भारतीय टेस्ट टिमको कप्तानी रहानेलाई

२०७८ कार्तिक २५, बिहीबार २०:२४

न्युजिल्यान्ड बिरुद्ध घरेलु मैदानमा खेलिने दुई टेस्ट सिरिजको लागि भारतीय टिमको टिमको कप्तानीको जिम्मेवारी अजिंके रहानेलाई दिईएको छ। टेस्ट सिरिजको लागि टिमको भने घोषणा भएको छैन।

नियमित कप्तान बिराट कोहलीले पहिलो टेस्टबाट आराम लिने भएपछि उनको स्थानमा रहाने कप्तान हुनेछन्।रहानेको नेतृत्वमा भारतले गत वर्ष अस्ट्रेलिया बिरुद्ध टेस्ट सिरिज जितेको थियो। कोहलीले दोश्रो टेस्ट भने खेल्न सक्ने सम्भावना छ। यस्तै रोहित शर्माले भने टेस्ट सिरिजनै नखेल्ने निर्णय लिंदै आराम गर्ने भएका छन्।

श्रोतका अनुसार टेस्ट टिममा जस्प्रित बुम्राह, मोहम्मद शामी, शार्दुल ठाकुर तथा रिशभ पन्तले आराम पाउने सम्भावना छ।

भारत र न्युजिल्यान्ड बीच नोभेम्बर १७, १९ र २१ तारिखमा तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज खेलिनेछ जसपछि नोभेम्बर २५ र डिसेम्बर ३ तारिखमा दुईवटा टेस्ट खेलिनेछ।

बिराट कोहलीले टि-२० अन्तर्राष्ट्रियको कप्तानी छाडेपछि उनको स्थानमा टि-२० टिमको कप्तानी रोहित शर्माले गर्नेछन्। न्युजिल्यान्डसंग सिरिज पछि भारतले दक्षिण अफ्रीका भ्रमण गर्ने तालिका छ।

न्युजिल्यान्ड बिरुद्ध टि-२० सिरिजको लागि भने भारतीय क्रिकेट बोर्डले टिम घोषणा गरिसकेको छ।

घोषित १६ सदस्यीय टिम ( टि-२० ) : रोहित शर्मा ( कप्तान ) , केएल राहुल, रुतुराज गायकवाड, श्रेयस ऐयर, सुर्यकुमार यादव, रिशभ पन्त ( विकेटकिपर ) , इशान किशन ( विकेटकिपर ) , भेंकटेस ऐयर, युजभेन्द्र चाहल, रभीचन्द्रन आश्विन, अक्षर पटेल, आभेस खान, भुवनेश्वर कुमार, दिपक चाहर, हर्षल पटेल र मोहम्मद सिराज

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy