जितको दिशामा बंगलादेश

बंगलादेशको जिम्बाब्वे भ्रमण अन्तर्गत एकमात्र टेस्टको चौथो दिनको खेल सम्पन्न हुँदा ४७७ रनको विशाल लक्ष्य पाएको जिम्बाब्वे टेस्ट जोगाउन संघर्ष गरिरहेको छ।

दोश्रो इनिंग्समा बंगलादेशले २८४/१ को अवस्थामा इनिंग्स समाप्तिको घोषणा गरेपछि ४७६ रनको दोश्रो इनिंग्सको अग्रता पाएको थियो। लक्ष्य पछ्याउने क्रममा चौथो दिनको समाप्तिमा जिम्बाब्वेले १४० रन बनाउदा ३ विकेट गुमाएको छ र जितको लागि अझै ३३७ रन टाढा रहेको छ।

जिम्बाब्वे ओपनर मिल्टन शुम्बा ११ रन बनाएर आउट भएपछि कप्तान ब्रेण्डन टेलर र ताकुदज्वानाशे काटीयानोले दोश्रो विकेटको लागि ९५ रनको साझेदारी गरेका थिए। ७२ बलमा १६ चौका मद्दतले ९२ रन बनाएका टेलर शतक बनाउन चुक्ने क्रममा मेहदी हसनबाट आउट हुन पुगे। त्यसपछि काटीयानो ७ रन बनाएर आउट भए जसले १०२ बल खेल्दा १ चौका प्रहार गर्न सके। क्रिजमा डायन मेयर्स १८ तथा डोनाल्ड ट्रिपानो ७ रन बनाएर अविजित छन्।

बंगलादेशको बलिंगमा शाकिब अल हसन, मेहदी हसन र तास्किन एहमदले समान १ विकेट लिएका छन्।

यस अघि चौथो दिनको सुअरुवत ४५/० को अवस्थाबाट गरेको बंगलादेशले मात्र १ विकेट गुमाएर २८४ रन बनाउदै इनिंग्स समाप्तिको घोषणा गरेको थियो।

बंगलादेशको लागि शदमान इस्लाम र नज्मुल होसेन शान्टोले अविजित शतक बनाए। करियरको पहिलो शतक बनाएका शदमानले १९६ बलमा ९ चौका तथा दोश्रो शतक बनाएका शान्टोले ११८ बलमा ५ चौका र ६ छक्का प्रहार गरे।

बंगलादेशले पहिलो इनिंग्समा ४६८ रन बनाएको थियो भने जिम्बाब्वेले पहिलो इनिंग्समा २७६ रन बनाएको थियो।





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]