टिप टप इन्डो नेपाल टी-२० :  वंशको शतकमा ग्रेट हिमालयनको विजयी सुरुआत

काठमाडौं । ग्रेड हिमालय क्रिकेट एकेडेमीले टिप टप इन्डो नेपाल टी-२० क्रिकेटमा विजयी सुरुवात गरेको छ।

डिएभि सुशील केडिया विश्व भारतीय स्कुलको आयोजनामा आइतबारबाट सरु भएको उद्घाटन खेलमा हिमालयनले विजयी सुरुआत गरेको हो।

मुलपानी क्रिकेट मैदानमा ( तल्लो ) हिमालयनले दिएको १८३ रनको लक्ष्य पछ्याएको एक्सिलेन्ट क्रिकट सेन्टरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४० रन मात्रै बनाउन सक्यो।

उसका लागि देबास लामिछानेले २५ बलमा २७ रन बनाउँदा रौनक शाहीले १९ बलमा २४ रन बनाए। यता, हिमालयनका लागि सुप्रीम सुनुवारले तीन विकेट लिँदा उद्वव श्रेष्ठले एक विकेट हात पारे।

त्यसअघि पहिले ब्याटिङ गरेको हिमालयनका लागि भ्यान्स क्षेत्रीले शतकिय पारी खेलेका थिए। उनी ७० बलमा १०९ रनमा अविजित रहे। यस्तै अभि थपलियाले ३९ बलमा ४३ रनको योग्दान दिए। यता, एक्सिलन्टका लागि रविन बस्नेतले एक विकेट हात पारे।

माघ १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल ६ टोलीको सहभागिता छ।

यस्तै प्रतियोगिताको मुख्य प्रायोजक टिप टिप छ।

प्रतियोगितामा १६ बर्ष मुनिका र कक्षा १० सम्म अध्यनरत विद्यार्थीले सहभागिता जनाउन पाउनेछन्।

लिग कम नकआउटका आधारमा खेलाइने प्रतियोगिताका सबै खेल तल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ।

प्रतियोगितामा बोलपुर युथ टाउन, वेस्ट बंगाल, ग्रेट हिमालयन क्रिकेट एकेडेमी, डिएभी क्रिकेट एकेडेमी, नेक्सस क्रिकेट एकेडेमी र एन्जल्स स्पोर्ट्स एकेडेमीको सहभागिता रहनेछ।

प्रतियोगिताको उद्घाटन सुशील केडिया विश्व भारतीय स्कुलका अध्यक्ष अनिल केडियाको प्रमुख आतिथ्यमा भएको थियो। समारोहमा बोल्दै केडियाले प्रतियोगिताले अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका निभाउने विश्वास व्यक्त गर्नु भयो।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]