टेस्ट क्रिकेटमा पहिलो पटक जर्सीमा खेलाडीको नाम र नम्बर

टेस्ट क्रिकेटको इतिहासमै पहिलो पटक आगामी एसेज सिरिजमा इंग्ल्याण्ड र अस्ट्रेलियाका खेलाडीहरुले आफ्नो नाम र नम्बर अंकित सेतो जर्सी लगाउने भएका छन्।

आईसीसीको टेस्ट च्याम्पियनसिप अगस्ट १ बाट एजब्यासटनमा एसेज सिरिजबाटै सुरु हुँदैछ। ७१ औं एसेज सिरिजबाट यस्तो जर्सी पहिलो पटक प्रयोगमा ल्याइनेछ।

सोमबार इंग्ल्याण्ड क्रिकेट बोर्डले इंग्ल्याण्डले एसेज टेस्ट सिरिजमा लगाउने जर्सी सार्वजनिक गरेको छ। इंग्ल्याण्ड कप्तान जोए रुटले आफ्नो नाम र ६६ नम्बर अंकित जर्सी सार्वजनिक गरेका छन्। एकदिवसीय र टि-२० मा पहिलेदेखिनै खेलाडीको नाम रहँदै आए पनि टेस्ट क्रिकेटमा भने लामो समयमा बल्ल यो परिवर्तन भएको हो।


सन् १८७७ मा इंग्ल्याण्ड र अस्ट्रेलियाले पहिलो अधिकारिक टेस्ट खेलेका थिए। १४२ वर्ष पछि बल्ल टेस्ट क्रिकेट जर्सीमा खेलाडीको नाम देख्न पाइनेछ।

इंग्ल्याण्ड क्रिकेटले आफ्नो ट्वीटरमा रुटको जर्सी राख्दै “नाम र नम्बर टेस्ट जर्सीको पछाडी” लेखेको छ।

एसेज सिरिज इंग्ल्याण्डमा अगस्ट १ देखि सुरु हुनेछ जस अघि इंग्ल्याण्डले आयरल्याण्डसंग ४ दिने टेस्ट म्याच खेल्ने तालिका रहेको छ। २०१७-१८ एसेज सिरिज अस्ट्रेलियाले जितेको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy