एभरेस्ट प्रिमियर लिगको टिम र मार्की प्लेयरको घोषणा

२०७४ भाद्र २३, शुक्रबार ००:००

  • विकेटनेपाल, २३ भदौ

एभरेस्ट प्रिमियर लिगको टिम मालिक र मार्की खेलाडीको घोषणा भएको छ l

डिसेम्बरमा हुने प्रतियोगितामा कुल ६ टिम सहभागी हुने छन् l काठमाडौँ किंग्स ११ , ललितपुर प्याट्रियट्स, बिराटनगर वारियर्स, भैरहवा लेजेन्ड्स, पोखरा राइनोज र चितवन टाइगर्स गरी प्रतियोगितामा ६ वटा टिम रहनेछन् l

काठमाडौँ किंग्स ११ को मार्की खेलाडी सोमपाल कामि रहेकाछन्, ललितपुर प्याट्रियट्सको मार्की ज्ञानेन्द्र मल्ल, बिराटनगर वारियर्सको मार्की पारस खड्का, भैरहवा लेजेन्ड्सको मार्की शरद भेसावकर, पोखरा राइनोजको मार्की शक्ति गौचन तथा चितवन टाइगर्सको मार्की दिपेन्द्र ऐरी रहनेछन् l

मार्की खेलाडीले कप्तानी नगर्ने समेत सम्भावना रहने आयोजकले बताएको छ l

टिम – मार्की खेलाडी – मालिक

काठमाडौँ किंग्स ११ – सोमपाल कामि- रोहित गुप्ता
ललितपुर प्याट्रियट्स – ज्ञानेन्द्र मल्ल – किशोर महर्जन
बिराटनगर वारियर्स – पारस खड्का – बिशाल अग्रवाल
भैरहवा ग्ल्याडीयटर्स – शरद भेसावकर – आदित्य सांघाई
पोखरा राइनोज  – शक्ति गौचन – शाहील अग्रवाल
चितवन टाइगर्स – दिपेन्द्र ऐरी – किशोर भट्टराई

प्रतियोगिताको अन्य खेलाडीहरुको चयन अक्सनबाट गरिनेछ l प्रतियोगिताको बिजेताले नेपाली घरेलु क्रिकेटकै सबैभन्दा बढी २१ लाख रुपैयाँ पाउनेछन् l एभेरस्ट प्रिमियर लिगमा खेलाडीहरुको चयन अक्सनद्वारा गरिनेछ। प्रत्येक टिममा १ जना मार्क्यु खेलाडी हुनेछ भने प्रत्येक टिमले ३ जना विदेश खेलाडीहरु अनिबार्य सहभागी गराउनु पर्नेछ ।

( सच्याइएको – यस अघि मार्की खेलाडीको सट्टा कप्तान भनेर राखिएको थियो l इपिएल आयोजकले मार्की खेलाडी कप्तान नरहन पनि सक्ने बताएको छ l )

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy