बराबरीमा टुंगियो भारत-इंग्ल्यान्ड पहिलो टेस्ट

भारत र इंग्ल्यान्ड बीचको पाँच टेस्टको सिरिज अन्तर्गत पहिलो टेस्ट बराबरीमा टुंगिएको छ।

पाँचौ दिनको खेल लगातार भारि वर्षाका कारण एक बल पनि सम्भव नहुँदा खेलको नतिजा आउन सकेन। इंग्ल्यान्डले दिएको २०९ रनको लक्ष्य पछ्याउने क्रममा चौथों दिन १ विकेट गुमाएर ५२ रन बनाएको अवस्थाबाट भारतलाई जितको लागि अझै १५७ रन आवस्यक रहेको थियो। क्रिजमा रोहित शर्मा र चेतेश्वर पुजारा समान १२ रन बनाएर ब्याटिंग गरिरहेका थिए।

ट्रेन्ट ब्रिज स्टेडियम नटिंगघममा टस जितेर ब्याटिंग गरेको इंग्ल्यान्डले पहिलो इनिंग्समा १८३ रन बनाएको थियो। भारतले पहिलो इनिंग्समा २७८ रन बनाउदै पहिलो इनिंग्समा ९५ रनको अग्रता हाँसिल गरेको थियो। दोश्रो इनिंग्समा इंग्ल्यान्डले ३०३ रन बनाउदै भारतलाई २०९ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

सिरिज अन्तर्गत दोश्रो टेस्ट अगस्ट १२ तारिख देखि लर्ड्समा सुरु हुने तालिका रहेको छ।

टेस्ट समरी : इंग्ल्यान्ड पहिलो इनिंग्स : १८३ ( रुट ६४ , बुम्राह ४ विकेट, मोहम्मद शामी ३ विकेट ) , भारत पहिलो इनिंग्स : २७८ ( राहुल ८४, जडेजा ५६, रोबिन्सन ५ विकेट, एण्ड र सन ५ विकेट ) , इंग्ल्यान्ड दोश्रो इनिंग्स : ३०३ ( रुट १०९ , बुम्राह ५ विकेट ) , भारत दोश्रो इनिंग्स – ५२/१

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy