डिपिएल-३ को ट्रफी सार्बजनिक, सबैको लक्ष्य उपाधी (भिडियो सहित)

  • विकेटनेपाल, माघ २५ – शुक्रबार

माघ २६ गतेदेखि फाल्गुन ११ गतेसम्म आयोजना हुन लागेको तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को आज ट्रफी सार्बजनिक गरिएको छ। शुक्रबार धनगढीको होटल फ्लोरामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको बिजेताले प्राप्त गर्ने ट्रफीसँगै प्रतियोगिताको मोस्ट भ्यालुएबल खेलाडीले प्राप्त गर्ने गोल्डेन बुट समेत सार्बजनिक गरिएको छ।

नेपालको घरेलु क्रिकेट प्रतियोगितामा सर्बाधिक पुरस्कार राशि रहेको प्रतियोगिताको बिजेताले ट्रफीसँगै नगद ३० लाख रुपैयाँ पुरस्कार स्वरूप प्राप्त गर्नेछ। यसअघि पोखरा प्रिमियर लिगको बिजेताले नगद २७ लाख रुपैयाँ र ट्रफी हात पारेको थियो।

प्रतियोगिता सुरुहुनु अघि टिमका कप्तान तथा पत्रकार सम्मेलनमा उपस्थित टिमको नेतृत्व गर्दै उपस्थित भएका खेलाडीहरुले आफुहरुको लक्ष्य उपाधी जित्नु रहेको बताएका छन्।

सिवाईसी अत्तरियाको कप्तानीको भूमिका निर्वाह गर्ने दिपेन्द्र ऐरीले आफुहरुको टिममा युवा खेलाडीहरुको उपस्थिति, बिदेशी प्रशिक्षक तथा घरेलु क्रिकेटमा खेलिसकेका बिदेशी खेलाडी भएकोले टिम राम्रो भएको बताए। “हाम्रो टिम एउटा युवा टिम छ, प्रदर्शनको लागि उत्साहित छौं, सबै टिम उपाधीको लागि नै खेल्ने भएकोले हाम्रो पनि लक्ष्य उपाधी नै रहनेछ ” । उनको टिममा सन्दिप जोरा, जितेन्द्र सिंह ठकुरी जस्ता युवा खेलाडी रहेका छन्। त्यस्तै प्रशिक्षकको रुपमा अष्ट्रेलियाका रायन मरुन तथा मेन्टरको रुपमा दक्षिण अफ्रिकाका जोन्टी रोड्स रहेका छन्।

“अत्तरियामा बिदेशी खेलाडीको रुपमा जयकिशन कोल्सवाला र सन्नी पटेल आउनेछन्। उनिहरुले नेपालमा पर्याप्त मात्रामा अनुभव बटुलेका छन् त्यसैले हाम्रो टिम सन्तुलित छ” दिपेन्द्रले थपे।

 

यस्तै पहिलोपल्ट कप्तानीको जिम्मेवारी पाएका करण केसीले टिम ब्यबस्थापनलाई धन्यवाद दिए। “मलाई बिश्वास गर्नुभएको मा धन्यवाद दिन चाहन्छु। आफ्नो शतप्रतिशत दिएर खेल्नेछु। ” उनले भने। टिम यहाँ आएको पनि ३ दिन भैसक्यो, मैदानमा एकदिन मात्र अभ्यास गर्न पायौं तर पनि मिलेको समय फिटनेशमा दिएर सदुपयोग गरेका छौं।

“हाम्रो टिम अहिलेपनि सन्तुलित रहेकोले बिदेशी खेलाडीहरुको प्रदर्शन टिमको लागि बोनस पोइन्ट हुनेछ” ।

रुपन्देही च्यालेन्जर्सको तर्फबाट प्रतिनिधित्व गरेका बिक्रम सोभले पनि आफ्नो टिमको लक्ष्य उपाधी जित्ने रहेको बताए। “टिम तिनै पक्षमा सन्तुलित छ। भैरहवामा पनि करिब १० दिन जति अभ्यास गर्ने मौका मिल्यो। बाबर हायात पनि आउंदैछन्, उनिसँग नेपालको धरै अनुभव रहेको छ।” उनले भने।

महेन्द्रनगर टिमको प्रतिनिधित्व गरेका आरिफ शेखले पनि आफ्नो टिम उपाधीको लागि नै खेलेको र टिमको कम्बिनेसन पनि राम्रो रहेको बताए। “टिम सबैकुरामा सन्तुलित छ” उनले भने।

काठमाडौं गोल्डेनको टिम ब्याटिंग, बलिंगमा सन्तुलित छ। साथै भेराइटी समेत रहेकोले बिपक्षीको लागि खेल्न गाह्रो हुनसक्ने संकेत खेलाडी अनिल शाहले गरे।” टिममा अनुभवी र युवा खेलाडीको सन्तुलन मिलेको छ। ” अनिलले थपे।

र अन्त्यमा घरेलु टिम धनगडीका कप्तान सोमपाल कामीले आफ्नो टिमले यसअघि २ पटक नै उपाधी जितेकोले उपाधीमा ह्याट्रिक गर्न उत्सुक रहेको संकेत गरे। “पक्कैपनि उपाधी जोगाउन एक किसिमको चुनौती हुने नै गर्छ तर पनि युवा खेलाडी लिएर उत्रिएका छौं, उपाधी रक्षा गर्ने लक्ष्य छ। ” उनले भने।

कार्यक्रममा नेपाली टिमका पुर्व कप्तान तथा प्रतियोगिता निर्देशक बिनोद दास, पुर्व दक्षिण अफ्रिकी क्रिकेटर तथा प्रतियोगिताका गुडविल एम्बेसडर जोन्टी रोड्स तथा धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुबास शाही लगायतको उपस्थित थियो

कप्तान / टिम प्रतिनिधिको भनाई (भिडियो)

यो पनि पढ्नुहोस्:

डिपिएलको खेलतालिका सर्यो, अब सोमबारबाट हुने

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy