तिलोत्तमा क्रिकेट लिगमा शुक्रबार सम्पन्न खेलमा विश्व लायन टर्टल्स र बुटवल डाइनामाइट्स विजयी भएका छन् ।
तिलोत्तमा १७ एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको पहिलो खेलको सुपर ओवरमा द रामापुर रिभाइभलियन्सलाई सनसनीपुर्ण १ रनले हराउदै विश्व लायन टर्टल्सले प्रतियोगितामा दोस्रो जीत हात पारेको छ ।
टस हारेर ब्याटिँग गरेको द रामापुर रिभाइभलियन्सले निर्धारित २० ओवरको खेलमा १४ दशमलव ४ ओवरमा अलआउट हुदै ५० रन जोडेको थियो । उसका लागी सिद्धार्थ ढकालले २३ रन बनाउनु अलावा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन । द रामापुर रिभाइभलियन्सलाई सस्तैमा समेट्ने क्रममा विश्व लायन टर्टल्सका बलर नितिश ठाकुरले महत्वपुर्ण ५ विकेट हात पारे भने आशुतोष पाण्डे र शुभम खनालले क्रमश दुई दुई विकेट लिए ।
५१ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिँग गर्न मैदानमा उत्रिएको विश्व लायन टर्टल्स शुरुवात पनि सोचेजस्तो हुन सकेन । एकपछि अर्को गर्दै विकेट गुमाएको उसले १९ दशमलव ३ ओवर खेलेर ५० रन मै अलआउट हुन पुगेपछि खेल सुपर ओवरमा पुगेको थियो । विश्व लायन टर्टल्सका लागी आशुतोष पाण्डेले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन ।
विश्व लायन टर्टल्सलाई दवावमा राख्ने क्रममा द रामापुर रिभाइभलियन्सका बलरहरु लेख बहादुरले ३ तथा प्रिन्स पालले २ विकेट चड्काए पनि खेल जिताउन सकेनन र टोली सुपर ओवरमा पराजित हुन पुग्यो ।
खेलमा ५ विकेट लिने विश्व लायन टर्टल्सका नितिश ठाकुर म्यान अफ दी म्याच भए भने आशुतोष पाण्डेले गेम चेन्जरको उपाधी प्राप्त गरे ।
यसैबीच शुक्रबार नै भएको दोस्रो खेलमा खेलासिकी ओर्काज लाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै बुटवल डाइनामाइटले प्रतियोगितामा शानदार वापसी गरेको छ । ट
स हारेर ब्याटिँग गरेको खेलासिकीले निर्धारित २० ओवरको खेलमा १९ ओवर २ बल खेल्दै मात्र ४० रन बनाएर अलआउट हुन पुग्योे । उसका लागी कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोडन सकेनन । बलिँगतर्फ बुटवल डाइनामाइटका लागी सुप्रिम कँडेलले महत्वपुर्ण ४ तथा केशव रायमाझीले ३ विकेट हात पारे ।
४१ रनको झिनो लक्ष्य पछ्याएको बुटवलले मात्र ३ ओवर ४ बलमा ४२ रन बनाउदै लक्ष्य पुरा गर्यो । उसका लागी सागर गैरेले विस्फोटक ब्याटिँग गर्दै मात्र १२ बल खेलेर अविजित २८ तथा अर्पण तिमिल्सिनाले ८ रन जोडे ।
खेलमा विजयी टिमका सुप्रिम कँडेल म्यान अफ दी म्याच र केशव रायमाझीले गेम चेन्जरको उपाधी पाए ।
लिगमा शनिबार पनि २ खेल हुनेछन । शनिबारको पहिलो खेल बुटवल डाइनामाइट तथा पी टु के डी स्क्वाड र दोस्रो खेल द रामापुर रिभाइभलियन्स र नेपथ्य इगल्स बीच हुनेछ । प्रतियोगिताका हरेक खेललाई नेपथ्य कलेजले तिलोत्तमा क्रिकेट कमिटीको पेजबाट प्रतक्ष्य प्रसारण गरिरहेको छ!
