- विकेटनेपाल, माघ १५ – सोमबार
विश्वकै सबैभन्दा चर्चित घरेलु क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग टी२० क्रिकेट प्रतियोगिताको खेलाडी लिलामी (अक्सन) सकिएको छ । अक्सन शनिबार र आइतबार भएको थियो, जहाँ ११२२ जना खेलाडीहरुबाट जसबाट ५७८ जनालाई अन्तिम लिलामीमा राखिएको थियो । अक्सनमा अघिल्लो पल्ट जस्तै सर्बाधिक महँगो खेलाडी इंग्ल्याण्डका अलराउन्डर बेन स्टोक्स बनेका छन्।
यसपाली अक्सनले नेपाली क्रिकेट जगतमा पनि तहल्का मच्चाएको छ जसको कारण बनेका छन् नेपाली रास्ट्रीय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने। उनि नेपालबाट आईपिएल खेल्ने पहिलो खेलाडी बनेका छन् भने यो बर्षको अक्सनबाट किनिने एकमात्र एसोसिएट देशका खेलाडी बनेका छन्। सन्दिपलाई दिल्ली डेयर डेभिल्सले २० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो।
बिगत बर्ष जस्तै यो बर्ष पनि आईपीएलले धेरैको भाग्य चम्काएको छ भने धेरैलाई निराश पनि। हामि भने प्रस्तुत गर्दै छौ यो आईपीएलमा करोडौंको वर्षा भएका खेलाडीहरुको सुची –
यी हुन् यो बर्षको आइपिएलका सर्बाधिक महंगा खेलाडीहरु:
बेन स्टोक्स: १२.५ करोड ( राजस्थान रोयल्स )
आईपीएलमा यो सिजन फर्केको राजस्थानले ठुलो मूल्यमा इंग्ल्याण्ड अलराउण्डरलाई खरिद गरेको हो। गत बर्ष राइजिंग पुने सुपरजाएन्टले स्टोक्सलाई सबैभन्दा महँगो १४.५ करोडमा खरिद गरेको थियो।
जयदेव उनाद्काट: ११.५ करोड (राजस्थान रोयल्स)
यस्तै सर्बाधिक महँगो खेलाडीको दोश्रो स्थानमा भारतका देब्रेहाते तिब्र गतिका बलर रहेका छन् । अघिल्लो सिजन बेन स्टोक्ससँगै राइजिंग पुने सुपरजाइन्टबाटै खेलेका थिए ।
मनिष पाण्डे: ११ करोड (सन्राइजर्स हैदरावाद)
यसभन्दा अगाडी रोयल च्यालेंजर्स बेंगलोर, कोलकत्ता नाइटराइडार्स, पुने वारियर्स र मुम्बई इन्डीयन्सबाट खेलेका उनलाई हैदराबादले सबै भन्दा धेरै मूल्य हाल्दै उनलाई भित्राएको छ ।
लोकेश राहुल: ११ करोड (किंग्स ईलाभेन पन्जाब)
भारतको लागि तीनवटै फर्म्याटको क्रिकेट खेल्ने उनलाई पन्जाबले ११ करोड मूल्यमा भित्राएको छ । यसअघि उनि रोयल च्यालेंजर्सको टिममा रहेका थिए ।
क्रिस लिन : ९.६ करोड ( कोलकाता नाइट राइडर्स )
पछिल्लो सिजन पनि कोलकाताको लागि खेलेका अस्ट्रेलियन ब्याट्सम्यान क्रिस लिनलाई महँगो मूल्यमा आफ्नै टिमले किन्यो। २८ बर्षिय लिन जारि बिग ब्यास लिगमा राम्रो उत्कृस्ट लयमा रहेका छन्।
मिचेल स्टार्क : ९.४ करोड ( कोलकाता नाइट राइडर्स )
अस्ट्रेलियाका स्टार बलर मिचेल स्टार्क पनि अक्सनमा भाग्यमानी ठहरिए जसलाई कोलकताले ९.४ करोड रुपैया खर्चियो। गत बर्ष उनले इंग्ल्याण्ड बिरुद्दको एसेज सिरिजको लागि भन्दै रोयल च्यालेंजर्सबाट बिदा मागेका थिए ।
ग्लेन म्याक्सवेल : ९ करोड ( दिल्ली डेयर डेभिल्स )
आईपीएल अक्सनमा अर्का अस्ट्रेलियन खेलाडी महँगोमा बिक्ने क्रममा विस्फोटक ब्याट्सम्यान ग्लेन म्याक्सवेललाई दिल्ली डेयर डेभिल्सले ९ करोड रुपैयाँमा बिक्रि भए। धेरै टिमको चाहना म्याक्सवेललाई खरिद गर्ने भए पनि पुर्व किंग्स ११ पन्जाब स्टारलाई दिल्लीमा जान रोक्न सकेनन्।
राशिद खान : ९ करोड ( सनराइजर्स हैदरावाद )
अफगानिस्तान स्टार लेग स्पिनर जारि बिग ब्यास लिगमा उत्कृस्ट फर्ममा छन् जसलाई सनराइजर्स हैदरावादले ९ करोड खर्चेर पुनः आफ्नै टिममा राख्यो।
क्रुनाल पान्ड्य: ८.८ करोड (मुम्बई इन्डियन्स)
यसअघि पनि मुम्बई बाटै खेलेका उनलाई आफ्नै टिमले राइट टु म्याच कार्डको प्रयोग गर्दै ८.८ करोडमा खरिद गरेको छ ।
संजु सामसन: ८ करोड (राजस्थान रोयल्स)
राजस्थानले बेन स्टोक्स र जयदेव उनाद्काट पछी विकेट किपर ब्याट्सम्यान संजु सामसनलाई ८ करोडमा किनेको छ ।
यी बाहेक अन्य खेलाडीहरुले पनि महँगो मूल्य बिभिन्न टिममा पाएका छन्-
केदार जधावलाई चेन्नाई सुपर किंग्सले ७.८ करोड, आर आश्विनलाई पन्जाबले ७.६ करोड, क्रिस वोक्सलाई रोयल च्यालेंजर्सले ७.४ करोड, दिनेश कार्तिकलाई कोलकत्ताले ७.४ करोड, जोफ्रा आर्चरलाई राजस्थानले ७.२ करोडमा किनेका छन् ।
मुम्बई इन्डियन्सले विकेटकिपर ब्याट्सम्यान ईशान किशनलाई ६.२ करोडमा, कुलदिप यादबलाई नाइट राईडर्सले ५.८ करोड रुपैयाँमा, युजभेन्द्र चाहाललाई रोयल च्यालेन्जर्स बैंगलोरले ६ करोड रुपैयाँमा, करण शर्मालाई चेन्नाई सुपर किंग्सले ५ करोडमा, रोबिन उथप्पालाई कोलकाता नाइट राइडर्सले ६.४ करोडमा खरिद गरेको छ।
रिद्दिमान शाहलाई सनराइजर्स हैदराबादले ५ करोडमा, मार्कस स्टोईन्सलाई किंग्स ११ पन्जाबले ६.२ करोडमा, आरोन फिंचलाई किंग्स ११ पन्जाबले ६.२ करोडमा, करुण नायरलाई किंग्स ११ पन्जाबले ५.६ करोडमा, ड्वेन ब्राभोलाई चेन्नाईले ६.४ करोडमा, शिखर धवनलाई सनराईजर्स हैदराबादले ५.२ करोडमा तथा काइरोन पोलार्डलाई मुम्बई इण्डियन्सले ५.४ करोडमा खरिद गरेको छ।