त्रिकोणात्मक टी-२० अन्तरराष्ट्रिय सिरिजको उपाधि युएईलाई

त्रिकोणात्मक टी-२० अन्तरराष्ट्रिय सिरिजको उपाधि संयुक्त अरब इमिरेट्स (युएई)ले जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटीङमा उत्रेको नेपालले एक सय ६३ रनको लक्ष्य दिएको थियो।

उक्त लक्ष्य युएईले ६ विकेट गुमाएर हासिल गरेको हो।

नेपालले पाँचौँ, सातौँ, आठौँ, तेह्रौँ, सोह्रौ, सत्रौँ, अठारौँ ओभरमा विकेट गुमाएको थियो। यसअघि भएको लिगको खेलमा नेपाललले पहिलो खेलमा युएईलाई ७ विकेट पराजित गरेको थियो भने दोस्रो खेलमा ५ विकेटले हराएको थियो।

कुशल भुर्तेलले २९ बलमा अर्धशतक बनाए भने दिपेन्द्रसिंह ऐरी १५ बलमा २०, कप्तान रोहित पौडेल १७ बलमा १८, आसिफ शेख १२ बलमा ८ कुशल मल्लले २ बलमा १, सन्दीप झोरा १० बलमा १०, गुलशन झा ८ बलमा ५, सोमपाल कामी ८ बलमा १३ रन बनाए भने करण केसीले १७ बलमा २३ रनको योगदान दिए।

नेपालले यो खेल जितेर ह्याट्रिक जित निकाल्ने दाउमा थियो। तर, सिरिजका यसअघि सबै खेल जितेको नेपालले फाइनलमा हार्दा उपाधिविमुख भएको हो।

त्यस्तै, नेपालले हङकङलाई पनि दुवै खेलमा पराजित गरेको थियो। नेपालले हङकङलाई पहिलो खेलमा ६ विकेट र दोस्रो खेलमा ७९ रनले हराएको थियो।

करण केसी चुनिए नेपाल त्रिदेशीय शृङ्खलाको ‘प्लेयर अफ दी सिरिज’

नेपाली क्रिकेट टिमका बलर करण केसी नेपाल त्रिदेशीय शृङ्खलाको ‘प्लेयर अफ दी सिरिज’ चुनिएका छन् ।

शृङ्खलामा १० विकेट लिएका करण नै उत्कृष्ट बलर चुनिए । यस्तै, यूएईका बसिल हमेद उत्कृष्ट ब्याटर चुनिए । उनले शृङ्खलाभर पाँच खेलमा १५९ रन बनाएका थिए ।

शुक्रबार भएको शृङ्खलाको फाइनलमा घरेलु टिम नेपाललाई चार विकेटले हराउँदै युएईले उपाधि जितेको छ ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy