टिप टप इन्डो नेपाल टी-२० :  वंशको शतकमा ग्रेट हिमालयनको विजयी सुरुआत

२०८१ माघ १३, आईतवार १७:३०

काठमाडौं । ग्रेड हिमालय क्रिकेट एकेडेमीले टिप टप इन्डो नेपाल टी-२० क्रिकेटमा विजयी सुरुवात गरेको छ।

डिएभि सुशील केडिया विश्व भारतीय स्कुलको आयोजनामा आइतबारबाट सरु भएको उद्घाटन खेलमा हिमालयनले विजयी सुरुआत गरेको हो।

मुलपानी क्रिकेट मैदानमा ( तल्लो ) हिमालयनले दिएको १८३ रनको लक्ष्य पछ्याएको एक्सिलेन्ट क्रिकट सेन्टरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४० रन मात्रै बनाउन सक्यो।

उसका लागि देबास लामिछानेले २५ बलमा २७ रन बनाउँदा रौनक शाहीले १९ बलमा २४ रन बनाए। यता, हिमालयनका लागि सुप्रीम सुनुवारले तीन विकेट लिँदा उद्वव श्रेष्ठले एक विकेट हात पारे।

त्यसअघि पहिले ब्याटिङ गरेको हिमालयनका लागि भ्यान्स क्षेत्रीले शतकिय पारी खेलेका थिए। उनी ७० बलमा १०९ रनमा अविजित रहे। यस्तै अभि थपलियाले ३९ बलमा ४३ रनको योग्दान दिए। यता, एक्सिलन्टका लागि रविन बस्नेतले एक विकेट हात पारे।

माघ १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल ६ टोलीको सहभागिता छ।

यस्तै प्रतियोगिताको मुख्य प्रायोजक टिप टिप छ।

प्रतियोगितामा १६ बर्ष मुनिका र कक्षा १० सम्म अध्यनरत विद्यार्थीले सहभागिता जनाउन पाउनेछन्।

लिग कम नकआउटका आधारमा खेलाइने प्रतियोगिताका सबै खेल तल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ।

प्रतियोगितामा बोलपुर युथ टाउन, वेस्ट बंगाल, ग्रेट हिमालयन क्रिकेट एकेडेमी, डिएभी क्रिकेट एकेडेमी, नेक्सस क्रिकेट एकेडेमी र एन्जल्स स्पोर्ट्स एकेडेमीको सहभागिता रहनेछ।

प्रतियोगिताको उद्घाटन सुशील केडिया विश्व भारतीय स्कुलका अध्यक्ष अनिल केडियाको प्रमुख आतिथ्यमा भएको थियो। समारोहमा बोल्दै केडियाले प्रतियोगिताले अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका निभाउने विश्वास व्यक्त गर्नु भयो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy