इंग्ल्याण्डले जित्यो पाँचौं टेस्ट, स्मिथ र स्टोक्स ‘प्लेयर अफ द सिरिज’

२०७६ भाद्र ३०, सोमबार २२:४६

इंग्ल्याण्ड र अष्ट्रेलियाबीचको बहुचर्चित एसेज सिरिज अन्तर्गतको पाचौं तथा अन्तिम टेस्ट इंग्ल्याण्डले जितेको छ। जितसँगै सिरिज २-२ को बराबरीमा सकिएको हो।

केनिंगटन ओभलमा सम्पन्न खेलमा घरेलु टिम इंग्ल्याण्डले अष्ट्रेलियालाई १३५ रनले पराजित गर्यो। अष्ट्रेलियाले पहिलो टेस्ट २५१ रनले र चौथो टेस्ट १८५ रनले तथा इंग्ल्याण्डले तेस्रो टेस्टमा १ विकेट र पाचौं टेस्टमा जित निकालेको थियो। दोश्रो टेस्ट बराबरीमा सकिएपछी अष्ट्रेलियाले इंग्ल्याण्डको भूमिमा १८ बर्षपछी पहिलोपल्ट एसेज सिरिज घर फर्काएको छ।

सिरिज बराबरीमा सकिए अघिल्लो संस्कोकरण एसेजको विजेताले एसेज ट्रफी घर फर्काउने नियम रहेको छ। सन् २०१८ मा अष्ट्रेलियामा सम्पन्न एसेज सिरिज घरेलु टिमले ४-० ले जितेको थियो।

रोमान्चक सिरिजमा अष्ट्रेलियाका स्टिव स्मिथ र इंग्ल्याण्डका बेन स्टोक्स संयुक्त रुपमा ‘प्लेयर अफ द सिरिज’ घोषित भए। स्मिथले ३ शतक र ३ अर्धशतक सहित ११०.५७ को औसतमा ४ खेलमा ७७४ रन बनाए। त्यस्तै स्टोक्सले सिरिजमा स्मिथपछी सर्वाधिक धेरै ४४१ रन बनाए। ५ खेलमा २ शतक बनाएका स्टोक्सले इंग्ल्याण्डलाई तेस्रो टेस्टमा अपत्यारिलो जित दिलाउन अविजित १३५ रनको पारि खेलेका थिए।

त्यस्तै अन्तिम टेस्टमा इंग्ल्याण्डलाई जित दिलाउन प्लेयर अफ द म्याच चुनिएका जोफ्रा आर्चरले दोश्रो पारीमा विकेटविहिन रहेपनि पहिलो पारीमा ६ विकेट लिएका थिए।

पाचौं टस हारेर पहिले ब्याटिंग गरेको इंग्ल्याण्डले पहिलो पारीमा २९४ रन बनाएको थियो। जवाफमा अष्ट्रेलियाले २२५ रनमात्र बनायो। ६९ रनको अग्रता सहित दोश्रो पारीमा ब्याटिंग गरेको इंग्ल्याण्डले ३२९ रन बनाउँदै ३९८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। अष्ट्रेलिया २६३ रनमा समेटिंदा पाचौं दिन बिहान इंग्ल्याण्डले जित निकाल्यो।

इंग्ल्याण्डको लागि पहिलो पारीमा बटलरले ७० र जोए रुटले ५७ रन बनाएका थिए भने दोश्रो पारीमा जोए डिन्लेले ९४ रन, बेन स्टोक्सले ६७ रन र बटलरले ४७ रन बनाएका थिए। बलिंगतर्फ पहिलो पारीमा जोफ्रा आर्चरको ६ विकेट सँगै साम करनले ३ विकेट लिएका थिए। दोश्रो पारीमा स्टुअर्ट ब्रोड र ज्याक लिचले समान ४/४ विकेट लिए।

अष्ट्रेलियाको लागि पहिलो पारीमा स्मिथले ८० रन र ,मार्नस ल्याबुसेनले ४८ रन तथा दोश्रो पारीमा म्याथ्यु वेडले ११७ रन बनाएका थिए। बलिंगमा पहिलो पारीमा मिचेल मार्सले ५ विकेट लिंदा दोश्रो पारीमा नथन लायनले ४ विकेट लिएका थिए।

अन्य फोटोहरु

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy