अस्ट्रेलियाको पनि चलेन ब्याटिंग

  • विकेटनेपाल, मङ्सिर २१ – शुक्रबार

भारतको अस्ट्रेलिया भ्रमण अन्तर्गत  ४ टेस्ट म्याचको शृंखलाको पहिलो टेस्टको दोश्रो दिनको समाप्तीमा भारतले बनाएको २५० रन पछ्याएको अस्ट्रेलियाले पनि खराब ब्याटिंग गरेको छ।

अस्ट्रेलियाले ७ विकेट गुमाएर १९१ रन बनाएको छ र ५९ रनले पछाडी छ। अहिले क्रिजमा उसका ट्रेविस हेड ६१ रन र मिचेल स्टार्क ८ रन बनाएर खेलिरहेका छन्।

भारतले पहिलो दिनको समाप्तीमा ९ विकेटको क्षतिमा २५० रन बनाएपनि दोश्रो दिनको पहिलो बलमा नै मोहम्मद शामी ६ रनमा आउट भएपछी पारी सकिएको थियो।

अस्ट्रेलियाको कमजोर ब्याटिंग

भारतले बनाएको २५० रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले पहिलो पारीमा खराब ब्याटिंग गरेको छ। उसले पहिलो ओभरको तेस्रो बलमा नै एरोन फिन्च (०) लाई गुमायो। त्यसपछि ४५ रनको योगफलमा डेब्यु गरिरहेका मार्कस ह्यारिस (२६) लाई पनि गुमाउन पुग्यो।

तेस्रो विकेटको रुपमा ५९ रनमा शन मार्स (२), ८७ रनको योगफलमा उस्मान ख्वाजा (२८), १२० रनको योगफलमा पिटर ह्यान्ड्सकम (३४) लाई गुमाएको अस्ट्रेलियाले मात्र ५ रनको व्यक्तिगत योगफलमा कप्तान टिम पेन आउट हुँदा १२७ रन बनाएको थियो।

त्यसपछि ट्रेविस हेडले प्याट कमिंससँग मिलेर ५० रनको साझेदारी गरेका थिए जसले भारतसँगको रन अन्तर कम बन्यो। कमिंसले १० रन बनाएर आउट भएका थिए।

बलिंगतर्फ भारतका रविचन्द्रन आश्विनले लगातार २२ ओभरको स्पेल सहित ३३ ओभर गर्दै ५० रन खर्चेर ह्यारिस, ख्वाजा र शन मार्सको विकेट लिएका थिए। त्यस्तै इशान्त शर्मा र जस्प्रित बुम्राहले समान २/२ विकेट हात पारे।

हेडको सम्हालिएको ब्याटिंग

अन्तिम एघारमा मिचेल मार्स वा ट्रेविस हेड चर्चाको बिषय बनिरहेको बेला टिममा स्थान बनाएका ट्रेविस हेडले अस्ट्रेलियाको ब्याटिंग सम्हालेका छन्। ८७ रनको योगफलमा उस्मान ख्वाजा आउट भएपछी क्रिजमा आएका उनले अविजित ६१ रनको पारि खेल्नेक्रममा १४९ बलको सामना गर्दै ७ चौका प्रहार गरेका छन्।

हेडले पाचौँ विकेटको लागि ह्यान्ड्सकमसँग ३३ रनको र सातौँ विकेटको लागि प्याट कमिंससँग ५० रनको साझेदारी गरेका थिए। १०३ बलको सामना गर्दै अर्धशतक पुर्याएका उनले घरेलु भूमिमा पहिलोपल्ट उक्त किर्तिमान बनाए।

फोटोहरुमा हेर्नुस टेस्टको दोश्रो दिन ( फोटोहरु – आईसीसी )

 





थप समाचार

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]

मंगोलिया विरुद्ध नेपालको तिन ठूलो विश्वकीर्तिमान

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलिया विरुद्ध रेकर्ड वर्षा गरेको छ। स्कोरकार्ड  अन्तर्राष्ट्रिय […]