टेस्ट क्रिकेटमा पहिलो पटक जर्सीमा खेलाडीको नाम र नम्बर

टेस्ट क्रिकेटको इतिहासमै पहिलो पटक आगामी एसेज सिरिजमा इंग्ल्याण्ड र अस्ट्रेलियाका खेलाडीहरुले आफ्नो नाम र नम्बर अंकित सेतो जर्सी लगाउने भएका छन्।

आईसीसीको टेस्ट च्याम्पियनसिप अगस्ट १ बाट एजब्यासटनमा एसेज सिरिजबाटै सुरु हुँदैछ। ७१ औं एसेज सिरिजबाट यस्तो जर्सी पहिलो पटक प्रयोगमा ल्याइनेछ।

सोमबार इंग्ल्याण्ड क्रिकेट बोर्डले इंग्ल्याण्डले एसेज टेस्ट सिरिजमा लगाउने जर्सी सार्वजनिक गरेको छ। इंग्ल्याण्ड कप्तान जोए रुटले आफ्नो नाम र ६६ नम्बर अंकित जर्सी सार्वजनिक गरेका छन्। एकदिवसीय र टि-२० मा पहिलेदेखिनै खेलाडीको नाम रहँदै आए पनि टेस्ट क्रिकेटमा भने लामो समयमा बल्ल यो परिवर्तन भएको हो।


सन् १८७७ मा इंग्ल्याण्ड र अस्ट्रेलियाले पहिलो अधिकारिक टेस्ट खेलेका थिए। १४२ वर्ष पछि बल्ल टेस्ट क्रिकेट जर्सीमा खेलाडीको नाम देख्न पाइनेछ।

इंग्ल्याण्ड क्रिकेटले आफ्नो ट्वीटरमा रुटको जर्सी राख्दै “नाम र नम्बर टेस्ट जर्सीको पछाडी” लेखेको छ।

एसेज सिरिज इंग्ल्याण्डमा अगस्ट १ देखि सुरु हुनेछ जस अघि इंग्ल्याण्डले आयरल्याण्डसंग ४ दिने टेस्ट म्याच खेल्ने तालिका रहेको छ। २०१७-१८ एसेज सिरिज अस्ट्रेलियाले जितेको थियो।





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]