोलिमा रहेकाले सोमपाललाई कप्तानीको जिम्मा दिइएको हो ।

टिम चौराह धनगढी कप्तान : सोमपाल कामी

टिम चौराह धनगढी :

  • सोमपाल कामी (कप्तान)
    राजेश पुलामी मगर
    आशु कन्दोई
    विजय राना
    योगेन्द्रसिंह कार्की
    ललित भण्डारी
    सोनु तामांग
    शंकर राना
    रबिन्द्रजंग साही
    मोहम्मद संसद शेख
    सुनिल धमला
    महेश अधिकारि
    राजु रिजाल
    रोहन मुस्तफा (युएई)
    पुनित मिश्रा (भारत)

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy