द हिमालयनलाई कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभलको उपाधि

द हिमालयन क्रिकेट क्लबले कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल २०२२ द हन्ड्रेड क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

अस्ट्रेलियाको मेलबर्नमा सम्पन्न प्रतियोगिताको फाइनलमा द हिमालयनले एक्स्पर्ट सगरमाथा ब्लुजलाई १०७ रनको विशाल अन्तरले पराजित गर्यो। द हिमालयनले दिएको २०३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा ब्लुजले ९५ रन मात्र बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा सगरमाथा ब्लुजका सुमित चौधरीले ३९ तथा पारस लामिछानेले ३४ रन बनाएता पनि जित्न पर्याप्त रहेन। द हिमालयनका बलर उदय देवकोटा एक्लैले ३२ रन खर्चेर ४ विकेट हात पारे भने केशव पन्तले १४ रन खर्चेर ३ विकेट लिए।

टस जितेर पहिले ब्याटिंग गरेको द हिमालयन क्लबले निर्धारित १०० बलमा ५ विकेट क्षेतीमा २०२ रन बनायो। उसको लागि रमनित सिंहले सर्वाधिक ९५ रन तथा केशव पन्तले ६० रन बनाए। एक्स्पर्ट सगरमाथाका बलर हम्जा अलिले २ तथा हरभीन्दर सिंहले १ विकेट लिए।

फाइनल खेलको प्लेयर अफ द म्याच अलराउण्डर योगदान दिएका केशव पन्त घोषित भए।

 

उपाधि सहित द हिमालयन क्लबले तिन हजार डलर र ट्रफी हात पार्यो। यस्तै उपविजेता एक्स्पर्ट सगरमाथाले एक हजार डलर र कप हात पार्यो।

आजै सम्पन्न सेमीफाइनलमा सेमीफाइनलमा द हिमालयनले फारवेस्ट हन्टर्सलाई तथा एक्स्पर्ट सगरमाथाले गुल्मी टाइगर्सलाई पराजित गरेको थियो।

द हिमालयन क्लबले आयोजना गरेको कार्निभलमा ८ टोलिको सहभागिता थियो।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]