‘द हन्ड्रेड’ भिन्सको कप्तानी इनिंग्समा ब्रेभको पहिलो जित

रोमान्चक खेलमा मोईन अलि कप्तानीको बर्मिङगम फोनिक्सलाई ४ विकेटले पराजित गर्दै जेम्स भिन्स कप्तानीको साउदर्न ब्रेभले ‘द हन्ड्रेड’ लिगमा पहिलो जित दर्ता गरेको छ।

गय राति रोज बल स्टेडियम साउथह्याम्पटन सम्पन्न लिगको ११ औं खेलमा फोनिक्सले दिएको १५२ रनको लक्ष्य ब्रेभले २ बल बाँकी रहंदा ६ विकेट गुमाएर पुरा गर्यो।

ब्रेभको ब्याटिंगमा कप्तान जेम्स भिन्सले सर्वाधिक ६० रन बनाए जुन क्रममा ३८ बलमा ७ चौका र २ छक्का प्रहार गरे। डेभोन कनवेले ३४, क्रिस जोर्डनले अविजित १७ तथा एलेक्स डेभिसले १५ रन बनाए।

क्विन्टन डीकक ३ रन बनाएर आउट भएपछि भिन्सले दोश्रो विकेटको लागि कनवेसंग ५५ रनको साझेदारी गरेका थिए। ५८ औं बलमा भिन्स आउट भएपछि कनवेले डेभिससंग तेश्रो विकेटको लागि ३२ रनको साझेदारी गरे। ८१ औं बलमा कनवेलाई एडम मिल्नेले बोल्ड गरेपछि कोलिन डी ग्र्याण्डहोम र रोस व्हाइटले लामो समय क्रिजमा जम्न सकेनन्।

जितको लागि अन्तिम ५ बलमा ९ रन आवस्यक हुँदा क्रिस जोर्डनले टम हेल्मले गरेको अन्तिम ओभरको पहिलो बलमै चौका प्रहार गरे। त्यसपछि हेल्मले वाइड बल गरे भने लगत्तै क्रिस जोर्डनको क्याच छुट्न पुग्यो जसमा जोर्डनले २ रन लिए। लगत्तै बलमा वाइडमार्फत २ रन आएपछि ब्रेभले खेल जित्यो।

फोनिक्सको बलिंगमा एडम मिल्नेले सर्वाधिक ३ विकेट लिए भने टम हेल्म, मोईन अलि र इमरान ताहिरले समान १ विकेट लिए।


यस अघि टस हारेर ब्याटिंग गरेको बर्मिङगम फोनिक्सले १०० बलमा ३ विकेट क्षेतीमा १५१ रन बनाएको थियो। उसको लागि लियाम लिभिंगस्टोनले अविजित रहँदै सर्वाधिक ६८ रन बनाए जुन क्रममा ४४ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। यस्तै माइल्स ह्यामोन्डले २९ बलमा ५ चौका र १ छक्का मद्दतले अविजित ४४ रन बनाए।

४७ रनमा पहिलो ३ विकेट गुमेको अवस्थामा लिभिंगस्टोन र ह्यामोन्डले चौथो विकेटको लागि अविजित १०४ रनको साझेदारी गरेका थिए।

ब्रेभको बलिंगमा जेक लिन्टोटले २ तथा टाइमल मिल्सले १ विकेट लिए।

जितपछि साउदर्न ब्रेभ ३ खेलमा १ जित र २ हार सहित २ अंक बटुल्दै अंकतालिकाको छैठौं स्थानमा उक्लेको छ। बर्मिङगम फोनिक्स पनि समान नतिजा सहित नेट रन रेटमा अघि रहँदै पाँचौ स्थानमा रहेको छ।





थप समाचार

Team11 लिडरबोर्ड च्यालेन्ज सुरु, Lvneng LX02 स्कूटर जित्ने सुनौलो मौका

नेपाली क्रिकेटप्रेमीहरूका लागि अब ‘आईपीएल’ सिजन अझ रोमाञ्चक बन्ने भएको छ। Fantasy खेलमा भाग लिएर लाखौं रुपैयाँ मूल्यका पुरस्कार जित्न […]

एमएम कप : गोकुलको अलराउण्ड प्रदर्शनमा आसामद्वारा कोशी पराजित

बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलमा भारतको आसाम क्रिकेट क्लबले जित दर्ता गरेको छ। बैजनाथपुर […]

दिल्लीमाथि कोलकोताको जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई […]

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]