एसियाकप क्रिकेटमा थाईल्याण्डसँग हार्यो श्रीलंका

  • विकेटनेपाल, जेठ २६ – शनिबार

मलेसियामा जारि महिला ट्वान्टी२० एसियाकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा थाइल्याण्डले श्रीलंकालाई ४ विकेटले पराजित गरेको छ। यसअघि बिहिबार भएको खेलमा भारत बंगलादेशसँग ७ विकेटले हारेको थियो जुन भारतको एसियाकप क्रिकेटमा पहिलो हार थियो।

श्रीलंकालाई पराजित गर्नेक्रममा थाइल्याण्डका लागि वंगपाका लिंग्प्रसतले पहिले बलिंग गर्दै ४ ओभरमा मात्र १२ रन खर्चेर ५ विकेट लिएकी थिईन। उनको ५ विकेट र कप्तान सोर्न्नारिन तिपोचले १९ रन खर्चेर २ विकेट लिँदा श्रीलंकाले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १०४ रनमात्र बनाउन सक्यो।

खेलमा ५ विकेट लिनुका साथै अविजित १३ रन बनाउन मात्र ९ बलमा १ चौका प्रहार गर्दै बिजयी रन समेत बनाएकी वंगपाका लिंग्प्रसत म्यान अफ द म्याच घोषित भईन।

श्रीलंकाका तर्फबाट यसोदा मेन्डिसले २२ रन (१५ बल) तथा अनुष्का संजीवनीले ३२ रन (४५ बल) बनाउँदै पहिलो विकेटको लागि ३१ रनको साझेदारी गरेका थिए। यस्तै ओसाधी रानासिंघेले अविजित २० रन (१८ बल) बनाएपनि अन्य खेलाडीहरु थाई बलिंगको अगाडी चल्न सकेनन्।

जवाफमा टस जितेर लक्ष्य पछ्याउने निर्णय गरेको थाईल्याण्डले निर्णयको फाइदा उठाउँदै ६ विकेट गुमाएर अन्तिम बलमा लक्ष्य पुरा गर्यो। उसका लागि नारुमोई चैवाईले ४३ रन (५६ बल) बनाउँदै पहिलो विकेटका लागि नट्टाकन चन्तम (१५ रन, १६ बल) सँग मिलेर ४३ रन तथा दोश्रो विकेटको लागि नत्ताया बुचथम (१९ रन) सँग मिलेर ३४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाईन।

जितको लागि अन्तिम २ ओभरमा १६ रन आबश्यक रहेको बेला १९ औं ओभरमा थाइल्याण्डले एकचौका सहित १० रन बटुल्दा १ विकेट समेत गुमायो। अन्तिम ओभरको पहिलो बलमा नत्ताया बुचथम आउट भएपनि त्यसपछिका ५ बलमा १ लेगबाई सहित ६ रन बटुल्दै रोमान्चक जित हात पार्यो।

एसिया कप क्वालिफायर अन्तर्गतको अन्तिम खेलमा नेपाल-थाईल्याण्डबिचको खेल बर्षाले रद्द भएपछी प्रतियोगितामा तेस्रो हुँदै बाहिरिएको थियो।

फाइनलमा भारत-बंगलादेश भिडन्त

प्रतियोगिताको यसअघिका ६ वटा संस्करण आफ्नो पक्षमा पारेको भारत यो पटक पनि उपाधी जित्ने दाउमा रहेको छ भने अर्कोतर्फ बंगलादेशले सातौँ संस्करण भारतको पोल्टाबाट खोस्न चाहन्छ। यसअघि समूह चरणमा भएका ५ खेलहरुमा १/१ खेलमा पराजित हुँदै समान ८ अंकका साथ दुबै टिमहरु शिर्ष २ स्थानमा रहेर फाइनलको यात्रा तय गरे।

प्रतियोगिताको रोमान्चक पक्ष के भने भारत समूहचरणमा भएको एकमात्र खेलमा पराजित हुँदा बंगलादेशको सिकार बनेको थियो। भारत यो नतिजालाई  उल्टाउन चाहन्छ भने बंगलादेश यहि नतिजालाई निरन्तरता दिन चाहन्छ। जुन ३ बाट सुरु भएको प्रतियोगिताको फाइनल खेल भोलि अर्थात १० जुनमा बिहान ११:४५ बजेबाट सुरु हुनेछ।

सम्बन्धित:-

एसियाकप क्रिकेटको ईतिहासमा भारतको पहिलो हार





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]