टेस्ट वरियतामा कोहलीसंग स्मिथको दुरी झनै कम, नेपाली खेलाडीको वरियता कति छ

इंग्ल्यान्डमा जारि एसेज सिरिज अन्तरर्गत शानदार लयमा रहेका स्टिभ स्मिथले टेस्ट वरियतामा भारतीय कप्तान बिराट कोहलीसंगको अन्तर कम गरेका छन्।

एसेज अन्तर्गत २ वटा टेस्टको ३ इनिंगमा ब्याटिंग गर्दै स्मिथले ३७८ रन बनाईसकेका छन् जसमा पहिलो टेस्टको २ शतक र दोश्रो टेस्टको ९२ रन सामेल छ। १ वर्षे प्रतिबन्धका बाबजुद स्मिथले टेस्ट वरियतामा आफुलाई उत्कृस्ट सावित गरेका हुन्।

वरियतामा पहिलो स्थानमा रहेका कोहलीसंग अब स्मिथको अन्तर मात्र १९ अंकको रहेको छ।  कोहलीको ९२२ अंक रहेको छ भने दोश्रो स्थानमा स्मिथको ९१३ अंक रहेको छ। तेश्रो स्थानमा केन विलियमसन ८८७ अंक सहित रहेका छन् भने भारतका चेतेश्वर पुजारा चौथो, न्युजिल्याण्डका हेनरी निकोलस पाँचौ स्थानमा रहेका छन्।

एसेजमा लगातार खराब फर्ममा रहेका डेभिड वार्नर ५ स्थान तल खस्कदै ११ औं स्थानमा पुगेका छन्। यस्तै न्युजिल्यान्ड बिरुद्ध पहिलो टेस्टमा उत्कृस्ट शतक बनाएका श्रीलंकन कप्तान डिमुथ करुनारत्नेले वरियतामा ४ स्थान सुधार गर्दै आठौँ स्थानमा उक्लेका छन्।

टेस्ट बलिंग वरियतामा अस्ट्रेलियाका प्याट कमिन्स पहिलो स्थानमा यथावत रहेका छन्। उच्च लयमा रहेका कमिन्सले २ टेस्टमा कुल १३ विकेट लिईसकेका छन्।

डेब्यु टेस्टमा कुल ५ विकेट लिएका इन्ग्लिश बलर जोफ्रा आर्चर वरियतामा ८३ औं स्थानअ पुगेका छन्। न्युजिल्याण्ड बिरुद्ध पहिलो टेस्टमा उत्कृस्ट बलिंग गरेका श्रीलंकन स्पिनर अकिला धनन्जय ९ स्थान सुधार गर्दै ३६ औं स्थानमा उक्लेका छन् जसले टेस्टमा ६ विकेट लिएका थिए।

टेस्ट बलिंग वरियतामा दक्षिण अफ्रिकी बलर कागीसो रबाडा दोश्रो, जेम्स एन्डरसन तेश्रो, भेरोन फिलान्डर चौथो तथा रभिन्द्र जडेजा पाँचौ स्थानमा रहेका छन्।

नेपालको वरियता 

नेपाल टि-२० र एकदिवसीय वरियतामा यथावत स्थानमा रहेको छ। टि-२० मा ११ औं र एकदिवसीयमा १५ औं स्थानमा रहेको छ। टि-२० वरियतामा स्कटल्याण्ड नेपाल भन्दा मात्र २ अंकले पछि रहेको हुँदा स्कटल्याण्डमा अहिले जारि आईसीसी विश्वकप लिग-२ पछि नेपाललाई उछिन्ने सम्भावना रहेको छ।

नेपाली खेलाडीहरुको वरियता ( टि-२० अन्तर्राष्ट्रिय ) 

अल-राउण्डरतर्फ कप्तान पारस खड्का २६ औं स्थानमा यथावत रहेका छन्। यो सुचीमा युएईका रोहन मुस्तफा १६ औं स्थानमा रहेका छन्।

Paras Khadka

टि-२० अन्तर्राष्ट्रिय वरियतामा ब्याटिंगतर्फ नेपाली खेलाडी मध्ये शिर्ष स्थानमा पारस खड्का ६६ औं स्थानमा रहंदा बलिंगतर्फ बसन्त रेग्मी शिर्ष ७१ औं स्थानमा रहेका छन्। सोमपाल कामि ब्याटिंगमा २१४ औं, बलिंगमा ७८ औं र अल-राउण्डरतर्फ ६७ औं स्थानमा रहेका छन्। पारस खड्काले गत महिना मलेसियासंग अविजित ८६ र त्यसपछि कुवेतसंग ६८ रन बनाएका थिए। बसन्त रेग्मीले टि-२० विश्वकप छनौट ( एसिया फाइनल) मा कुल ७ विकेट तथा मलेसियासंग १ खेलमा मौका पाउदा २ विकेट लिएका थिए।

ब्याटिंग वरियता :-  पारस खड्का – ६६ औं , शरद भेसावकर – १२५ औं , ज्ञानेन्द्र मल्ल – १३१ औं , सन्दिप जोरा १७० औं , सोमपाल कामि २१४ औं
बलिंग वरियता :- बसन्त रेग्मी – ७१ औं , सोमपाल कामि ७८ औं , करन केसी १४२ औं , पारस खड्का १५० औं , अविनाश बोहरा १६४ औं
अल-राउण्डर वरियता :- पारस खड्का – २६ औं , सोमपाल कामि ६७ औं , करन केसी १३७ औं , बसन्त रेग्मी १७७ औं

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy