त्रिकोणात्मक टि-२० सिरिजको पहिलो खेल आज, नेपाल र युएई खेल्दै

पाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज आजदेखि काठमाडौँमा सुरु हुँदै छ।

दिउँसो १ बजे मुलपानी क्रिकेट मैदानमा नेपाल र यूएईबीच प्रतिस्पर्धा हुनेछ।

नेपालले कार्तिक २ गते हङकङ, ४ गते हङकङ र ६ गते पुनः युएईसँग खेल्नेछ भने ८ गते हङकङसँग खेल्नेछ।

डबल राउण्ड रोबिनका शीर्ष दुई टोली फाइनलमा पुग्नेछन्। फाइनल खेल कार्तिक १० गते हुनेछ। सिरिजको फाइनलबाहेक सबै खेल मूल पानीको माथिल्लो मैदानमा हुनेछ।

मूल पानीमा टि–ट्वेन्टी–आईको खेल पहिलो पटक हुन लागेको हो। यो मैदानमा ओडिआई भने सञ्चालन भइसकेको छ। खेलको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्ने भएको छ।

https://youtu.be/mL9dH15YN_w?si=dmygpUbhunsDYOqS

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy