कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल : पहिलो दिन गुल्मी, सगरमाथा, फारवेस्ट र द हिमालयन विजयी

द हिमालयन क्लव अस्ट्रेलियाको आयोजनामा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल २०२२ को दोस्रो संस्करण अस्ट्रेलियाको मेलबर्नमा सुरु भएको छ।

पहिलो दिन सम्पन्न प्रतियोगिताको चारवटा खेलहरुमा गुल्मी टाइगर्स, एक्स्पर्ट सगरमाथा ब्लुज, फारवेस्ट हन्टर्स र द हिमालयन क्लब विजयी भएका छन्।

दिनको पहिलो खेलमा गुल्मी टाइगर्सले रोयल राइनोजलाई ४ विकेटले पराजित गर्यो। टीडब्ल्यू ब्लेक पार्कमा सम्पन्न खेलमा रोयल राइनोजले दिएको १०१ रनको लक्ष्य गुल्मी टाइगर्सले ६ विकेट क्षेतीमा भेटायो।

गुल्मीको ब्याटिंगमा पदम गौतमले २८ तथा आकाश क्षेत्रीले २० रन तथा बलिंगमा हेमु बुढाथोकीले ४ विकेट तथा आकाश क्षेत्रीले २ विकेट लिए। रोयल राइनोजको ब्याटिंगमा मोहन पुनले १७ तथा निपेश पराजुलीले १७ रन तथा बलिंगमा भिस्म भट्टराईले ३ तथा युत्सभ पोखरेलले २ विकेट लिए। प्लेयर अफ द म्याच अलराउण्ड प्रदर्शन गरेका आकाश क्षेत्री घोषित भए।

दिनको दोश्रो खेलमा एक्स्पर्ट सगरमाथा ब्लुजले एभरेस्ट लायन्स क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्यो। एभरेस्ट लायन्सले दिएको ११० रनको लक्ष्य एक्स्पर्ट सगरमाथा ब्लुजले ५ विकेट क्षेतीमा भेटायो।

एक्स्पर्ट सगरमाथा ब्लुजको जितमा ब्याटिंगतर्फ दिनेश सापकोटाले ३२ तथा आशिष जिसीले २० रन तथा बलिंगमा सजेन्द्र श्रेष्ठ र बिक्रम तिवारीले समान २ विकेट लिए। एभरेस्ट लायन्सको ब्याटिंगमा सुमित पराजुलीले ५१ रन तथा बलिंगमा सुरज दाहालले ४ विकेट लिएता पनि जितको लागि पर्याप्त रहेन। प्लेयर अफ द म्याच सुमित पराजुली घोषित भए।

दिनको तेश्रो खेलमा फारवेस्ट हन्टर्सले मभेन क्रिकेट क्लबलाई ९ रनले पराजित गर्यो जुन क्रममा फारवेस्टले दिएको ११९ रनको लक्ष्य पछ्याएको मभेनले निर्धारित १०० बलमा ९ विकेट क्षेतीमा ११० रन मात्र बनाउन सक्यो।

फारवेस्ट हन्टर्सको जितमा ब्याटिंगतर्फ मुसादिया अलिले २९ तथा पुकार घिमिरेले २७ रन योगदान दिए भने बलिंगमा उमर शहिद र संजय खत्रीले समान २ विकेट लिए। मभेन क्रिकेट क्लबको ब्याटिंगमा बिशेष डंगोल र सन्जोग दाहालले समान २४ रन तथा बलिंगमा सन्जोग दाहाल र निरन्जन कार्कीले समान ३ विकेट लिए। प्लेयर अफ द म्याच पुकार घिमिरे घोषित भए।

आजै सम्पन्न चौंथो खेलमा द हिमालयन क्लबले गोर्खाली क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्यो। गोर्खालीले दिएको १४६ रनको लक्ष्य हिमालयनले ४ विकेट क्षेतीमा भेटायो।

द हिमालयन क्लबको जितमा ब्याटिंगतर्फ साहिल शर्माले ६३ तथा रमनित सिंहल ४६ रन योगदान दिए भने बलिंगतर्फ सरोज क्षेत्री र केशव पन्तले समान २ विकेट लिए। गोर्खालीको ब्याटिंगतर्फ सुरेश क्षेत्रीले ५३, बिमल केसीले ४२ तथा बलिंगमा उस्मान गिलले २ तथा नितिन क्षेत्रीले १ विकेट लिएता पनि जित्न पर्याप्त रहेन। प्लेयर अफ द म्याच साहिल शर्मा घोषित भए।

अंकतालिका

कार्निभलको दोस्रो दिन अर्थात आइतबार, २० मार्चमा पनि चार खेल हुनेछन्। ओभल एकमा बिहान ९ बजेदेखि द हिमालयन क्लब र रोयल राइनोजबीच प्रतिस्पर्धा हुनेछ भने दिउँसो १२:३० बजेदेखि एक्स्पर्ट सगरमाथा ब्लुज र फारवेस्ट हनटर्सबीच प्रतिस्पर्धा हुनेछ। त्यसैगरी, ओभल तीनमा बिहान ९ बजेदेखि गोर्खाली क्रिकेट क्लब र गुल्मी टाइगर्स तथा दिउँसो १२:३० बजेदेखि माभेन र एभरेष्ट लायन्सबीच प्रतिस्पर्धा हुनेछ।

द हिमालयन क्लब, एक्सपर्ट सागरमाथा ब्लुज, रोयल राइनोस क्रिकेट क्लब, मेभन क्रिकेट क्लब, फार वेश्टर्न हन्टर्स, गोर्खाली क्रिकेट क्लब, एभरेस्ट लायोन्स, गल्मी टाइगर्स गरेर आठ टिमहरुको सहभागीता रहने यो बर्षको द हन्ड्रेड प्रतियोगिता चार दिन शनिबार १९ मार्च, आइतबार २० मार्च, शनिबार २६ मार्च र आइतबार २७ मार्च सम्म चल्ने छ।

प्रतियोगिताको विजेताले तिन हजार डलर र दोश्रो हुनेलाई एक हजार डलर नगद राशीको साथमा कप, पदक र प्रमाणपत्रको व्यबस्था गरिएको छ।

प्रतियोगितालाई क्रिकेट भिक्टोरिया, हार्मनी इन क्रिकेट एसोसिएसन र अन्य नेपाली सामुदायिक क्रिकेट क्लब तथा संघसंस्थाहरुको सहयोग रहेको छ । कार्निभलमा बालबालिकाहरुका लागि टुर्नामेन्टको अन्तिम दिनमा फाइनल खेलभन्दा अगाडी क्रिकेट क्लिनिक रहने आयोजक क्लबले जनाएको छ। र, सहभागी बालबालिकाहरुलाई मेडल समेत प्रदान गरिनेछ।





थप समाचार

बैंगलुरुको विजयी सुरुआत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुआत गरेको छ। शनिबार भएको उद्घाटन खेलमा कोलकोता नाइट […]

कोलकोताले दियो बैंगलुरुलाई १७५ रनको लक्ष्य

काठमाडौँँ । १८औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल) काे उद्घाटन खेलमा कोलकोता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई १७५ रनकाे लक्षय […]

पीएम कप ; कोशीविरुद्ध बागमती १३१ रनले विजयी

काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले फराकिलो जित हासिल गरेको छ। शनिबार […]

आईपीएल आजदेखि, उद्घाटन खेलमा कोलकोता र बैंगलुरु भिड्दै

काठमाडौँ । १८औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल) आजदेखि सुरु हुँदै छ। उद्घाटन खेल कोलकोतास्थित इडन गार्डेन क्रिकेट स्टेडियममा हुँदै […]

आर्मीको छैटौँ जित

काठमाडौं । विभागिय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा छैटौं जित दर्ता गरेको छ। देउखुरी […]

नेपालले दिल्लीसँग अभ्यास खेल खेल्ने

काठमाडौं। आइसिसी यु–१९ विश्वकप छनोटको तयारीमा रहेको नेपालले भारतको प्रान्तीय टिम दिल्लीसँग अभ्यास खेल खेल्ने भएको छ। यु–१९ विश्वकप एसिया […]