CPL : ट्रिनबागोको लगातार आठौँ जितमा सिमोन्स उत्कृस्ट

लगातार आठौँ जित दर्ता गर्दै ट्रिनबागो नाइट राइडर्स सिपिएल टि-२० को सेमीफाइनल स्थान सुरक्षित गरेको छ। बुधबार राति सम्पन्न खेलमा काइरन पोलार्ड कप्तानीको नाइट राइडर्सले सेन्ट किट्स एन्ड नेभिस पेट्रिएट्सलाई ५९ रनले पराजित गर्यो। सेन्ट किट्सको यो लगातार चौथो हार हो।

सेन्ट किट्सको कमजोर ब्याटिंग  

ब्रायन लारा स्टेडियममा सम्पन्न खेलमा टस हारेर ब्याटिंग गर्दै ट्रिनबागोले दिएको १७५ रनको लक्ष्य पछ्याउने क्रममा सेन्ट किट्सले २० ओभर ब्याटिंग गरेता पनि ७ विकेट गुमाएर ११५ रन मात्र बनाउन सक्यो।

सेन्ट किट्सलाई सानो योगफलमा सिमित गर्न ट्रिनबागोका अफस्पिनर सिकन्दर राजाले १५ रन खर्चेर ३ विकेट लिए। यस्तै अकेल होसेन ( १/१५ ) , खरी पिएरे ( १/२८ ) , प्रभिन ताम्बेले ( ४-१-१२-१ ) र ड्वेन ब्राभोले(१/१७) समान १ विकेट लिए।

सेन्ट किट्सको लागि ओपनर क्रिस लिनले ३४ तथा जोशुवा दा सिल्भाले २९ तथा रायद इम्रिटले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। दोश्रो विकेटको लागि लिन र दा सिल्भाले गरेको ५७ रनको साझेदारी पछि उसले लगातार विकेट गुमाएको थियो।

सिकन्दर राजाले ३ विकेट लिए

सिमोन्सको उत्कृस्ट इनिंग 

टस हारेर ब्याटिंग गर्ने क्रममा ट्रिनबागोले २० ओभरमा ४ विकेट गुमाएर १७४ रन बनाएको थियो।

ट्रिनबागो लागि ओपनर लेन्डल सिमोन्सले शानदार ब्याटिंग गर्ने क्रममा ९६ रन बनाए। इनिंगको अन्तिम ओभरमा आउट हुनु अघि उनले ६३ बलमा ७ चौका र ६ छक्का प्रहार गरे। डेरेन ब्राभोले ३६ रन बनाए।ब्राभो र सिमोन्सले दोश्रो विकेटको लागि १४४ रनको ठूलो साझेदारी गरेका थिए।

सेन्ट किट्सका बलर डोमिनिक ड्रेक्सले २ तथा शेल्डन कटरेलले १ विकेट लिए।

अंकतालिका 

लगातार ८ जित सहित ट्रिनबागो १६ अंकका साथ अंकतालिकाको शिर्ष स्थानमा छ भने सेन्ट किट्सको ८ खेलमा १ जित र ७ हार पछि २ अंक सहित पुछारमा कायम छ। अंकतालिकामा शिर्ष ४ स्थानमा हुने टिमले सेमीफाइनलमा स्थान बनाउनेछ।

यो पनि पढ्नुस :-

लंका प्रिमियर लिगको मिति घोषणा

“कोहि पनि ठोस कारण बिना २० करोड छोडेर हिड्दैन” – सुरेश रैना

बिग ब्यास टिममा लिन स्टुवार्ट म्याकगिलको सिफारिसले सुनम उत्साहित

IPL : सबैभन्दा सफल बलर मलिंगाले आईपीएल नखेल्ने, अस्ट्रेलियन बलरले प्रतिस्थापन गर्ने

जन्मदिन विशेष : प्रदिप ऐरीको सम्झनलायक १० प्रदर्शन

रुटलाई टि-२० मा बाहिर राख्दै अस्ट्रेलिया बिरुद्ध इंग्ल्यान्ड टिमको घोषणा

‘सर’ डन ब्राडम्यानले बनाएका ११ रेकर्ड जुन अझै टुट्न मुस्किल छ





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी सेमीफाइनलमा

घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समुह ‘सी’ बाट सेमीफाइनल पुगेको छ। यस अघि […]

राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलिको विदाई, नेपाली राइनोजको सहयोग

डिसेम्बर १० देखि १६ सम्म भारतको मुम्वाईमा संचालनमा हुने ‘इन्डो-नेपाल’ दुई देशिय नेत्रहिन महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली नेत्रहीन […]

एलपीएल : युथ अफ टिकापुर सेमीफाइनलमा, रुपेशको आक्रामक अर्धशतकमा गरुडा विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]