टेस्ट वरियतामा ब्रडको ७ स्थानको फड्को, को कति नम्बरमा छन्

मंगलबार सम्पन्न टेस्ट सिरिजमा वेस्टइन्डिजलाई २-१ ले पराजित गर्दा प्लेयर अफ द सिरिज चुनिएका तिब्र गति बलर स्टुवार्ट ब्रडले टेस्ट वरियतामा ७ स्थानको फड्को मारेका छन्।

वेस्टइन्डिजलाई तेश्रो टेस्टमा २६९ रनले पराजित गर्दा दायाँ हाते तिब्र गति बलरले ५ सय विकेटको कोसेढुङ्गा पार गर्न सफल भएका थिए। टेस्टमा ५ सय विकेट पुरा गर्ने ब्रड चौथो तिब्र गति बलर हुन् भने समग्रमा सातौँ बलर हुन्। यो पढ्नुस :- ब्रडले पुरा गरे ५ सय विकेट, इतिहासकै सातौँ बलर 

सिरिजको तेश्रो टेस्टमा कुल १० विकेट तथा ब्याटबाट ६७ रन बनाएका ब्रडले सन् २०१६ पछि करियरको उत्कृस्ट वरियतामा हाँसिल गरेका छन्। पहिलो टेस्टमा पनि ब्रडले ६ विकेट लिएका थिए।

आईसीसी टेस्ट बलिङ्ग वरियता 

टेस्ट बलर वरियतामा ब्रड तेश्रो स्थानमा पुगेका छन् जसको ८२३ रेटिंग अंक रहेको छ। ब्रड भन्दा अघि अस्ट्रेलियन तिब्र गति बलर प्याट कमिन्स पहिलो तथा न्युजिल्यान्ड तिब्र गति बलर निल वागनर दोश्रो स्थानमा रहेका छन्। ब्रड अघि बढ्दा भारतीय बलर जस्प्रित भुम्राह १ स्थान तल झरेका छन्।

न्युजिल्यान्डका टिम साउदी चौथो, वेस्टइन्डिजका जेसन होल्डर पाँचौ, अस्ट्रेलियाका मिचेल स्टार्क सातौँ, भारतका जस्प्रित बुम्राह आठौँ, न्युजिल्यान्डकै ट्रेन्ट बोल्ट नवौं तथा अस्ट्रेलियाका जोश हेजलवुड दशौँ स्थानमा रहेका छन्।

टेस्ट अलराउण्डर वरियता 

यस्तै ब्रडले वेस्टइन्डिज बिरुद्ध इंग्ल्यान्डको टेस्ट क्रिकेटकै तेश्रो छिटो अर्धशतक पुरा गरेपछि अल-राउण्ड वरियतामा पनि ११ औं स्थानमा पुगका छन्। उनले मात्र ४५ बलमा ६२ रनको आक्रामक इनिंग खेलेका थिए।

अलराउण्डरतर्फ वेस्टइन्डिज बिरुद्ध सिरिजको दोश्रो टेस्टका हिरो बेन स्टोक्स पहिलो स्थानमा रहेका छन्। वेस्टइन्डिज कप्तान जेसन होल्डर दोश्रो तथा भारतीय खेलाडी रभीन्द्र जडेजा तेश्रो स्थानमा रहेका छन्।

टेस्ट ब्याटिंग वरियता 

टेस्टको ब्याटिंग वरियतामा अस्ट्रेलियन ब्याट्सम्यान स्टिभ स्मिथ पहिलो स्थानमा रहेका छन्। उनको पछि भारतीय कप्तान बिराट कोहली छन्। स्मिथको ९११ रेटिंग अंक रहेको छ भने कोहलीको ८८६ रहेको छ। अस्ट्रेलियाकै मार्कस ल्याबुसेन तेश्रो र इंग्ल्यान्डका बेन स्टोक्स चौथो स्थानमा रहेका छन्।

एकदिवसीय ब्याटिंग वरियतामा बिराट कोहली पहिलो स्थानमा रहेका छन् भने बलिंगतर्फ न्युजिल्यान्डका ट्रेन्ट बोल्ट अघि छन्। अलराउण्डरतर्फ अफगानिस्तानका मोहम्मद नबि अग्रस्थानमा छन्।

यस्तै टि-२० वरियतामा ब्याटिंगतर्फ पाकिस्तानका बाबर आजम पहिलो स्थानमा छन्। बलिंगमा अफगानिस्तानका राशिद खान पहिलो तथा अल-राउण्डरतर्फ अफगानिस्तानकै मोहम्मद नबि पहिलो स्थानमा रहेका छन्।

नेपाली खेलाडीको वरियता 

एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा कुनै पनि नेपाली खेलाडीले ब्याटिंग र बलिंगको उत्कृस्ट १०० भित्र स्थान बनाउन सकेका छैनन्। टि-२० अन्तर्राष्ट्रिय वरियतातर्फ भने ब्याटिंगमा पारस खड्का ७५ औं स्थानमा रहेका छन्। ४०० रेटिंग अंक सहित पारस उत्कृस्ट १०० भित्र एकमात्र नेपाली क्रिकेटर हुन्। बलिंगतर्फ नेपाली स्पिनर सन्दिप लामिछाने ८४ औं स्थानमा रहेका छन् जसको रेटिंग अंक ३८९ रहेको छ।

Trending News :-

ग्राउन्डस्टाफहरुको पिडामा सन्दिपको मलम, १ लाख रुपैयाँ सहयोग

– “लकडाउनमा मानसिक रुपमा आफुलाई बलियो बनाएँ” सन्दिप लामिछाने ( अन्तर्वार्ता )

– वेस्टइन्डिज क्रिकेट आर्थिक समस्यामा रहेको बताउदै कप्तान होल्डरको इंग्ल्यान्डलाई यस्तो अनुरोध





थप समाचार

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]

नेपालले हङकङविरुद्ध खेल्दै

काठमाडौँ। थाइल्याण्डमा जारी आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपालले आज (मंगलबार) हङकङ चाइनाविरुद्ध खेल्दैछ। नेपाली समय अनुसार यी […]