युएईमा जारी दोश्रो फेजको आईपीएल अन्तर्गत लिगको ३३ औं खेलमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद प्रतिस्पर्धा गर्दैछन्। खेल नेपाली समय ७:४५ बजे राति सुरु हुँदैछ।
खेलमा टस जितेर सनराइजर्स हैदरावादका कप्तान केन विलीयमसनले ब्याटिंग रोजेका छन्। टिमले विदेशी खेलाडीको रुपमा विलियमसन सहित डेभिड वार्नर, जेसन होल्डर, राशिद खानलाई खेलाएको छ। टस जितेपछि विलियमसनले पिच ब्याटिंग गर्न उपयुक्त रहेको प्रतिक्रिया दिए।
Sunrisers Hyderabad (Playing XI): David Warner, Wriddhiman Saha(w), Kane Williamson(c), Manish Pandey, Jason Holder, Abdul Samad, Kedar Jadhav, Rashid Khan, Bhuvneshwar Kumar, Sandeep Sharma, Khaleel Ahmed
टस हारेको दिल्लीले अन्तिम-११ मा विदेशी खेलाडीको रुपमा एनरिक् नोर्किया, कागीसो रबाडा, मार्कस स्टोइनिस र शिमरन हेटमायरलाई खेलाएको छ। टसको क्रममा दिल्ली कप्तान रिशभ पन्तले लक्ष्य पछ्याउन आफ्नो टिम तयार रहेको बताए।
Delhi Capitals (Playing XI): Prithvi Shaw, Shikhar Dhawan, Shreyas Iyer, Rishabh Pant(w/c), Marcus Stoinis, Shimron Hetmyer, Axar Patel, Ravichandran Ashwin, Kagiso Rabada, Anrich Nortje, Avesh Khan
लित अंकतालिकामा दिल्ली ८ खेलमा ६ जित पछि १२ अंक सहित दोश्रो तथा हैदरावाद ७ खेलमा १ जित र ६ हार पछि २ अंकका साथ आठौँ स्थानमा रहेको छ।