ज्ञानोदय गोल्डलाई तिलोत्तमा प्रिमियर लिगको उपाधि

रुपन्देहीमा सम्पन्न तिलोत्तमा प्रिमियर लिग टिपीएलको उपाधि नेपथ्य ज्ञानोदय गोल्डले जितेको छ ।

तिलोत्तमा क्रिकेट विकास समितिको आयोजना नवजीवन क्रिकेट मैदानमा सम्पन्न चौथो संस्करणको फाइनलमा जेभी वरियर्सलाई तीन विकेटले पराजित गर्दै नेपथ्य ज्ञानोदय गोल्डले दोस्रो पटक उपाधि जितेको हो ।

खेलमा टस जितेर सुरुवाती ब्याटिङ गरेको जेभी वरियर्सले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८ रन जोडेको थियो । उसको लागि सर्वाधिक लोकेश बमले ३२, अहमद हुसेनले १२ रन बनाए । बलिङतर्फ नेपथ्यका सुनिल धमलाले ४, अमित तामाङले ३ विकेट लिए ।

जवाफी ब्याटिङमा १०९ रनको लक्ष्य पाएको नेपथ्यले १९ ओभरमा ७ विकेटको नोक्सानीमा लक्ष पार गर्यो। उसको लागि प्लेयर अफ द फाइनल घोषित सुनिल धमलाले ४८ तथा विशाल केसीले ४३ रन बनाए । बलिङतर्फ किशोर महतो र रोहित पौडेलले समान २/२ विकेट लिए ।

च्याम्पियन नेपथ्यले ४ लाख नगद, उप विजेता जेभी वरियर्सले २ लाख  नगद सहित र ट्रफी प्राप्त गरेका छन् । उनीहरूलाई नेपाल क्रिकेट संघका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल र सर्वोत्तम सिमेन्टका रिजनल म्यानेजर रमेश ढकालले पुरस्कृत गरे ।

यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी म्यान अफ द सिरीज र वेस्ट व्याट्स मेनबाट जेभी बरियर्सका बसिर अहमदलाई नगद क्रमशः २० हजार र १० हजार सहित ट्रफीबाट पुरस्कृत गरे ।

त्यस्तै वेस्ट बलर रोयल शंकरनगरका धिरज शाहीलाई १० हजार नगद र ट्रफीबाट, त्यस्तै उदयमान खेलाडीबाट एकोन च्यालेन्जर्स भैरहवाका सन्तोष यादवलाई नगद ५ हजार र ट्रफीले पुरस्कृत गरिएको तिलोत्तमा क्रिकेट विकास समितिका अध्यक्ष दीपक भुर्तेलले जानकारी दिए । प्रतियोगिताको मुख्य प्रायोजन सर्वोत्तम सिमेन्टले गरेको थियो ।





थप समाचार

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]

कास्की र नवलपुरको विजयी सुरुआत

काठमाडौँ। गण्डकी प्रदेशस्तरीय दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्की र नवलपुरले विजयी हासिल गरेका छन्। प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा […]