कहिले देख्नु भएको छ यस्तो ? नेपाल-हंगकंग टसको क्रममा घट्यो दुर्लभ घटना

मलेसियामा जारि एसीसी अन्डर-१९ इस्टर्न प्रतियोगिताको फाइनल खेलमा दुर्लभ र अनौठो घटना घटेको छ। प्रतियोगिताको उपाधिको लागि किनरारा ओभल मैदानमा डिफेन्डिङ च्याम्पियन नेपाल र हंगकंग प्रतिस्पर्धा गरिरहेका छन्।

खेल सुरु हुनु अघि टस गर्ने क्रममा म्याच रेफ्रीले फालेको सिक्काले अनौठो दृश्य देखायो। सिक्का भुइँमा त खस्यो तर न ‘हेड’ देखियो न ‘टेल’।सिक्का जमिनमा ठाडो नै बस्यो।

अधिकांश क्रिकेट खेल सुरु हुनु अघि सिक्का फालिन्छ। दुई कप्तानले हेड या टेल रोज्ने गर्छन्। सिक्का ठाडोनै बसेको घटना भने निकै दुर्लभ हो।

यो अनौठो घटना घटे पछि म्याच रेफ्रीले ठाडो बसेको सिक्का संग फोटो समेत खिचाए। नेपाल कप्तान रोहित पौडेल र हंगकंग कप्तान अदित गोराराले समेत ठाडो बसेको सिक्कासंग फोटो खिचाए। नखिचाउन पनि किन यस्तो घटना न पहिले घटेको थियो र सायदै पछि पनि घट्नेछ। त्यसपछि पुनः टस गरियो र दोश्रो पटक भने सिक्का नेपाली कप्तानको रोजाई अनुसार पल्टियो। नेपाल कप्तान रोहित पौडेलले टस जिते र पहिले फिल्डिंग गर्ने निर्णय गरे।

एसियन क्रिकेट काउन्सिलले पनि यो घटनालाई आफ्नो फेसबुकमा राख्दै टस २ पटक गर्नु परेको लेखेको छ र आश्चर्य प्रकट गरेको छ ।

तपाईले कहिले देख्नु भएको थियो यस्तो घटना ?





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]