आतंककारी हमलाको कारण न्युजिल्यान्ड र बंगलादेशबीचको तेस्रो टेस्ट स्थगित

(फिचर फोटो: क्रिकबज)

  • विकेटनेपाल, चैत्र १ – शुक्रबार

शनिबारबाट सुरु हुने भनिएको न्युजिल्यान्ड र बंगलादेश बीचको तेस्रो टेस्ट खेल स्थगित गरिएको छ। केहि समय अगाडी न्युजिल्यान्डको क्राइस्टचर्चमा आतंककारी हमला भएपछी खेल रद्द गरिएको हो।

न्युजिल्यान्ड भ्रमणमा रहेको बंगलादेश क्रिकेट टिम नमाज पढ्नको लागि क्राइस्टचर्च स्थित एक मस्जिदमा रहेको थियो। उक्त मस्जिद बाहिर आक्रमण भएपनि टिम सुरक्षित रहेको बंगलादेश क्रिकेट बोर्डले जनाएको छ।

स्थानीय समय १:४५ बजे भएको उक्त आतंककारी हमलाको कारण करिब ५० जनाको ज्यान गएको तथ्यहरु सार्बजनिक भएका छन्।

३ एकदिवसीय र ३ टेस्ट खेलको लागि न्युजिल्यान्डमा रहेको बंगलादेशले अहिलेसम्म खेलिएका सम्पूर्ण एकदिवसीय र टेस्ट खेलमा हार व्यहोरेको थियो। पहिलो र दोश्रो एकदिवसीयमा समान ८/८ विकेटले पराजित बंगलादेश तेस्रोमा ८८ रनले पराजित भएको थियो। त्यस्तै टेस्ट सिरिज तर्फ पहिलो खेलमा एक पारि र ५२ रन तथा दोश्रो खेलमा एक पारि र १२ रनले पराजित भएको थियो।

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy