यही असोज १९ गते देखि सुरु हुने तिलोत्तमा क्रिकेट लिगको अक्सन सम्पन्न भएको छ।
सोमबार सम्पन्न अक्सनमा प्रतियोगितामा सहभागी ६ वटा टोलिले ८४ खेलाडीहरुलाइ टिममा अनुबन्ध गरेको छ। प्रत्येक टिममा १४ खेलाडी छन्। प्रतियोगितामा पाँचवटा विद्यालय र एउटा क्रिकेट एकेडेमी गरी ६ वटा टीमको सहभागीता छ।
तिलात्तामा क्रिकेट विकास सम्मितिले आयोजना गर्ने प्रतियोगिता १९ असोज देखि एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा सुरु हुनेछ।
अक्सनमार्फत प्रत्येक टोलिका मार्की खेलाडी र कप्तानले १० हजार रुपैयाँ प्राप्त गरे भने अन्य खेलाडीहरुले ५ हजार रुपैयाँ पाए।
टोलीका कप्तान र मार्की खेलाडीहरू
१. द रिभाइभलियन्स
-
कप्तान: सिद्धार्थ ढकाल
-
मार्की खेलाडी: प्रिन्स पाल
२. खेलसिकी ओर्कास
-
कप्तान: अञ्जिला पाठक (६ टोलीमध्ये एक मात्र महिला कप्तान)
-
मार्की खेलाडी: सुशान्त सुवेदी
३. बुटवल डायनामाइट्स
-
कप्तान: सागर गैरे
-
मार्की खेलाडी: सुप्रीम कँडेल
४. नेपथ्य ईगल्स
-
कप्तान: लक्ष्मण कुम्हाल
-
मार्की खेलाडी: समीर अली
५. विश्व लायन टर्टल्स
-
कप्तान: आशुतोष पाण्डे
-
मार्की खेलाडी: शुभम खनाल
६. पिटुकेडी
-
कप्तान: सागर भण्डारी
-
मार्की खेलाडी: रुद्रांश भट्टराई
प्रतियोगितामा १९ वर्षमुनीका कक्षा १२ सम्म अध्ययनरत खेलाडीहरु माध्यमिकस्तरीय प्रतियोगितामा सहभागी हुन पाउने तिलोत्तमा क्रिकेट विकास समितिका उपाध्यक्ष कुष्ण भुसालले बताउनुभयो ।
