युगान्डाले अन्तिम ओभरमा ४ विकेट लिँदै डेनमार्कसँग १ रनको रोमान्चक जित निकाल्यो

  • विकेटनेपाल, बैशाख २० – बिहिबार

मलेसियामा जारि विश्व क्रिकेट लिग डिभिजन ४ को दशौँ खेल अन्तर्गत डेनमार्कले अन्तिम ओभरमा जितको लागि ४ रन आबश्यक रहेको बेला मात्र ३ रन बनाउँदै ४ विकेट गुमाएपछी युगान्डाले १ रनको रोमान्चक जित हात पारेको छ ।

मलेसियाको किनरारा ओभल मैदानमा आजै भएको खेलमा टस हारेर पहिले ब्याटिंग गरेको युगान्डाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१५ रन बनाएको थियो । उसका लागि हमु कायोन्डोले ५१ रन बनाउने क्रममा ९८ बलमा २ चौका हान्दै ब्रायन मासबासँग ७९ रनको साझेदारी गरेका थिए । मासबाले ४७ रन बनाउन ९९ बलमा ४ चौका प्रहार गरेका थिए ।

यस्तै ८ औं विकेटको लागि अचेलम र विस्वाले ५८ रनको साझेदारी गरेका थिए । म्यान अफ द म्याच अचेलमले आउट हुनुभन्दा अगाडी ३९ रन बनाउन २८ बलमा २ चौका र समान छक्का हानेका थिए भने विस्वाले अविजित ३७ रन बनाउनेक्रममा १७ बलमा १ चौका र ४ छक्का प्रहार गरेका थिए । बलिंगतर्फ डेनमार्कका अनिकु उद्दिनले ४४ रन खर्चेर तथा जधावले ४८ रन खर्चेर समान २/२ विकेट लिएका थिए भने बसिर शाह र एसए अहमदको नाममा १/१ विकेट रह्यो ।

जवाफमा बर्षा भएपछी २९ ओभरमा १३१ रनको लक्ष्य पाएको डेनमार्कले पुरै २९ ओभर खेलेर सबै विकेट गुमाउँदै १२९ रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान हम शाहले ३७ रन (६४ बल, ३ चौका, १ छक्का) तथा टी भराजले आक्रामक ३२ रन (२३ बल, ४ चौका, १ छक्का) बनाउँदै ३० रन तथा एफए फ्लोक्केरले कप्तान हम शाहसँग मिलेर ५७ रनको साझेदारी गरेपनि जित दिलाउन सकेनन् । फ्लेक्केरले २५ रन (५३ बल, २ चौका) बनाए ।

कुनै समय ५ विकेट मात्र ११५ रनमा गुमाएको डेनमार्कले जितको लागि थप १५ रन चाहिएको अवस्थामा १४ रन मात्र बनाउँदै थप ५ विकेट गुमायो । अन्तिम ओभरमा डेनमार्कलाई जितको लागि मात्र ४ रन आबश्यक थियो र हातमा ४ विकेट थियो तर २ जना ब्याट्सम्यान रन आउट र अन्य दुईजना ठुलो सट खेल्ने चक्करमा आउट भएका थिए । बलिंगतर्फ युगान्डाका आरजी मुकसाले २ विकेट लिन ३ रन खर्चे भने अन्य ६ जना बलरले १/१ विकेट लिए ।

अहिलेसम्मको अंकतालिका:

नोट: प्रतियोगिताको शीर्ष २ टिमहरु बिश्व क्रिकेट डिभिजन ३ मा प्रवेश गर्नेछन् भने अन्तिमका दुई टिमहरु डिभिजन ५ मा झर्नेछन् । (अंकतालिका: क्रिकइन्फो)

(फोटो: आइसीसी)





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]