टिपीएल : सौरभ र म्रिनलको ब्याटिंगमा बुटवल डाइनामाईट्सको जित

२०७५ मंसिर २, आईतवार २०:१९

Mrinal Gurung

( फिचर फोटो – म्यान अफ द म्याच म्रिनल गुरुङ्ग )

  • विकेटनेपाल, मङ्सिर-२ 

तिलोत्तमा क्रिकेट बिकास समिति रुपन्देहीको आयोजनामा शनिबार देखि तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न २ वटा खेलहरुमा बुटवल डाइनामाईट्स र लुम्बिनी कासाई विजयी भएका छन्।

तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजीवन क्लवको खेल मैदानमा सम्पन्न पहिलो खेलमा पहिले ब्याटिंग गर्दै ज्ञानोदय गोल्ड्सले दिएको १२४ रनको लक्ष्य लुम्बिनी कासाईले १७.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्दै ५ विकेटको जित दर्ता गर्यो।

लक्ष्य पछ्याउने क्रममा सुमन पाण्डेले  ६ चौका मदतले अविजित ५० रन बनाए। ज्ञानोदयका बलर सुनिल धमला र जितेन्द्र सहानीले २/२ विकेट लिए।

यस अघि पहिले ब्याटिंग गर्ने क्रममा ज्ञानोदयको लागि राष्ट्रिय क्रिकेटर समेत रहेका सुनिल धमलाले सर्वाधिक ३१ रन बनाएका थिए। खेलको प्लेयर अफ द म्याच समेत चुनिएका कासाईका प्रदिप जैसवालले ४ विकेट ( ४-०-२१-४ ) लिए।

म्रिनल र सौरभको प्रदर्शनमा बुटवल डाइनामाईट्स बिजयी 

दिनको दोश्रो खेलमा एनएससीए टाइगर्सलाई बुटवल डाइनामाईट्सले ५ विकेटले पराजित गर्यो।

पहिले ब्याटिंग गरेको टाइगर्सले २० ओभरमा ७ विकेट गुमाएर १४२ रन बनाएको थियो। उसको लागि यु-१९ राष्ट्रिय क्रिकेटर रहीसकेका शंकर रानाले ६ चौका र १ छक्का मदतले सर्वाधिक ४३ रन तथा अर्जुन गिरिले अविजित ३० रन योगदान दिएका थिए। डाइनामाईट्सका बलर विकास श्रेष्ठ र हरजित सिंहले समान २/२ विकेट लिए।

सौरभ खनाल ( फाइल फोटो )

१४३ रनको लक्ष्य डाइनामाईट्सले ५ विकेट गुमाएर १८.५ ओभरमा पुरा गर्यो। टिमलाई जिताउन ओपनिङ्ग ब्याटिंग गरेका म्रिनल गुरुङ्गले ६ चौका र १ छक्का मदतले सर्वाधिक ५५ रन योगदान दिए भने सौरभ खनालले विस्फोटक इनिंग खेल्दै मात्र २१ बलमा ३/३ छक्का र चौका मदतले ४३ रन बनाए। म्रिनल खेलको प्लेयर अफ द म्याच चुनिए।

प्रतियोगिता अन्तर्गत सोमबारको पहिलो खेलमा आरसी भैरहवा र लुम्बिनी कासाईले तथा दोश्रो खेलमा नुसी वारियर्स र बुटवल डाइनामाईट्सले प्रतिस्पर्धा गर्नेछन्।


प्रतियोगिताको बिजेताले नगद ३ लाखसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपबिजेताले १ लाख ५० हजारसहति ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

नुसी वारियर्स, बुटवल डाइनामाइट, मणिग्राम किंग्स, रोयल च्यालेंजर्स भैरहवा, ज्ञानोदय गोल्ड्स, लुम्बिनी कसाई ग्ल्याडीएटर्स, रोयल शंकरनगर र एसआर एनएससीए टाइगर्स लिगमा सहभागी हुने टोलिहरु हुन्।

सहभागी ८ टिमहरुलाई दुई समुहमा बिभाजन गिरएको छ जसअन्तर्गत समुह ‘ए’ मा रोयल शंकरनगर, रोयल च्यालेंजर्स भैरहवा, ज्ञानोदय गोल्ड्स र लुम्बिनी कसाई ग्ल्याडीएटर्स रहेका छन् भने समुह ‘बि’ मा नुसी वारियार्स, मणिग्राम किंग्स, एसआर एनएससीए टाइगर्स र बुटवल डाइनामाइट रहेका छन्।

दुवै समुहमा एकअर्का बिरुद्ध १/१ खेल खेलेपछि दुवै समुहबाट उत्कृस्ट हुने २/२ टिम सेमीफाइनल प्रवेश गर्नेछन्।

सहभागी टिम र खेलाडीहरु

मणिग्राम किंग्स ( मणिग्राम ) – कृष्ण कार्की ( मार्की खेलाडी ) , अमर सिंह राउटेला , लाल बहादुर अधिकारि , कृष्ण पराजुली, विशाल भन्डारी, मोहम्मद हुसेन, सन्दिप रसाइली, इमराम खान, राहुल लोहर, सुबास बिक, ईश्वर गुरुङ, बिधान सुनार, शुशिल खरेल, कृष्ण भुसाल र भुवन गैरे

लुम्बिनी कसाई ग्ल्याडीएटर्स – महेश पति मिश्र ( मार्की खेलाडी ), भिम सार्की , कुशल मल्ल , मान बहादुर थापा, रुपेश कुर्मी, दुर्गेश कुर्मी, राजु सहानी, सागर ढकाल, सुमन पान्डे, पुरन बिक, प्रदिप जैसवाल, नागेश्वर मिर्श, सुनिल धवाल, अमर मिर्श र दिवस सेन्चुरी

रोयल शंकरनगर – सन्दिप सुनार ( मार्की खेलाडी ) , रोहित पौडेल ,शुसान भारी , फैजल खान, विशाल भुसाल, बिष्णु कट्टरिया, विशाल खत्री, सुमित कुमार सार्की, नरेश ठकुरी, नितेश थापा, रबिन क्षेत्री, राहुल चौहान, रुपेश बास्तोला, सुधन श्रेष्ठ, आशिष् गुरुङ

रोयल च्यालेंजर्स भैरहवा – इख्लाख अहमद ( मार्की खेलाडी ) सोनु तामांग, प्रकाश केसी , रमेस कुर्मी, धिरज साही, गणेश गौडेल, सन्दिप केसि, सिजन मकाजु , रोसन लाल गुप्ता, आसुतोश पासवान, मोईनुद्दीन कजु, बिबेक न्यौपाने, अहमद हुसेन, सुसान्त थापा, रोशन चौधरी

बुटवल डाइनामाइट – सौरभ खनाल ( मार्की खेलाडी ) , प्रदिप ऐरि , साहब आलम, अभिसेख गौतम, राहुल शर्मा, म्रिनल गुरुङ, प्रज्वल थापा , जगत क्षेत्री, देब खनाल, हरजित सिङ, अर्बिन सारु, तौसिब आलम, कमल जैसी, बिकास श्रेष्ठ , केसब पौडेल

एसआर एनएससीए टाइगर्स – शंकर राना ( मार्की खेलाडी ) सागर पुन, निस्चल चौधरी, अनिल खरेल, बिक्रम भुसाल, मनिस थापा, तुल बहादुर थापा, सुरज दराइ, दुर्गेश गुप्ता, महेन्द्र सुवेदी, बिबेक शर्मा, आयुस पुर्जा, प्रकाश गिरि, अर्जुन गिरि, दामोदर बस्याल

ज्ञानोदय गोल्ड्स – सन्तोस क्षेत्री ( मार्की खेलाडी ) सुनिल धमला, रोसन क्षेत्री, निर्मल थापा, राहुक बिक, आनन्द कुमार गौड, रमेस ढकाल, देबेन्द्र सोमरे, विशाल सुनार, युवराज सेन, जितेन्द्र सहानी, मनिस पौडेल, केदार बस्नेत, प्रथम पराजुली, गोबिन्द खत्री

नुसी वारियार्स – कुसल भुर्तेल ( मार्की खेलाडी ) , दिपेन्द्र ऐरि, अजय कौसिला, सौरभ भुर्तेल , अर्जुन रायमाझि , सुनिल पौडेल , सरोज पौडेल, यम क्षेत्री, कृष्ण सेन , बिरेन्द्र ज्ञवालि, महेश राना, अंकित कंडेल , निस्चल पोखरेल, सागर सर्मा , अक्तर हुसेन

(समाचार तारा पाठकको सहयोगमा तयार पारिएको हो )

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy