तिलोत्तमा क्रिकेट लिगको दोस्रो दिनको खेलमा नेपथ्य इगल्स र रामापुर रिभाइभलियन्स विजयी भएका छन् ।
तिलोत्तमा १७ स्थित एक्स्ट्राटेक ओभल मैदानमा टस हारेर ब्याटिँगको निम्तो पाएको नेपथ्य इगल्सले पी टु के डी स्क्वाडलाई ८० रनको फराकिलो अनतरले हराउदै पहिलो जीत हासिल गर्यो ।
निर्धारित २० ओवरको खेलमा ८ विकेट गुमाएर १२९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको नेपथ्यलाई जिताउन सन्दीप बाँनियाले २५, कामरान अहमदले १६ तथा अब्दुल साउद खानले १५ रन बनाए । बलिँगतर्फ पी टु के डी स्क्वाडका समीर यादवले ३ शशिधर टण्डन र सागर भण्डारीले क्रमश २/२ विकेट लिए ।
१२९ रनको विशाल लक्ष्य पछ्याएको पी टु के डी स्क्वाडको शुरुवात भने साचेजस्तो हुन सकेन । लगातार विकेट गुमाएर दवावमा परेको पी टु के डीका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन भने पुरै टिम ४८ रन बनाउदा अलआउट हुन पुग्यो । पी टु के डी लाई सस्तैमा समेट्ने क्रममा प्रेमसागर यादव, कामरान अहमद तथा लक्ष्मण कुमालले क्रमश २/२ विकेट लिए ।
नेपथ्य इगल्सका प्रेमसागर यादवले गेम चेन्जरको उपाधी प्राप्त गर्दा कामरान अहमद म्यान अफ दी म्याच घोषित भए ।
यसैगरि बिहिबार नै भएको दोस्रो खेलमा खेलासिकी ओर्कासलाई ५ विकेटले हराउदै रामापुर रिभाइभलियन्स विजयी भयो ।
टस जितेर ब्याटिँग गर्ने निर्णय गरेको खेलासिकीले निर्धारित २० ओवरको खेलमा ६ विकेटको क्षतिमा ५३ रनको झिनो लक्ष्य प्रस्तुत गरेको थियो ।
खेलासिकीका लागी जावेद खानले १५ तथा कृष्ण विक र सुशान्त सुवेदीले १०/१० रन जोडे । बलिगँतर्फ द रिभाइभलियन्सका आयन खान र फैजान खानले २/२ विकेट लिए ।
५४ रनको लक्ष्य पछ्याएको रामापुर रिभाइभलियन्सले ५ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो । द रिभाइभलियन्सलाई जिताउन सुसान्त थापाले महत्वपुर्ण १८ रन जोडे भने आयन खानले नटआउट ७ रन जोडे । खेलासिकीका लागी शोयब हसनले ४ तथा दिवस अर्यालले १ विकेट लिए पनि त्यो जीतका पर्याप्त हुन सकेन ।
खेलमा फैजान खानले गेम चेन्जरको उपाधी प्राप्त गर्दा आयन खान म्यान अफ दी म्याच भए ।
लीगमा शुक्रबार पनि २ खेल हुनेछ । हरेक खेल नेपथ्य कलेजको प्राविधिक सहयोगमा तिलोत्तमा क्रिकेट कमिटीको पेजबाट प्रतक्ष्य प्रसारण समेत ब्यवस्था गरिएको छ ।
