अर्जुन ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी टुर भिडियो सार्वजनिक

धनगढी । अर्जुन ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी टुरको आधिकारिक भिडियो सार्वजनिक गरिएको छ । आयोजक समितिले अर्जुन ट्रपीको आधिकारिक फेसबुक पेजबाट उक्त प्रतियोगिताको महत्त्व, उत्साह र यसको उद्देश्य लाई उजागर गर्ने भिडियो सार्वजनिक गरेको छ।

भिडियोमा प्रतियोगिताको ट्रफी कैलाली र कञ्चनपुरका चिसापानी, टीकापुर पार्क, घोडाघोडी, गोदावरी, क्रिकेटको सहर धनगढी, फाप्ला, वेदकोट र महाकाली लगायतका विभिन्न स्थानमा प्रदर्शन गरिएको दृश्यहरू देखाइएको छ । जसले देशभर क्रिकेट प्रेमीहरूलाई उत्साहित पार्ने अपेक्षा गरिएको छ। साथै, भिडियोमा प्रतियोगितासँग सम्बन्धित खेलाडी, प्रशंसक र आयोजकहरूको भावनात्मक संलग्नता झल्काइएको छ।

अर्जुन ट्रफी टी–२० राष्ट्रिय प्रतियोगिता यही माघ १९ गते देखी २८ गते सम्म क्रिकेटको धनगढीमा अवस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुन गइरहेको छ ।

धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटका अग्रज स्वर्गीय अर्जुन खड्काको स्मृतिमा आयोजना गरिने अर्जुन ट्रफी टी–२० फर्म्याटको प्रतियोगिता हो। प्रतियोगितामा ८ वटा क्लबले सहभागिता जनाउँदै छन्। टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह ‘ए’ मा डिसिए धनगढी, फेन्ड्स युवा क्लब डडेल्धुरा, घोडाघोडी–११ सुख्खड कैलाली, र बोष्टन क्रिकेट झापा छन्। समूह ‘बी’ मा सिवाईसी अत्तरिया, दशरथ चन्द एकेडेमी बैतडी, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौँ, र न्यु होराइजन बुटवल रहेका छन्। उद्घाटन खेल माघ १९ गते डिसिए धनगढी र फेन्ड्स युवा क्लब डडेल्धुराबीच हुनेछ।

झण्डै २० लाख नगद पुरस्कार राशिको प्रतियोगिताको विजेताले १० लाख नगद र ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले ५ लाख नगद पाउनेछन्। उत्कृष्ट खेलाडीलाई १ लाख नगद र उत्कृष्ट ब्याट्सम्यान, बलर, तथा उदयमान खेलाडीलाई जनही ५०–५० हजार रुपैयाँ प्रदान गरिनेछ। हरेक खेलका म्यान अफ द म्याचलाई १० हजार नगद पुरस्कार दिइनेछ।

प्रतियोगितामा ए, बी, र सी तीन वटा क्याटेगोरीका खेलाडीहरू समावेश गरिने छन्। ए क्याटेगोरीमा नेपाली राष्ट्रिय टिमका खेलाडी, बी क्याटेगोरीमा यु–१९ टिम, राष्ट्रिय टिम ‘ए’, र प्रदेशस्तरीय सिनियर खेलाडी तथा सी क्याटेगोरीमा यु–१६, प्रदेश यु–१९ र यु–१६ टिमका खेलाडी समावेश हुनेछन्।

धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हालै निर्माण गरिएको अस्थायी प्यारा फिट पनि दर्शकहरूको सुविधाका लागि जडान गरिएको छ। प्रतियोगिताले धनगढीलाई क्रिकेटको राजधानीका रूपमा अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।

प्रतियोगिताको टिकट डिजिटल वालेट खल्ती एपमार्फत उपलब्ध हुने भएको छ भने प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स एचडी वानमा हेर्न पाइनेछ।

गो ड्रिमर्सको आयोजनामा यस वर्षदेखि नेपाल क्रिकेट संघको वार्षिक क्यालेन्डरमा समावेश भएको यो प्रतियोगिता डिजिटल प्रविधिको माध्यमबाट अझ सहज र व्यापक बनाउनका लागि खल्ती एप टिकेटिङ पार्टनर बनेको हो।

खल्ती एपबाट टिकट काट्ने दर्शकलाई टिकट बराबरको आकर्षक उपहार प्रदान गरिनेछ। फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल हेर्नका लागि भिआइपी टिकटको दर दुई सय र साधारण टिकटको दर एक सय रुपैयाँ तोकिएको छ।

प्रतियोगिताका सबै खेलहरू एक्सन स्पोर्ट्स एचडी वान टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिने छन्।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]