त्रिकोणात्मक टी-२० अन्तरराष्ट्रिय सिरिजको उपाधि युएईलाई

त्रिकोणात्मक टी-२० अन्तरराष्ट्रिय सिरिजको उपाधि संयुक्त अरब इमिरेट्स (युएई)ले जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटीङमा उत्रेको नेपालले एक सय ६३ रनको लक्ष्य दिएको थियो।

उक्त लक्ष्य युएईले ६ विकेट गुमाएर हासिल गरेको हो।

नेपालले पाँचौँ, सातौँ, आठौँ, तेह्रौँ, सोह्रौ, सत्रौँ, अठारौँ ओभरमा विकेट गुमाएको थियो। यसअघि भएको लिगको खेलमा नेपाललले पहिलो खेलमा युएईलाई ७ विकेट पराजित गरेको थियो भने दोस्रो खेलमा ५ विकेटले हराएको थियो।

कुशल भुर्तेलले २९ बलमा अर्धशतक बनाए भने दिपेन्द्रसिंह ऐरी १५ बलमा २०, कप्तान रोहित पौडेल १७ बलमा १८, आसिफ शेख १२ बलमा ८ कुशल मल्लले २ बलमा १, सन्दीप झोरा १० बलमा १०, गुलशन झा ८ बलमा ५, सोमपाल कामी ८ बलमा १३ रन बनाए भने करण केसीले १७ बलमा २३ रनको योगदान दिए।

नेपालले यो खेल जितेर ह्याट्रिक जित निकाल्ने दाउमा थियो। तर, सिरिजका यसअघि सबै खेल जितेको नेपालले फाइनलमा हार्दा उपाधिविमुख भएको हो।

त्यस्तै, नेपालले हङकङलाई पनि दुवै खेलमा पराजित गरेको थियो। नेपालले हङकङलाई पहिलो खेलमा ६ विकेट र दोस्रो खेलमा ७९ रनले हराएको थियो।

करण केसी चुनिए नेपाल त्रिदेशीय शृङ्खलाको ‘प्लेयर अफ दी सिरिज’

नेपाली क्रिकेट टिमका बलर करण केसी नेपाल त्रिदेशीय शृङ्खलाको ‘प्लेयर अफ दी सिरिज’ चुनिएका छन् ।

शृङ्खलामा १० विकेट लिएका करण नै उत्कृष्ट बलर चुनिए । यस्तै, यूएईका बसिल हमेद उत्कृष्ट ब्याटर चुनिए । उनले शृङ्खलाभर पाँच खेलमा १५९ रन बनाएका थिए ।

शुक्रबार भएको शृङ्खलाको फाइनलमा घरेलु टिम नेपाललाई चार विकेटले हराउँदै युएईले उपाधि जितेको छ ।





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]