रोमान्चक जित हात पार्दै टिकापुर शिर्षमा, धनगढीको लगातार दोश्रो जित

  • विकेटनेपाल, ४ जेठ 

सुर्खेतमा जारि कर्णाली प्रिमियर लिग अन्तर्गत शुक्रबार सम्पन्न ३ वटा खेलहरुमा रुपन्देही ११, धनगढी क्रिकेट एकेडेमी र टिकापुर क्रिकेट क्लबले जित हात पारेका छन्। दोश्रो दिनको खेलहरु पछि समुह ‘ए’ मा टिकापुर क्रिकेट क्लब २ खेलमा २ जितका साथ शिर्ष स्थानमा रहेको छ भने समुह ‘बि’ मा पनि २ खेलमा दुवै जितका साथ  धनगढी क्रिकेट एकेडेमी शिर्ष स्थानमा रहेको छ। अंकतालिका हेर्नुस 

पहिलो खेल :-

सुर्खेत रंगाशाला क्रिकेट मैदानमा सम्पन्न शुक्रबारको पहिलो खेलमा टस जितेर ब्याटिंग रोजेको भेरीगंगा क्रिकेट क्लबले १८.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर ६८ रन मात्रै बनाउन सक्यो। रुपन्देहीका बलर सन्दिप सुनार र बशिर अहमदले समान ३/३ विकेट तथा  बिक्रम भुसालले २ विकेट हात पारे। भेरीगंगाको लागि सौगात कार्कीले सर्वाधिक २० रन योगदान दिए। ( स्कोरकार्ड )

६९ रनको लक्ष्य रुपन्देहीले ५.२ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो। जितमा प्लेयर अफ द म्याच समेत चुनिएका सन्दिप सुनारले आक्रामक ब्याटिंग गर्दै ३१ रन बनाउन ११ बलमा ३ चौका र ३ छक्का प्रहार गरे भने सौरभ खनालले ७ बलमा २४ रन बनाउन ३ चौका र २ छक्का प्रहार गरे।

दोश्रो खेल :-

दोश्रो दिनको दोश्रो खेलमा धनगढी क्रिकेट एकेडेमीले रोयल राइजिङ्ग क्लबलाई ४९ रनले पराजित गर्दै प्रतियोगितामा दोश्रो जित दर्ता गरेको छ। खेलमा टस जितेर ब्याटिंग गरेको धनगढी क्रिकेट एकेडेमीले २० ओभरमा सम्पूर्ण विकेट गुमाएर १६१ रनको योगफल तयार गरेको थियो। ( स्कोरकार्ड )

धनगढीको लागि लोकेश बमले सर्वाधिक ३८ रन योगदान दिए जुनक्रममा २४ बलमा ४ चौका र १ छक्का प्रहार गरे। यस्तै कप्तान भुवन कार्कीले २६, सुनिल धमलाले २५ तथा बिपिन रावलले २३ रन योगदान दिए। बलिंगतर्फ रोयल राइजिंगका विजय बिस्टले सर्वाधिक ४ विकेट हात पारे भने चन्द्र बिसी र दिवान पुनले २/२ विकेट लिए।

१६२ रनको लक्ष्य पछ्याउने क्रममा रोयल राइजिङ्गले २० ओभरमा ६ विकेट  गुमाएर ११२ रन मात्रै बनाउन सक्यो। ओपनर प्रकाश जैसीले सर्वाधिक ६२ रनको योगदान दिए पनि टिमलाई  जितसम्म भने पुर्याउन सकेनन्। जैसीले ४४ बलमा ७ चौका र २ छक्का प्रहार गरे। धनगढी क्रिकेट एकेडेमी बलर पवन कार्की र महेश अधिकारीले समान २/२ विकेट तथा सुनिल धमला र भुवन कार्कीले १/१ विकेट हात पारे।

खेलको प्लेयर अफ द म्याच सुनिल धमला चुनिए।

तेश्रो खेल

आजै सम्पन्न रोमान्चक तेश्रो खेलमा टिकापुर क्रिकेट क्लबले महाकाली क्रिकेट क्लबलाई २ विकेटले पराजित गर्यो। अन्तिम ओभरको २ बलमा जितको लागि टिकापुरलाई ५ रन आवस्यक रहेको बेला ललित प्याकवालले छक्का प्रहार गर्दै जित दिलाएका थिए। स्कोरकार्ड

टस हारेर पहिले ब्याटिंग गरेको महाकाली क्रिकेट क्लबले निर्धारित २० ओभरमा पुरै विकेट गुमाएर १४८ रनको योगफल तयार गरेको थियो। महाकालीको लागि प्रकाश सिंहले सर्वाधिक ३७ रन, नरेश बोहराले ३३ रन तथा सुरेन्द्र चन्दले २९ रन योगदान दिए। बलिंगतर्फ टिकापुर क्लबका बबिन शर्मा र अर्जुन शाहीले समान २/२ विकेट हात पारे।

१४९ रनको लक्ष्य पछ्याउने क्रममा टिकापुरले १९.५ ओभरमा ८ विकेट गुमाएर लक्ष्य भेटायो। खेल जिताउने क्रममा रभी शाहले सर्वाधिक ५५ रनको योगदान दिए जुनक्रममा ३७ बलमा ११ चौका प्रहार गरे। यस्तै आयुब चन्दले २४ तथा अजय बिस्टले २० रन बनाए।

खेलको प्लेयर अफ द म्याच रभी शाह घोषित भए।





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]

क्रिकेटर महरालाई ५० हजारको खेलकुद साधना सम्मान

हालै मलेसियामा सम्पन्न १९ वर्षमुनिको विश्वकप महिला क्रिकेट प्रतियोगिता खेल्नु भएकी धनगढीकी स्नेहा महरा ५० हजार पुरस्कार राशिको चैतन्य खेलकुद […]

राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको लागि आवेदन खुला

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुलेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रिक्त रहेको प्रशिक्षक पदका […]

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडानका लागि बोलपत्र स्वीकृत

काठमाडौँको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ […]

कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण

सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी नदिको किनारमा कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण गरिएको छ । […]

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]