द हिमालयन क्लबले अस्ट्रेलियाको मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल आयोजना गर्दै

द हिमालयन क्लवले अस्ट्रेलियाको मेलबर्नमा आउँदो शनिबार १९ मार्च देखि आइतबार २७ मार्च सम्म दुई सप्ताहान्त कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल २०२२ को दोस्रो संस्करण आयोजना गर्ने भएको छ।

द हिमालयन क्लबको होम ग्राउन्ड टीडब्ल्यू ब्लेक पार्क, ६३ गोवर स्ट्रीट प्रेस्टन ३०७२ मा ८ टोलीको सहभागितामा सुरु हुने कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल २०२२ को दोस्रो संस्करण शनिबार बिहान ९ बजेबाट आधिकारिक शुभारम्भ हुने छ।

द हिमालयन क्लब, एक्सपर्ट सागरमाथा ब्लुज, रोयल राइनोस क्रिकेट क्लब, मेभन क्रिकेट क्लब, फार वेश्टर्न हन्टर्स, गोर्खाली क्रिकेट क्लब, एभरेस्ट लायोन्स, गल्मी टाइगर्स गरेर आठ टिमहरुको सहभागीता रहने यो बर्षको द हन्ड्रेड प्रतियोगिता चार दिन शनिबार १९ मार्च, आइतबार २० मार्च, शनिबार २६ मार्च र आइतबार २७ मार्च सम्म चल्ने छ।

द हिमालयन क्रिकेट क्लबले CALD समुदायका सदस्यहरूबीच कोभिड-१९ महामारीपछि अर्थपूर्ण सामाजिक सम्बन्धलाई सुनिश्चित गर्नका लागि यस्तो खालको सामाजिक प्रतियोगिता आयोजना गर्दै आएको छ।

यस प्रतियोगितालाई क्रिकेट भिक्टोरिया, हार्मनी इन क्रिकेट एसोसिएसन र अन्य नेपाली सामुदायिक क्रिकेट क्लब तथा संघसंस्थाहरुको सहयोग रहेको छ ।

आइतबार २७ मार्चमा हुने ग्रान्ड फिनाले अघि बच्चाको क्रिकेट क्लिनिक सञ्चालन गरेर यसलाई पारिवारिक कार्यक्रम बनाउने लक्ष्य राखेको आयोजक क्लवका अध्यक्ष केशव सापकोटाले जानकारी गराउनु भयो।साथै सम्पूर्ण क्रिकेट क्लबहरू लगाएत र नेपाली समुदायलाई यस कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन र युवाहरूलाई खेलकुदमा रुचि बढाउन प्रोत्साहन र सहयोग गर्न आमन्त्रण गर्नु भएको छ।

प्रतियोगिताको विजेताले तिन हजार डलर र दोश्रो हुनेलाई एक हजार डलर नगद राशीको साथमा कप, पदक र प्रमाणपत्रको व्यबस्था गरिएको छ। अघिल्लो पटक विजेताले दुई हजार डलर पाएकोमा यो वर्ष पुरस्कार राशी वृद्धि गरिएको हो।

त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट फिल्डर, सर्वोत्कृष्ट ब्याटर, प्लेयर अफ द म्याच फाइनल, प्रत्येक राउन्ड रोबिन र सेमिफाइनल खेलको प्लेयर अफ द म्याचको लागि ट्रफी र प्रमाणपत्र राखिएको छ।साथै सहभागी बालबालिकाका लागि समेत पदकको व्यबस्था गरिएको पूर्व सह संस्थापक एबम् जनसम्पर्क अधिकारी तारा गैरेले बताउनु भयो।

सन् २००९ मा क्रिकेट खेल्ने केही साथीहरूको समूह मिलेर खोलीएको हिमालयन क्लव सन् २०११ मा भिक्टोरियामा नेपाली समुदायमा दर्ता गर्ने पहिलो सामुदायिक खेलकुद क्लबको रूपमा परिचीत छ।यस क्लवका धेरै संस्थापक सदस्यहरू अझै पनि क्लवको बोर्डमा बसेर क्लबमा सेवा गर्दै आएका छन्।

यस क्लबले ग्रासरुट लेभलका खेलाडीहरूलाई साथ सहयोग र समर्थन गर्दै क्रिकेट खेल मार्फत फराकिलो समुदायसँग जोड्न अनबरत रुपमा खेलकुद लगाएत सबै उमेर समूह, लिङ्ग र जातिहरूलाई समावेश गर्दै विभिन्न सांस्कृतिक, मनोरञ्जनात्मक र खेलकुद गतिविधिहरू आयोजना गर्दै आइरहेको छ।

क्रिकेट भिक्टोरिया र हिमालयन क्लबको सहकार्यमा जुनियर क्रिकेट ब्लास्ट पनि आयोजना गर्दै आएको छ। भिक्टोरीयामा बसोबास गर्ने नेपाली समुदाएका बालबालीकाहरुलाई लक्ष्क्षित गरेर आयोजना गरिने आधारभुत तालीममा उल्लेख्य मात्रामा बालबालीकाको सहभागीता हुने गर्दछ।

क्लवले समुदायका सदस्यहरू बीच एकता ल्याउने र उनीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ सांस्कृतिक चेतना, आत्मविश्वासको विकासका साथै र समुदायसँग स्वस्थ सम्बन्ध बढाएर समुदाएलाई सकारत्मक छाप छोड्न निरन्तर अगाडी बढी रहेको छ।

प्रतियोगिताको सेमिफाइनल र ग्रान्ड फाइनलको प्रत्यक्ष प्रशारण ईनेपाल र विकेटनेपालले गर्नेछ।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]