लगातार तेश्रो हार पछि युगान्डालाई सिरिज

लगातार तेस्रो हारसँगै नेपाली राष्ट्रिय महिला टोलीले युगान्डाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिज गुमाएको छ । पाँच खेलको सिरिजमा पाहुना टोली युगान्डा दुई खेल अगावै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार भएको तेस्रो खेलमा नेपाल युगान्डासँग ६ विकेटले पराजित भयो ।

यससँगै युगान्डाले सिरिजमा ३–० को अग्रता लिएको छ । यसअघि नेपाल युगान्डासँग पहिलो खेलमा नेपाल १२ रन र दोस्रो खेलमा एक विकेटले पराजित भएको थियो । नेपालले दिएको एक सय रनको विजयी लक्ष्य युगान्डाले १८.२ ओभरमा चार विकेटको क्षतिमा एक सय एक रन बनायो ।

युगान्डाका लागि केभिन विनोले अविजित ४२ रन तथा जेनेट वावाजीले २७ रन बनाईन् । बलिङमा नेपालकी कविता कुँवरले दुई तथा कप्तान रुविना क्षेत्री र इन्दु वर्माले एक एक विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा ९९ रन बनाएको थियो । नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक ४७ रन बनाईन् । रुविना क्षेत्रीले अविजित १८ र सिता रानामगरले १२ रन बनाईन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

बलिङमा युगान्डाकी फियोना कुलुमी, कुन्सी वेको र सराह एकीटेङले दुई दुई विकेट लिए । नेपाल र युगान्डाबीचको चौथो खेल शुक्रबार र पाँचौं तथा अन्तिम खेल शनिबार हुनेछ । नेपाली महिला टोलीले पहिलो पटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय टी–२० सिरिज खेलेको हो ।





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]