टिम एचबिएलाई चार्टर्ड क्रिकेट लिगको उपाधि

२०७८ माघ २९, शनिबार २२:५०

बिज ग्लाईडर्सलाई ६ विकेटले पराजित गर्दै टिम एचबिएले चार्टर्ड क्रिकेट लिगको दोश्रो संस्करणको उपाधि जितेको छ।

काठमाडौँको मुलपानी मैदानमा सम्पन्न फाइनलमा बिज ग्लाईडर्सले दिएको १२८ रनको लक्ष्य टिम एचबिएले १९ ओभरमा ४ विकेट क्षेतीमा भेटायो। टिम एचबिएको ब्याटिंगमा सौरभ सिंह पेलाले अविजित ६५ रन तथा हर्षल भण्डारीले ३६ रन बनाए। ग्लाईडर्सका बलर कौशल मण्डलले २ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरको बिज ग्लाईडर्सले २० ओभरमा ९ विकेट क्षेतीमा १२७ रन बनाएको थियो। उसको लागि कन्हाई राउतले सर्वाधिक ४३ तथा कुश मण्डलले २१ रन बनाए। बलिंगतर्फ पनि सौरभ सिंह पेलाले २ विकेट लिए।

प्रतियोगिताकै उत्कृस्ट खेलाडी बिज ग्लाईडर्सका दिपेन सिंह घोषित भए। यस्तै उत्कृस्ट बलर द न्युबिजका प्रमाण नेपाल तथा उत्कृस्ट ब्याट्सम्यान टिम एचबिएका कप्तान अमुल रावल घोषित भए। फाइनलको प्लेयर अफ द म्याच सौरभ सिंह पेला घोषित भए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy