एसियन गेम्सको लागि अभ्यास सुरु

१९ औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण थालेको छ । नेपाली राष्ट्रिय टोलीका सदस्यले आज बुधवारदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा प्रशिक्षण थालेको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ ।

यही सेप्टेम्बर २३ तारिखदेखि चीनमा हुने १९ औँ एसियाली खेलकुदमा नेपालले समूह चरणमा मङ्गोलिया र माल्दिभ्ससँग खेल्ने भएको छ । नेपालले सेप्टेम्बर २७ मा मङ्गोलियासँग र अक्टोबर १ मा माल्दिभ्ससँग खेल्नेछ । खेल टी-२० शैलीमा हुनेछ ।

मङ्गोलिया र माल्दिभ्स निकै कमजोर मानिएका छन् । नेपाल टी-२० को विश्व वरीयतामा १७ औँ स्थानमा छ । माल्दिभ्स ८० औँ र मङ्गोलिया भने आईसीसीको वरीयतामै छैन । आईसीसीको टी-२० वरीयतामा ८७ वटा देश छन् । नेपालले रोहित पौडेलको कप्तानीमा एसियन खेलकुद खेल्ने टोली घोषणा गरिसकेको छ ।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुलशन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिस जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल छन् ।





थप समाचार

एलपीएल : युथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत पाँचौ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

एलपीएल : घोडाघोडी र कैलाली जिल्ला क्रिकेट क्लव विजयी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]