रोमान्चक खेलमा तिलाठी कोइलाडीलाई पराजित गर्दै डाक्नेश्वरी एसपीएलको फाइनलमा

अत्यन्त रोमान्चक खेलमा तिलाठी कोइलाडी ड्रागनलाई २ रनले पराजित गर्दै डाक्नेश्वरी ड्रागन मेयर कप सप्तरी प्रिमियर लिग दोश्रो संस्करणको फाइनल प्रवेश गरको छ।

लिग चरणको अन्तिम खेलमा तिलाठी र डाक्नेश्वरी मध्ये विजेता टिमले फाइनल प्रवेश गर्ने समीकरण बनेको थियो। मेहबुब आलम कप्तानीको रुपनी राइडर्स यसअघिनै फाइनल प्रवेश गरिसकेको थियो।

पहिले ब्याटिंग गर्दै डाक्नेश्वरीले १९.५ ओभरमा सबै विकेट गुमाएर १०१ रन बनाउन सक्यो। १०२ रनको लक्ष्य पछ्याउने क्रममा तिलाठीले २० ओभर ब्याटिंग गरे पनि सबै विकेट गुमाएर ९९ रन मात्रै बनाउन सक्यो।

अन्तिम २ ओभरमा तिलाठीलाई जितको लागि १२ बलमा ९ रन आवस्यक थियो भने १ विकेट बाँकी थियो। १९ औं ओभरमा राहुल मण्डलले मात्र ३ रन खर्चिंदा अन्तिम ओभरमा मात्र ७ रन बाँकी रह्यो। अन्तिम ओभरमा बलिंग गरेका चित्र बहादुर बिस्टले लगातार ३ बल डट गरे भने चौथो बलमा २ रन दिंदा पाँचौ बल डट गरे। त्यसपछिको बल वाइड गरेपछि अन्तिम बलमा ३ रन आवस्यक हुँदा कमल ओली ठुलो सट खेल्ने चक्करमा क्याच आउट हुन पुगेका थिए।

Robin Singh

लिग चरणको खेल सकिंदा अंकतालिकामा रुपनी राइडर्स ४ खेलमा ३ जित र १ नतिजाविहिन अंकसहित ७ अंक बटुल्दै शिर्षस्थानमा रह्यो। यस्तै ४ खेलमा ३ जित र १ हार बेहोरेको डाक्नेश्वरी ६ अंक बटुल्दै दोश्रो स्थानमा रह्यो। तिलाठी कोइलाडी र बोदे बर्साइनको ३/३ अंक रह्यो भने डिफेन्डिंग च्याम्पियन बजाज खडक वारियर्स जित विहिन रहँदै अंकतालिकाको पुछारमा रह्यो।

प्रतियोगिताको फाइनल खेलमा सोमबार दिउसो १२ बजे मेहबुब आलम कप्तानको रुपनी राइडर्स र पुष्प थापा कप्तानीको डाक्नेश्वरी ड्रागन बीच खेलिनेछ। लिगको विजेताले २ लाख तथा उप-विजेता टिमले १ लाख रुपैयाँ प्राप्त गर्नेछ।

डाक्नेश्वरीले दिएको १०२ रनको लक्ष्य पछ्याउने क्रममा तिलाठी कोइलाडीको लागि रोहन बिकले सर्वाधिक २५ रन, सुरज पटेलले १८, कमल ओली र प्रशान्त राइले १४ रन तथा विकास दासले १३ बनाए भने राष्ट्रिय खेलाडी समेत रहेका सुनिल धमलाले २ रन मात्रै बनाउन सके।

सुनिल धमलाको विकेट लिएपछि रोबिन सिंह धमलासंग

डाक्नेश्वरीका बलरहरुले अनुशाशित बलिंग प्रदर्शन गरे जसको लागि रोबिन सिंहले सर्वाधिक ४ विकेट लिए। उनले ४ ओभरमा १९ रन मात्र खर्चिए। यस्तै राहुल मण्डलले २ विकेट तथा चित्र बहादुर बिस्ट र दिपेश कंडेलले १/१ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गर्ने क्रममा डाक्नेश्वरीको लागि राहुल मण्डलले सर्वाधिक २५, चित्र बहादुर बिस्टले २०, रोबिन सिंहले १३ तथा प्रेम तामांगले १० रन बनाएका थिए। तिलाठीको लागि बलिंगमा कमल ओलीले ४ विकेट लिएका थिए जुन क्रममा ४ ओभरमा ९ रन मात्र खर्चिए। विकास दास र सुनिल धमलाले २/२ तथा रोहित सिंह र अनिल यादबले १/१ विकेट लिए।

Player of the match Robin Singh





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]