अक्सनमा आधारित टिपीएल आयोजना हुने

  • विकेटनेपाल, भदौ ७ – बिहिबार

तिलोत्तमा क्रिकेट बिकास समितिको आयोजनामा हुन लागेको तिलोत्तमा प्रिमियर लिगको दोश्रो संस्करणको लागि टिमहरुको नाम र मालिकहरु सार्वजनिक गरिएको छ। प्रतियोगितामा ८ टिमहरुको सहभागिता रहनेछ।

भदौ ३० गते आयोजना हुने खेलाडी लिलामी (अक्सन) कार्यक्रमका लागि २६० जना खेलाडीहरुले नाम दर्ता गराएको प्रतियोगिताका संयोजक दिपक भुर्तेलले जनाएका छन्। बुधबार तिलोत्तमामा आयोजना गरिएको पत्रकार सम्मेलनमा रास्ट्रीय, क्षेत्रीय, जिल्ला तथा बिद्यालयस्तरका खलाडीले नाम दर्ता गराएको बताएका हुन्। हरेक टिमले एक जना मार्की प्लयेर्स र अन्तर्राष्ट्रिय खेलाडी राख्न पाउनेछन्।

कार्तिक २६ गतेदेखि सुरु हुने लुम्बिनी अन्चलका छ जिल्लाका खेलाडीमात्र सहभागी हुन पाउने प्रतियोगिता अन्तर्गत पहिलो संस्करणका ४ र नयाँ ४ टिमहरुको सहभागिता रहनेछ।

पत्रकार सम्मेलनका तस्बिरहरु:तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लवको खेल मैदानमा हुने प्रतियोगिताको बिजेताले नगद ३ लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपबिजेताले १ लाख ५० हजार सहति ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

 

तस्बिरहरु: मोहन ज्ञवाली

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy