रेकर्ड योगफल बनाउदा ट्रिनबागो विजयी, एकै खेलमा बन्यो ४९३ रन

करेबियन प्रिमियर लिग टि-२० अन्तर्गत  शनिवार बिहान सम्पन्न खेलमा ट्रिनबागो नाइट राइडर्सले जमैका तल्लावाहलाई ४१ रनले पराजित गरेको छ।

लगातार चौथो जित दर्ता गर्दै ८ अंक सहित ट्रिनबागो अंकतालिकाको शिर्ष स्थानमा उक्लेको छ। जमैकाको भने यो चौथो हार हो। अंक विहिन रहँदै जमैका पुछारमा रहेको छ।

खेलमा टस हारेर पहिले ब्याटिंग गर्दै ट्रिनबागो नाइट राइडर्सले दिएको २६८ रनको लक्ष्य पछ्याउने क्रममा जमैकाले पुरै ओभर ब्याटिंग गरेता पनि ५ विकेट गुमाएर २२६ रन बनाउन सक्यो।

क्रिस गेल

लक्ष्य पछ्याउने क्रममा ग्लेन फिलिप्स र क्रिस गेलले आक्रामक सुरुवात दिलाएका थिए। ७.२ ओभरमा ८८ रनको साझेदारी गरेपछि गेल २४ बलमा ३९ रन ( ५ चौका र २ छक्का ) बनाएर आउट भए। त्यसपछि भने मध्यक्रमका ब्याट्सम्यानहरुले ठुलो साझेदारी बनाउन नसक्दा जमैका लक्ष्य सम्म पुग्न असफल रह्यो। फिलिप्सले सर्वाधिक ३२ बलमा ६२ रन बनाए जुन क्रममा ७ चौका र ४ छक्का प्रहार गरे। जाभेल ग्लेनले अविजित ३४ तथा रमाल लुइसले अविजित ३७ रन बनाए।

ट्रिनबागोको रेकर्ड योगफल 

यस अघि टस हारेर ब्याटिंग गर्ने क्रममा ट्रिनबागो नाइट राइडर्सले २० ओभरमा ७ विकेट गुमाएर २६७ रन बनाएको थियो।

टि-२० फ़्रेन्चाइज् क्रिकेटमा यो नै सर्वाधिक योगफल हो। यस अघि सन् २०१३ मा रोयल च्यालेन्जर्स बैंगलोरले सन् २०१३ आइपीएलमा पुने वारियर्स बिरुद्ध २६३ रन बनाएको थियो। उक्त खेलमा क्रिस गेलले ६६ बलमा अविजित १७५ रन बनाएका थिए जुन टि-२० मा सर्वाधिक व्यक्तिगत योगफल हो।

कोलिन मुनरो

टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा भने अफगानिस्तानले यसै वर्ष आयरल्याण्ड बिरुद्ध बनाएको २७८ तथा चेज रिपब्लिकले टर्की बिरुद्ध गत महिना बनाएको २७८ रन सर्वाधिक योगफल हो। समग्रमा ट्रिनबागोले बनाएको योगफल टि-२० मा तेश्रो ठुलो योगफल हो। ट्रिनबागोको २६७ र जमैकाको २२६ गरि कुल ४९३ रन टि-२० क्रिकेटमा दोश्रो सर्वाधिक योगफल हो। यसै खेलमा प्रहार भएको ३५ छक्का पनि दोश्रो धेरै हो भने चौका र छक्का बाट बाएको ३६२ रन अहिलेसम्मकै सर्वाधिक हो।

मुनरोको विस्फोटक इनिंग 

विशाल योगफल तयार गर्ने क्रममा राइडर्सको लागि कोलिन मुनरोले सर्वाधिक ९६ रन बनाए जुन क्रममा ५० बलमा ८ छक्का र ६ चौका प्रहार गरे। यस्तै ओपनर लेन्डल सिमोन्सले ८६ ( ४२ बलमा ८ चौका र ५ छक्का ) रन बनाए। कप्तान काइरन पोलार्डले अविजित १७ बलमा ४५ रन बनाए जुन क्रममा ४ चौका र ३ छक्का प्रहार गरे।

सिमोन्स र मुनरोले दोश्रो विकेटको लागि १२४ रनको तथा तेश्रो विकेटको लागि मुनरो र पोलार्डले अविजित ८८ रनको साझेदारी गरेका थिए।

जमैका बलरहरुले ७ वटा नो बल गर्नु टिमको लागि घातक सिद्ध हुन पुग्यो। मुनरो प्लेयर अफ द म्याच चुनिए।

 





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]