अक्सनमा आधारित टिपीएल आयोजना हुने

  • विकेटनेपाल, भदौ ७ – बिहिबार

तिलोत्तमा क्रिकेट बिकास समितिको आयोजनामा हुन लागेको तिलोत्तमा प्रिमियर लिगको दोश्रो संस्करणको लागि टिमहरुको नाम र मालिकहरु सार्वजनिक गरिएको छ। प्रतियोगितामा ८ टिमहरुको सहभागिता रहनेछ।

भदौ ३० गते आयोजना हुने खेलाडी लिलामी (अक्सन) कार्यक्रमका लागि २६० जना खेलाडीहरुले नाम दर्ता गराएको प्रतियोगिताका संयोजक दिपक भुर्तेलले जनाएका छन्। बुधबार तिलोत्तमामा आयोजना गरिएको पत्रकार सम्मेलनमा रास्ट्रीय, क्षेत्रीय, जिल्ला तथा बिद्यालयस्तरका खलाडीले नाम दर्ता गराएको बताएका हुन्। हरेक टिमले एक जना मार्की प्लयेर्स र अन्तर्राष्ट्रिय खेलाडी राख्न पाउनेछन्।

कार्तिक २६ गतेदेखि सुरु हुने लुम्बिनी अन्चलका छ जिल्लाका खेलाडीमात्र सहभागी हुन पाउने प्रतियोगिता अन्तर्गत पहिलो संस्करणका ४ र नयाँ ४ टिमहरुको सहभागिता रहनेछ।

पत्रकार सम्मेलनका तस्बिरहरु:तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लवको खेल मैदानमा हुने प्रतियोगिताको बिजेताले नगद ३ लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपबिजेताले १ लाख ५० हजार सहति ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

 

तस्बिरहरु: मोहन ज्ञवाली




थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]