कहिले देख्नु भएको छ यस्तो ? नेपाल-हंगकंग टसको क्रममा घट्यो दुर्लभ घटना

मलेसियामा जारि एसीसी अन्डर-१९ इस्टर्न प्रतियोगिताको फाइनल खेलमा दुर्लभ र अनौठो घटना घटेको छ। प्रतियोगिताको उपाधिको लागि किनरारा ओभल मैदानमा डिफेन्डिङ च्याम्पियन नेपाल र हंगकंग प्रतिस्पर्धा गरिरहेका छन्।

खेल सुरु हुनु अघि टस गर्ने क्रममा म्याच रेफ्रीले फालेको सिक्काले अनौठो दृश्य देखायो। सिक्का भुइँमा त खस्यो तर न ‘हेड’ देखियो न ‘टेल’।सिक्का जमिनमा ठाडो नै बस्यो।

अधिकांश क्रिकेट खेल सुरु हुनु अघि सिक्का फालिन्छ। दुई कप्तानले हेड या टेल रोज्ने गर्छन्। सिक्का ठाडोनै बसेको घटना भने निकै दुर्लभ हो।

यो अनौठो घटना घटे पछि म्याच रेफ्रीले ठाडो बसेको सिक्का संग फोटो समेत खिचाए। नेपाल कप्तान रोहित पौडेल र हंगकंग कप्तान अदित गोराराले समेत ठाडो बसेको सिक्कासंग फोटो खिचाए। नखिचाउन पनि किन यस्तो घटना न पहिले घटेको थियो र सायदै पछि पनि घट्नेछ। त्यसपछि पुनः टस गरियो र दोश्रो पटक भने सिक्का नेपाली कप्तानको रोजाई अनुसार पल्टियो। नेपाल कप्तान रोहित पौडेलले टस जिते र पहिले फिल्डिंग गर्ने निर्णय गरे।

एसियन क्रिकेट काउन्सिलले पनि यो घटनालाई आफ्नो फेसबुकमा राख्दै टस २ पटक गर्नु परेको लेखेको छ र आश्चर्य प्रकट गरेको छ ।

तपाईले कहिले देख्नु भएको थियो यस्तो घटना ?

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy