आतंककारी हमलाको कारण न्युजिल्यान्ड र बंगलादेशबीचको तेस्रो टेस्ट स्थगित

(फिचर फोटो: क्रिकबज)

  • विकेटनेपाल, चैत्र १ – शुक्रबार

शनिबारबाट सुरु हुने भनिएको न्युजिल्यान्ड र बंगलादेश बीचको तेस्रो टेस्ट खेल स्थगित गरिएको छ। केहि समय अगाडी न्युजिल्यान्डको क्राइस्टचर्चमा आतंककारी हमला भएपछी खेल रद्द गरिएको हो।

न्युजिल्यान्ड भ्रमणमा रहेको बंगलादेश क्रिकेट टिम नमाज पढ्नको लागि क्राइस्टचर्च स्थित एक मस्जिदमा रहेको थियो। उक्त मस्जिद बाहिर आक्रमण भएपनि टिम सुरक्षित रहेको बंगलादेश क्रिकेट बोर्डले जनाएको छ।

स्थानीय समय १:४५ बजे भएको उक्त आतंककारी हमलाको कारण करिब ५० जनाको ज्यान गएको तथ्यहरु सार्बजनिक भएका छन्।

३ एकदिवसीय र ३ टेस्ट खेलको लागि न्युजिल्यान्डमा रहेको बंगलादेशले अहिलेसम्म खेलिएका सम्पूर्ण एकदिवसीय र टेस्ट खेलमा हार व्यहोरेको थियो। पहिलो र दोश्रो एकदिवसीयमा समान ८/८ विकेटले पराजित बंगलादेश तेस्रोमा ८८ रनले पराजित भएको थियो। त्यस्तै टेस्ट सिरिज तर्फ पहिलो खेलमा एक पारि र ५२ रन तथा दोश्रो खेलमा एक पारि र १२ रनले पराजित भएको थियो।





थप समाचार

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ पुनः स्थगित

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज […]

एसियन गेम्स खेल्न आज चीन जाने नेपाली क्रिकेट टोलीको क्यानद्वारा विदाई

एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमका […]

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]