शनिबार देखि तिलोत्तमा प्रिमियर लिग, राष्ट्रिय खेलाडीहरु समेत सहभागी

Tilottama Premier League
  • विकेटनेपाल, कार्तिक ३० 

तिलोत्तमा क्रिकेट बिकास समिति रुपन्देहीको आयोजनामा शनिबार देखि तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु हुँदैछ। प्रतियोगिता मङ्सिर १ देखि ८ गतेसम्म चल्नेछ।

८ वटा फ़्रेञ्चाइज टोलिहरु सहभागी हुने प्रतियोगितामा स्थानीय र राष्ट्रिय स्तरका खेलाडीहरु सहभागी रहेका छन्। सागर पुन, दिपेन्द्र ऐरि, प्रदिप ऐरि, सुनिल धमला, रोहित पौडेल, भिम शार्की, शाहब आलम, सौरभ खनाल, कृष्ण कार्की जस्ता राष्ट्रिय खेलाडीहरु बिभिन्न टिमबाट प्रतियोगिता खेल्दैछन् ( टिम र खेलाडीहरुको सुची तल उल्लेख गरिएको छ)।

तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजीवन क्लवको खेल मैदानमा हुने प्रतियोगिताको बिजेताले नगद ३ लाखसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपबिजेताले १ लाख ५० हजारसहति ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

नुसी वारियर्स, बुटवल डाइनामाइट, मणिग्राम किंग्स, रोयल च्यालेंजर्स भैरहवा, ज्ञानोदय गोल्ड्स, लुम्बिनी कसाई ग्ल्याडीएटर्स, रोयल शंकरनगर र एसआर एनएससीए टाइगर्स लिगमा सहभागी हुने टोलिहरु हुन्।

सहभागी ८ टिमहरुलाई दुई समुहमा बिभाजन गिरएको छ जसअन्तर्गत समुह ‘ए’ मा रोयल शंकरनगर, रोयल च्यालेंजर्स भैरहवा, ज्ञानोदय गोल्ड्स र लुम्बिनी कसाई ग्ल्याडीएटर्स रहेका छन् भने समुह ‘बि’ मा नुसी वारियार्स, मणिग्राम किंग्स, एसआर एनएससीए टाइगर्स र बुटवल डाइनामाइट रहेका छन्।

दुवै समुहमा एकअर्का बिरुद्ध १/१ खेल खेलेपछि दुवै समुहबाट उत्कृस्ट हुने २/२ टिम सेमीफाइनल प्रवेश गर्नेछन्।

शनिबार हुने उद्घाटन खेलमा बिहान ९:१५ बजे रोयल शंकरनगर र रोयल च्यालेंजर्स भैरहवाले प्रतिस्पर्धा गर्दै छन् भने दोश्रो खेलमा दिउसो १:१५ बजे नुसी वारियर्स र मणिग्राम किंग्सले प्रतिस्पर्धा गर्नेछन्।

सहभागी टिम र खेलाडीहरु 

मणिग्राम किंग्स ( मणिग्राम ) – कृष्ण कार्की ( मार्की खेलाडी ) , अमर सिंह  राउटेला , लाल बहादुर अधिकारि , कृष्ण पराजुली, विशाल भन्डारी, मोहम्मद हुसेन, सन्दिप रसाइली, इमराम खान, राहुल लोहर, सुबास बिक, ईश्वर गुरुङ, बिधान सुनार, शुशिल खरेल, कृष्ण भुसाल र भुवन गैरे

लुम्बिनी कसाई ग्ल्याडीएटर्स –  महेश पति मिश्र ( मार्की खेलाडी ), भिम सार्की , कुशल मल्ल , मान बहादुर थापा, रुपेश कुर्मी, दुर्गेश कुर्मी, राजु सहानी, सागर ढकाल, सुमन पान्डे, पुरन बिक, प्रदिप जैसवाल, नागेश्वर मिर्श, सुनिल धवाल, अमर मिर्श र दिवस सेन्चुरी

रोयल शंकरनगर – सन्दिप सुनार ( मार्की खेलाडी ) , रोहित पौडेल ,शुसान भारी , फैजल खान, विशाल भुसाल, बिष्णु कट्टरिया, विशाल खत्री, सुमित कुमार सार्की, नरेश ठकुरी, नितेश थापा, रबिन क्षेत्री, राहुल चौहान, रुपेश बास्तोला, सुधन श्रेष्ठ, आशिष् गुरुङ

Dipendra Airee
दिपेन्द्र ऐरि नुसी वारियार्सबाट खेल्नेछन् 

रोयल च्यालेंजर्स भैरहवा – इख्लाख अहमद ( मार्की खेलाडी ) सोनु तामांग, प्रकाश केसी , रमेस कुर्मी, धिरज साही, गणेश गौडेल, सन्दिप केसि, सिजन मकाजु , रोसन लाल गुप्ता, आसुतोश पासवान, मोईनुद्दीन कजु, बिबेक न्यौपाने, अहमद हुसेन, सुसान्त थापा, रोशन चौधरी

बुटवल डाइनामाइट – सौरभ खनाल ( मार्की खेलाडी )प्रदिप ऐरि , साहब आलम, अभिसेख गौतम, राहुल शर्मा, म्रिनल गुरुङ, प्रज्वल थापा , जगत क्षेत्री, देब खनाल, हरजित सिङ, अर्बिन सारु, तौसिब आलम, कमल जैसी, बिकास श्रेष्ठ , केसब पौडेल

एसआर एनएससीए टाइगर्स – शंकर राना ( मार्की खेलाडी ) सागर पुन, निस्चल चौधरी, अनिल खरेल, बिक्रम भुसाल, मनिस थापा, तुल बहादुर थापा, सुरज दराइ, दुर्गेश गुप्ता, महेन्द्र सुवेदी, बिबेक शर्मा, आयुस पुर्जा, प्रकाश गिरि, अर्जुन गिरि, दामोदर बस्याल

ज्ञानोदय गोल्ड्स  सन्तोस क्षेत्री ( मार्की खेलाडी ) सुनिल धमला, रोसन क्षेत्री, निर्मल थापा, राहुक बिक, आनन्द कुमार गौड, रमेस ढकाल, देबेन्द्र सोमरे, विशाल सुनार, युवराज सेन, जितेन्द्र सहानी, मनिस पौडेल, केदार बस्नेत, प्रथम पराजुली, गोबिन्द खत्री

नुसी वारियार्स – कुसल भुर्तेल ( मार्की खेलाडी )दिपेन्द्र ऐरि, अजय कौसिला, सौरभ भुर्तेल , अर्जुन रायमाझि , सुनिल पौडेल , सरोज पौडेल, यम क्षेत्री, कृष्ण सेन , बिरेन्द्र ज्ञवालि, महेश राना, अंकित कंडेल , निस्चल पोखरेल, सागर सर्मा , अक्तर हुसेन

(समाचार तारा पाठकको सहयोगमा तयार पारिएको हो )





थप समाचार

प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ […]

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]