T20WC : तेश्रो पटक कोहलीको विकेट लिंदै सोढीको कीर्तिमान

२०७८ कार्तिक १४, आईतवार २१:५२

टि-२० विश्वकपको सुपर-१२ चरणमा न्युजिल्यान्डका लेग स्पिनर इश सोढीले भारतीय कप्तान बिराट कोहलीको विकेट लिंदै ठूलो कीर्तिमान आफ्नो नाम गरेका छन्। आफ्नो २९ औं जन्मदिन मनाइरहेका सोढीले १७ बलमा ९ रन बनाएका कोहलीलाई क्याच आउट पारे।

सोढीले टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा तेश्रो पटक बिराट कोहलीको विकेट लिएका हुन्। टि-ट्वान्टी अन्तर्राष्ट्रियमा तिन पटक कुनै पनि बलरले यस अघि कोहलीलाई तिन पटक आउट गर्न सकेका थिएनन्। कोहली बिरुद्ध कीर्तिमान बनाउदै सोढीलेले जन्मदिनको विशेष उपहार पाएका हुन्।

 

View this post on Instagram

 

A post shared by ICC (@icc)


भारत बिरुद्ध अर्को ठूलो कीर्तिमान पनि सोढीको नाममा रहेको छ। उनि टि-२० अन्तर्राष्ट्रियमा भारत बिरुद्ध सर्वाधिक विकेट लिने बलर हुन्। खेलमा १७ रन खर्चेर कोहली र रोहित शर्माको विकेट लिएका उनले भारत बिरुद्ध १३ औं खेल खेल्दा विकेट संख्या १९ पुर्याएका छन्। सोढी पछि भारत बिरुद्ध टि-२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट श्रीलंकाका दुश्मन्था चमिराको नाममा रहेको छ जसले १२ खेलमा १४ विकेट लिएका हँ। न्युजिल्यान्डका मिचेल स्यान्टनरले तेश्रो धेरै १२ विकेट लिएका छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy