टि-२० विश्वकप छनोटको तयारी स्वरूप त्रिकोणात्मक टि-२० अन्तर्राष्ट्रिय सिरिज आयोजना हुने

आगामी महिना नेपालमा आयोजना हुने आईसीसी टि-२० विश्वकप एसिया फाइनल छनोट प्रतियोगिताको तयारी स्वरूप नेपालले काठमाडौँमा त्रिकोणात्मक टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज आयोजना गर्ने भएको छ।

नेपाल क्रिकेट संघ ( क्यान ) को मंगलबार सम्पन्न केन्द्रिय कार्यसमितिको वैठकले हंगकंग र युएईसंग सिरिज खेल्ने निर्णय गरेको हो। सिरिज अक्टोबर १७ देखि २६ तारिखसम्म आयोजना हुनेछ।

टि-२० विश्वकप एसिया फाइनल छनोट प्रतियोगितामा नेपाल सहित ८ टिम सहभागी हुँदैछन् जसमा मलेसिया, ओमान, सिंगापुर, बहराईन, हंगकंग, युएई र एसिया छनोट ( ए ) बाट आउने एक टिम सहभागी हुनेछन्।

प्रतियोगितामा नेपाल समुह ‘ए’ मा छ जुन समुहमा मलेसिया, ओमान, सिंगापुर छन् भने समुह ‘बि’ मा युएई, बहराईन, हंगकंग र एसिया छनोट ( ए ) बाट आउने एक टिम हुनेछ।

समुह चरणमा सबै टिमले एकअर्का संग एक खेल खेलेपछि दुवै समुहबाट शिर्ष दुई टिम सेमीफाइनल प्रवेश गर्नेछन्। फाइनल पुग्ने दुई टिम विश्वकप खेल्न छनोट हुनेछन्।

२०२४ टि-२० विश्वकप अमेरिका र वेस्टइन्डिजमा आयोजना हुनेछ जसमा २० टिमले सहभागिता जनाउनेछन्।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]