डेभिडको विस्फोटक ब्याटिंग, मलेसिया बिरुद्ध सिंगापुरको कीर्तिमानी जित ( अंकतालिका सहित )

थाईल्याण्डमा जारि एसीसी पुरुष टि-२० ( इस्टर्न ) प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न पहिलो खेलमा सिंगापुरले मलेसियालाई १ सय २८ रनको विशाल अन्तरले पराजित गरेको छ।

टि-२० अन्तर्राष्ट्रियमा सिंगापुरको यो सबैभन्दा ठुलो जित हो। यस अघि नेपाल बिरुद्ध टि-२० विश्वकप छनौट ( एसिया ) मा ले नेपाल बिरुद्ध ८२ रनको जित सिंगापुरको ठुलो रन अन्तरको जित थियो। समग्र टि-२० अन्तर्राष्ट्रियमा यो हालसम्मको यो १२ औं ठुलो रन अन्तरको जित हो। 

लगातार दोश्रो जित हात पार्ने क्रममा सिंगापुरले पहिलो खेलमा थाईल्याण्डलाई ४३ रनले पराजित गरेको थियो।

जितपछि सिंगापुर ४ अंकका साथ अंकतालिकाको शिर्ष स्थानमा पुगेको छ। मलेसिया भने ३ खेलमा २ जित र १ हार पछि सिंगापुरसंग नेट रन रेटमा पछि पर्दै ४ अंक सहित दोश्रो स्थानमा रहेको छ। २ अंक सहित हंगकंग तेश्रो स्थानमा छ भने खेलेको दुवै खेलमा हार पछि नेपाल र थाइल्याण्ड अंकविहिन रहँदै चौथो र पाँचौ स्थानमा रहेको छ।

अंकतालिका 

टेर्ड थाई मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिंग गरेको सिंगापुरले दिएको २ सय ४० रनको विशाल लक्ष्य पछ्याउने क्रममा मलेसियाले १५.१ ओभरमा सबै विकेट गुमाएर १ सय ११ रन मात्र बनाउन सक्यो।

मलेसियालाई सानो योगफलमा समेट्न सिंगापुर बलर अनन्था कृष्णले ४ तथा अमजद महबुबले २ विकेट लिए। मलेसियाको लागि कप्तान एहमद फैजले सर्वाधिक २५ तथा सयद अजिज र अमिनुदीन रामलेले समान २३ रन बनाए।

यस अघि सिंगापुरले २० ओभरमा ३ विकेट गुमाएर २ सय ३९ रन बनाएको थियो।

पहिलो विकेटको लागि सिंगापुर ओपनर सिद्धान्त र सुरेन्द्रन चन्द्रमोहनले १०.५ ओभरमा ९६ रनको साझेदारी गरेका थिए। चन्द्रमोहन ४७ रन बनाएर आउट भएपछि ब्याटिंग गर्न आएका टिम डेभिडले सिद्धान्तसंग दोश्रो विकेटको लागि ९९ रनको साझेदारी गरे।

सिद्धान्तले ५० बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै ७७ रन बनाए। विस्फोटक ब्याटिंग गरेका डेभिडले मात्र ३२ बलमा ९ चौका र ७ छक्का प्रहार गर्दै अविजित ९२ रन बनाए। यस क्रममा मात्र १७ बलमा उनले अर्धशतक पुरा गरेका थिए। टि-२० अन्तर्राष्ट्रियमा यो छैठौं छिटो शतक हो भने सिंगापुर ब्याट्सम्यानको सबैभन्दा छिटो अर्धशतक।

लगातार दोश्रो जित पछि अब हंगकंग र नेपालसंग खेल बाँकी रहेको अवस्थामा पनि बलियो नेट रन रेटको कारण सिंगापुरको उत्कृस्ट २ हुँदै एसिया कप छनौट प्रतियोगिता खेल्ने सम्भावना बलियो बनेको छ।

नेपालले आगामी खेल बुधबार आयोजक थाईल्याण्डसंग खेल्नेछ। अब नेपाल उत्कृस्ट २ भित्र पर्नको लागि बाँकी २ खेल जित्नेपर्नेछ भने अन्य टिमको नतिजामा पनि भर पर्नुपर्नेछ। सिंगापुरको आजको जितपछि नेपालको सम्भावना असम्भव जसो बनेको छ।

मंगलबारनै जारि दोश्रो खेलमा हंगकंग र थाईल्याण्ड प्रतिस्पर्धा गरिरहेका छन्। यदी हंगकंगले जित हात पारे उसको पनि ४ अंक हुनेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy