स्टरलिंग चम्किंदा ब्रेभलाई द हन्ड्रेडको उपाधि, कति पायो पुरस्कार रकम

२०७८ भाद्र ६, आईतवार ०८:३८

पल स्टरलिंगले आक्रामक ब्याटिंग गर्दा मोईन अलि कप्तानीको बर्मिङगम फोनिक्सलाई ३२ रनले पराजित गर्दै जेम्स भिन्स कप्तानीको साउदर्न ब्रेभले पहिलो संस्करणको द हन्ड्रेड लिगको उपाधि जितेको छ।

लर्ड्समा गय राति सम्पन्न फाइनलमा ब्रेभले दिएको १६९ रनको लक्ष्य पछ्याउने क्रममा फोनिक्सले १०० बल ब्याटिंग गरेता पनि ५ विकेट क्षेतीमा १३६ रन मात्र बनाउन सक्यो। लियाम लिभिंगस्टोन ले १९ बलमा ४ चौका र ४ छक्का मद्दतले ४६ रन, कप्तान मोईन अलिले ३६ रन, क्रिस बेन्जामिनले अविजित २३ तथा बेनी होवेलले अविजित २० रन बनाएता पनि जितको लागि पर्यत हुन सकेन। ब्रेभका बलर जर्ज गार्टन, क्रेग ओभरटन, टाइमल मिल्स र जेक लिन्टोटले समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको ब्रेभले १०० बलमा ५ विकेट क्षेतीमा १६८ रन बनाएको थियो। उसको लागि आइरिस ओपनर पल स्टरलिंगले सर्वाधिक ६१ रन बनाए जुन क्रममा २ चौका र ६ छक्का प्रहार गरे। यस्तै रोस व्हाइटलेले १९ बलमा ४ चौका र ४ छक्का मद्दातले ४४ रन तथा एलेक्स डेभिडले २७ रन योगदान दिए। फोनिक्को बलिंगमा एडम मिल्नेले २ तथा इमरान ताहिर, बेनी होवेल र लियाम लिभिंगस्टोनले समान १ विकेट लिए।


प्लेयर अफ द फाइनल पल स्टरलिंग चुनिए भने प्रतियोगिताकै उत्कृस्ट खेलाडी बर्मिङगम फोनिक्सका लियाम लिभिंगस्टोन चुनिए। लिभिंगस्टोनले लिगमा खेलेको ९ खेलमा ५८ को औशत र १७८.४६ को स्ट्राइक रेटले ३ अर्धशतक मद्दतले सर्वाधिक ३४८ रन बनाए।

उपाधिसंगै साउदर्न ब्रेभले १ लाख ५० हजार पाउण्ड ( २ करोड ४२ लाख नेपाली रुपैयाँ ) जित्यो भने उपविजेता बर्मिङगम फोनिक्सले ७५ हजार पाउण्ड ( १ करोड २१ लाख नेपाली रुपैयाँ ) जित्यो।

गय रातिनै सम्पन्न महिलातर्फको फाइनल ओभल इन्भिन्सीबलले जित्यो जुन क्रममा साउदर्न ब्रेभलाई ४८ रनले पराजित गर्यो। महिलातर्फको विजेताले पनि समान पुरस्कार रकम प्राप्त गर्यो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy