- विकेटनेपाल, माघ १५ – सोमबार
खुकुरी च्यालेंजर्स कप टी २० क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएका खेलहरुमा वाई वाई ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसिए) तथा ओएसीस क्रिकेट एकेडेमीले जित दर्ता गरेका छन् ।
पहिलो खेल: त्रिभुवन आर्मी क्लब Vs ग्रेट हिमालय क्रिकेट एकेडेमी
मुलपानी मैदानमा भएको पहिलो खेलमा ग्रेट हिमालय क्रिकेट एकेडेमीले त्रिभुवन आर्मी क्लबलाई ५ विकेटले पराजित गरेको थियो ।
त्रिभुवन आर्मीले दिएको ८३ रनको लक्ष्य जीएचसीएले १८.४ ओभरमा ५ विकेट गुमाउदै पुरा गरेको थियो । जिएचसिएको जितमा रास्ट्रीय टिमका सदस्य समेत रहेका प्रदिप ऐरीले २६ रन, आयुष्मन बमले २२ रन, कमल सिंह ऐरीले अविजित १३ रन तथा रुपेश श्रीवास्तवले अविजित १० रन प्रहार गरे ।
यस अघि त्रिभुवन आर्मीले ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो ।
त्रिभुवन आर्मीका रास्ट्रीय क्रिकेटर नरेश बुढाएरले ३५ रन, भुपेन्द्र थापाले १३ रन, चन्द्र साउदले अविजित १० रन बनाएपनि अन्यले दोहोरो अंक छुन सकेनन् ।
त्रिभुवन आर्मीलाई सस्तैमा रोक्न जीएचसिएका सागर ढकालले ४ विकेट लिन ४ ओभरमा १ मेडन राख्दै १० रन खर्चिदै म्यान अफ द म्याच घोषित भए भने कमल ऐरीले ३ तथा रुपेश श्रीवास्तवले २ विकेट हात पारे ।
यो ग्रेट हिमालय क्रिकेट एकेडेमीको लगातार तेस्रो जित हो, यसभन्दा अगाडी उसले आईओई थापाथलीलाई ८ विकेटले पराजित गरेको थियो भने ओएसीस क्रिकेट एकेडेमीलाई ५७ रनले पराजित गरेको थियो ।
दोश्रो खेल: ओएसीस क्रिकेट एकेडेमी Vs आईओई थापाथली
आजै मुलपानी मैदानमा भएको दोश्रो खेलमा ओएसीस क्रिकेट एकेडेमीले आईओई थापाथलीलाई १८ रनले पराजित गर्यो ।
टस हारेर ब्याटिंग गरेक ओएसीसले सुसन कार्कीको ३८ रनको मद्दतमा २० ओभरमा ८ विकेट गुमाउदै १३१ रनको योगफल तयार पार्यो । यस्तै रोशन पुलामी मगरले २४ रन बनाउदा अतिरिक्त १९ रन पायो ।

आइओई थापाथलीका सागर थापाले ३ तथा सुशील भट्टले २ विकेट हात पारे ।
जवाफमा उत्रेको आईओई थापाथालीले ११३ रन बनाउदा १८.२ ओभरमा सबै विकेट गुमायो । पहिलो विकेटका लागि ओपनरहरु आदित्य पौडेलले १८ तथा अच्युत थापा मगरले १४ रन बनाउदै ४० रनको साझेदारी गरेका थिए ।
तर म्यान अफ द म्याच समेत घोषित ओएसीसका नितेश थापाले ४ विकेट लिन १९ रन खर्चिदा अन्य ब्याट्सम्यानले रन जोड्न सकेनन् । सचिन शर्माले पनि २ विकेट हात पारे ।
अंक तालिका
Group A
TEAM | MATCH | WIN | LOSS | NO RESULT | POINTS |
Shantinagar Youth Club | 3 | 2 | 0 | 1 | 7 |
RCA Pyuthan Challengers | 3 | 1 | 1 | 1 | 4 |
KCTC | 2 | 1 | 0 | 1 | 4 |
Ultimate Indoor Cricket | 3 | 0 | 2 | 1 | 1 |
Malpokhari Cricket Club | 1 | 0 | 1 | 0 | 0 |
Group C
TEAM | MATCH | WIN | LOSS | NO RESULT | POINTS |
Wai Wai GHCA | 3 | 3 | 0 | 0 | 9 |
IOE Thapathali | 3 | 1 | 2 | 0 | 3 |
Nepal Cricket School | 2 | 1 | 1 | 0 | 3 |
Oasis Cricket Academy | 3 | 1 | 2 | 0 | 3 |
Tribhuwan Army Club | 1 | 0 | 1 | 0 | 0 |
नोट: समूह बि र डी का खेलहरु भएका छैनन् ।
भोलि हुने खेलहरु:
पहिलो खेल: मालपोखरी क्रिकेट क्लब Vs आरसीए प्युठान च्यालेंजर्स
दोश्रो खेल: केसिटीसी Vs शान्तिनगर युवा क्लब