टस जितेर मुम्बई ब्याटिंग गर्दै , राजस्थान गर्यो ३ वटा परिवर्तन

युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत मंगलबार २० औं खेलमा रोहित शर्माको कप्तानिमा रहेको मुम्बई इन्डियन्स र स्टिभ स्मिथको कप्तानिमा रहेको राजस्थान रोयल्सबिच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समय अनुसार राति ७:४५ बजे आबु धाबी स्थित शेख जायद स्टेडियममा सुरु हुनेछ। ५ खेल खेलेको मुम्बई ५ खेलमा ३ जित र २ हारसहित तालिकाको दोस्रो स्थानमा छ भने ४ खेलमा २ जित र २ हारपछि पाचौं स्थानमा छ।

मुम्बईले ब्याटिंग रोज्यो , राजस्थान टिममा ३ वटा परिवर्तन

टस जितेर रोहित शर्माले ब्याटिंग रोजेका छन्। मुम्बईले अन्तिम-११ मा कुनै परिवर्तन गरेको छैन।

मुम्बईको अन्तिम ११ : रोहित शर्मा ( कप्तान ) , क्विन्टन डीकक ( विकेटकिपर ) , सुर्यकुमार यादव, इशान किशन, काइरन पोलार्ड, हार्दिक पान्ड्या, क्रुनाल पान्ड्या, जेम्स प्याटिन्सन , राहुल चाहर, ट्रेन्ट बोल्ट, जस्प्रित बुम्राह

कार्तिक त्यागिले आज डेब्यु गर्नेछन्

राजस्थानले आफ्नो अन्तिम-११ मा तिन वटा परिवर्तन गरेको छ। कार्तिक त्यागि, यसस्वी जैसवाल र अंकित राजपुतलाई मौका दिएको छ। फर्ममा नरहेका रोबिन उथप्पा पहिलो पटक बाहिर बस्नेछन्। उथप्पाले ४ वटा खेलमा क्रमशः ५ , ९ , २ र १७ रन बनाएका थिए। यस्तै जयदेव उनदकत र रियान पराग पनि बाहिर बस्नेछन्।

डेब्यु गर्न लागेका दायाँ हाते फास्ट बलर कार्तिक त्यागिले भारत ‘ए’ तथा भारत यु१९ को प्रतिनिधित्व गरिसकेका छन्। फास्ट बलर अंकित राजपुतले यस अघि कोलकाता र पन्जाब बिरुद्ध मौका पाएका थिए जसले दुवै खेलमा ३९ रन खर्चेर १/१ विकेट लिएका थिए। जैसवालले चेन्नाई सुपर किंग्स बिरुद्ध १ खेलमा मौका पाउदा मात्र ६ रन बनाएका थिए।

राजस्थानको अन्तिम ११ : यसस्वी जैसवाल, जोस बटलर ( विकेटकिपर ) , सन्जु स्यामसन, स्टिभ स्मिथ ( कप्तान ) , राहुल तेवतिया, महिपाल लोमरोर, टम करन, जोफ्रा आर्चर, श्रेयस गोपाल, अंकित राजपुत, कार्तिक त्यागि

प्रशिक्षक पोन्टिङले बताए पृथ्वी शको आक्रामक लयको कारण

को हुन् भुवनेश्वरलाई प्रतिस्थापन गर्ने बलर जसले गत सिजन वार्नरको विकेट लिएका थिए

लिगबाटै बाहिरिएका अमित मिश्राको प्रतिक्रिया – “सोचेकै थिईन, चोट यति गम्भीर हुनेछ”

IPL : ताजा अंकतालिका, रबाडालाई पर्पल क्याप, अरेन्ज क्याप दौडमा को-को छन्





थप समाचार

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]

अध्यक्ष गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित

काठमाडौं । लुम्बिनी क्रिकेट प्रदेश संघका अध्यक्ष सञ्जय गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। कपिलबस्तुकाे ताैलिहवामा शनिबार सम्पन्न प्रदेश […]

स्व. डम्बर धामी स्मृति टी-१० क्रिकेट आइतबारदेखि

काठमाडौँ। स्व. डम्बर धामी स्मृति टी-१० क्रिकेट प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ। ‎ नेपालका तीन विश्वविद्यालयका १२ कलेजका टिमको […]