T20WC : भारत बिरुद्ध टस जितेर न्युजिल्यान्डले फिल्डिंग गर्ने, भारतीय टिममा दुई परिवर्तन

२०७८ कार्तिक १४, आईतवार १९:३२

टि-ट्वान्टी विश्वकप अन्तर्गत सुपर-१२ चरणको आइतबारको समुह ‘२’ अन्तर्गत दोश्रो खेलमा भारत र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्दैछन्। दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेको न्युजिल्यान्डले भारतलाई ब्याटिंगको निम्तो दिएको छ। दुवै टिमको सुपर-१२ चरणमा यो दोश्रो खेल हो।

खेलमा भारतले अन्तिम एघारमा दुईवटा परिवर्तन गरेको छ। अनफिट सुर्यकुमार यादवको स्थानमा इशान किशन तथा भुवनेश्वर कुमारको स्थानमा शार्दुल ठाकुरले मौका पाएका छन्। इशानले रोहित शर्मासंग ओपनिंग गर्नेछन्। टस हारेपछि कोहलीले पछिल्लो हार बाट पाठ सिक्दै २०-२५ रन अतिरिक्त बनाउने बताए। उनले आफ्नो बलिंग आक्रमणमा विकेट लिने क्षमता रहेको बताए।

भारतको अन्तिम-११ : इशान किशन, रोहित शर्मा, केएल राहुल, बिराट कोहली ( कप्तान ) , रिशभ पन्त ( विकेटकिपर ) , हार्दिक पान्ड्या, रभीन्द्र जडेजा, शार्दुल ठाकुर, मोहम्मद शामी, वरुण चक्रवर्ती, जस्प्रित बुम्राह

टस जितेपछी न्युजिल्यान्ड कप्तान केन विलियमसनले दोश्रो इनिंग्समा शित आउने जसले ब्याटिंग सहज हुने अपेक्षा गरे। न्युजिल्यान्डले टिममा एउटा परिवर्तन गरेको छ। टिम सेफर्टको स्थानमा पेसर एडम मिल्ने खेल्नेछन्।

न्युजिल्यान्डको अन्तिम-११ : मार्टिन गप्टिल, डेरेल मिचेल, केन विलियमसन ( कप्तान ) , जेम्स निशम, डेभोन कनवे ( विकेटकिपर ) , ग्लेन फिलिप्स, मिचेल स्यान्टनर, इश सोढी, टिम साउदी, एडम मिल्ने, ट्रेन्ट बोल्ट

प्रतियोगिताको पहिलो खेलमा भारत र न्युजिल्यान्ड दुवै पाकिस्तानसंग पराजित भएका हुन्। भारत १० विकेटले तथा न्युजिल्यान्ड ५ विकेटले पराजित भएको थियो। पाकिस्तानले लगातार ३ जितको साथ सेमीफाइनल यात्रा लगभग सुनिस्चित गरिसकेको अवस्थामा भारत र न्युजिल्यान्ड बीच खेलको विजेता सेमीफाइनल पुग्ने सम्भावना बढी छ। किनकि अब दुवै टिमको आगामी खेलहरु तुलनात्मक रुपमा सजिलो टिम अफगानिस्तान, स्कटल्याण्ड र नामिबियासंग रहेको छ। त्यसैले आज जित्नु दुवै टिमको लागि महत्वपूर्ण छ।

हेड टु हेड : टि-२० अन्तर्राष्ट्रियमा भारत र न्युजिल्यान्ड हालसम्म १६ पटक आमने-सामने भएका छन् जसमध्ये दुवै टिमले समान एक/एक खेल जितेका छन्। टि-२० विश्वकपको कुरा गर्दा दुई पटक भएको भेटमा दुवै पटक न्युजिल्यान्डले भारतलाई पराजित गरेको इतिहास छ। तर अन्तिम ५ खेलको कुरा गर्दा भने सबै खेलमा भारतले न्युजिल्यान्डलाई पराजित गरेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy